Most Viewed

Categories

बिर्तामोडमा आज रातिदेखि लकडाउन खुल्ने

 

  बिर्तामोड / पूर्वको ब्यस्त र मुख्य बजारस्थल बिर्तामोडमा आज राति १२ बजेदेखि लकडाउन  खुल्ने  भएको छ । गत साउन १८ गते राती १२ बजे बाट लकडाउन गर्ने निर्णय भएको थियो ।  आज राती १२ बजे बाट बिर्तामोड खुल्ला रहने बिर्तामोड नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताएका छन् ।

    समुदायमा कोरोना संक्रमणको जोखिम बढेको आशंकामा नगरले दोस्रो पटक लकडाउन गरेको थियो । मास स्किृनिङ पछि जोखिमको अध्ययन गरेर लकडाउन खुला गरेको  नगरप्रमुख  शिवाकोटीले जानकारी दिए । उनले भने अझै जोखिम रहेकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेका छन् । सबै नगरवासीलाई अनिवार्य मास्क प्रयोग गरेर मात्रै हिडडुल गर्न अपील गरेका छन् । व्यवसायीलाई उनले अनिवार्य स्वास्थ्य सुरक्षा अपनाउन सूझाव दिएका छन् ।

Facebook Comments

    Leave Your Comment

    Your email address will not be published.*