Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सत्रबर्ष देखि फरार अभियुक्त झापा प्रहरीको फन्दामा
    समाचार

    सत्रबर्ष देखि फरार अभियुक्त झापा प्रहरीको फन्दामा

    कनकाई खबरBy कनकाई खबर२०७७ श्रावण २३, शुक्रबार १६:३० गते4 Mins Read

     

    झापा । झापा प्रहरीले १७ बर्ष अघि हत्यामा संलग्न भई फरार बनेका अभियुक्तलाई पक्राउ गरेको छ ।

    २०६० सालमा स्थानीय विरिकलाल माझीको हत्याको घटनामा संलग्न भएको अभियोगमा झापा प्रहरीले दुर्गा बहादुर थापा मगरलाई पक्राउ गरेको हो । आफन्तको घरमा लुकेर बसेको अवस्थामा मेचीनगरको धाइजनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा प्रहरीका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले पक्राउ परेका अभियुक्तलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको बताए ।

     

          प्रहरीले तयार पारेको प्रतिवेदन यस्तो छ 

     मिति २०६०/०७/३० गते अ. २१;३० वजेको समयमा जाहेरवाला बिष्णुलाल माझीको घरमा निजको ससुरा नाताका जिल्ला झापा साविक टाघनडुब्बा गा.वि.स. वडा नं. ४ हाल ऐ. झापा गाउँपालिका वडा नं. ४ वस्ने वर्ष ४५ को बिरिक लाल माझि निजकै छोरीसंग भेटघाट गर्न भनी आएकोबेला साँझ अ. ७/८ बजेतिर घुमफिर गर्न भनी जाहेरवालाको घर भन्दा अ. ५०० मिटरको दुरीमा रहेको मणि कुमार राईको भट्टी पसलमा गएको बेला सो होटलमा बिरिक लाल माझीले चुरोट मागेकोमा पसल संन्चालकको छोरीले चुरोट दिदाँ निजको हातमा छोएको भन्ने बिषयलाई लिएर सोही होटलमा मदिरा सेवन गरीरहेका जिल्ला झापा साविक जलथल गा.वि.स वडा नं.- ८ बस्ने दुर्गा मगर भन्ने दुर्गा बहादुर थापा मगर र खेम फुयल लगायतका व्यक्तिहरुले बहिनीको हात किन समातिस् भन्दै निहु खोज्दै सामान्य कुटपिट गरीरहेको बेला जाहेवाला बिष्णुलाल माझी सोही बेला बिरीकलाल माझिलाई खाना खानको लागि खोज्दै सोही पसलमा पुगेर मेरो पाहुना हुन एक चोटीलाइ माफि दिनु भनि माफ मागि बिरीकलाल माझीलाई जाहेरवालाले घर ल्याई राखेको र बिरीकलाल माझीलाई घरमै छोडी जाहेरवाला बिष्णु माझि गाँउमा पुजाको निम्तो मान्न भनि गएको मौका छोपि उल्लेखित दुर्गा मगर भन्ने दुर्गा बहादुर थापा मगर समेतका ३।४ जना मानिस पुन जाहेरवालाको घरमै गई निज प्रतिवादीहरुको ३।४ जनाको समुहले बिरीकलाल माझीलाई होटलमा भएको बिबादकै निउले तँलाई मार्छौ भन्दै एक्कासी भुईमा लडाई चिरपट दाउरा र छालाको बुट जुत्ता लगाएको लात्तीले शरीरको यत्रतत्र भागहरुमा प्रहार गरी गम्भिर घाईते बनाई दुर्गा बहादुर थापा मगर समेतका प्रतिवबादीहरु भागि फरार रहेका र निज घाईते बिरिकलाल माझीलाई उपचारको लागी मेची अंचल अस्पतालमा ल्याई उपचार गराउँदा खुट्टाको जोर्नीको भागमा कडा चोट लागी खुस्केको भनी डाक्टरले बताइको र ३/४ दिन सम्म उपचार गराई घरमा लगी राखेको अवस्थामा मिति २०६०/०८/०४ गते बिहानको अ. ०६;०० बजेतिर प्रतिवादीहरुले कुटेको चोटको कारण बिरीकलाल माझीको मृत्यु भएको घटना सम्बन्धमा वारदात पश्चात फरार रहेका प्रतिवादीहरु दुर्गा मगर भन्ने दुर्गा बहादुर थापा मगर समेत उपर मृतकका ससुरा नाता पर्ने बिष्णुलाल माझीले कुटपिट गरी कर्तव्य ज्यान मुद्धामा किटानी जाहेरी दिएको ।सो वारदात पश्चात लामो समय सम्म फरार रहेका प्रतिवादीहरु दुर्गा मगर समेतको नाममा सम्मानित झापा जिल्ला अदालतबाट मिति २०७७।०१।३० गते पक्राउ अनुमति लिई खोजि कार्य तिव्र गरीएकोमा प्रतिवादीहरु मध्येका दुर्गा मगर भन्ने दुर्गा बहादुर थापा मगरलाई जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक साकार राज पन्तको कमाण्डमा खटिएको बिशेष टोलिले मिति २०७७।०४।२२ गते जिल्ला झापा मेचिनगर न.पा वडा नं. १२ स्थित शहरेडाँगी स्थित रहेको आफन्त मानिसको घरमा लुकिछिपि बसि रहेको अवश्थामा फेला पारी पक्राउ गर्न सफल भयो।निज बारदात पश्चात आफ्नो घर वतनमा नबसी काठमाण्डौ, भारतको कोलकत्ता दार्जिलिङ लगायतका विभिन्न स्थान , वैदेशिक रोजगारीको लागि मलेसिया साथै दुबई देशमा समेत गई बसेको र नेपालमा हुँदा वारदात पश्चात प्राय आफन्तहरुकै घरमा लुकि छिपि बस्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको ।

       निजलाई पक्राउ गर्नसाथ घटनास्थलका प्रत्यक्षदर्सी समेत रहेका जाहेरवाला मृतकको ससुरा नाता पर्ने बिष्णुलाल माझि समेतले निज हाल पक्राउ प्रतिवादी दुर्गा मगर भन्ने दुर्गा बहादुर थापा मगर समेतले नै बिरीकलाल माझिलाई मिति २०६०।०७।३० गते अं. २१;३० बजेको समयमा कुटपिट गरी घाईते बनाएकोमा सोही चोटका कारण निजको मिति २०६०।०८।०४ गते मृत्यु भएकोले निज समेतले ले नै कर्तव्य गरी मारेका हुन भनि सनाखत समेत गरिदएको लगायत,किटानि जाहेरी ,घटनास्थल मुचुल्का ,मृतकको लाश जाँच मुचुल्का बुझ्नु पर्ने मानिसहरुको घटना विवरण कागज लगायतका प्रमाणका आधारमा मिति २०७७।०४।२३ गते सम्मानित झापा जिल्ला अदालतबाट पहिलो पटक दिन ५(पाँच) म्याद थप गरी हाल अनुसनधानको लागि जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ । निजहरुले गरेको कसुर मुलुकी ऐन २०२० को ज्यान  सम्बन्धि महलको दफा १३बमोजिमको कसुर रहेकोलेयस्तो कसुर गर्नेलाई सोही ऐनको सोही महलको १३(३) बमोजिम जन्म कैद सम्मको सजाय हुन सक्ने व्यवश्था रहेको छ ।

     

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.