Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एक करोडको लागतमा निर्माण सम्पन्न भएको कालो पत्रे सडक १५ दिनमै भत्कियो(भिडियो सहित)
    आर्थिक

    एक करोडको लागतमा निर्माण सम्पन्न भएको कालो पत्रे सडक १५ दिनमै भत्कियो(भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७७ श्रावण २१, बुधबार १६:१७ गते4 Mins Read

    राम निरौला
    कनकाई खबर / झापाको कनकाई नगरपालिकाले असारे बजेट सक्ने हतारोमा एक करोड बढीको लागतमा निर्माण कार्य सम्पन्न गरेको करिब दुई किलो मिटर कालो पत्रे सडक खण्ड १५ दिन नबित्दै पुनः निर्माणको पर्खाइमा छ ।

       काम सुरु गरेको १५ दिन भित्रै निर्माण कार्य सम्पन्न भएको नगरपालिकाको वडा नं.६ र ७ लाई जोड्ने बिजुवानी मार्गको कालो पत्रे सडक खण्डको धेरै ठाउँमा खाल्डो परेर पानी जम्न थालेपछि हाल पुनः निर्माणको पर्खाइमा रहेको हो ।

     

       कनकाई नगरपालिकाबाट ठेक्का पाएको भीेमेश्वर कन्स्ट्रक्सन प्रा.ली. विराटनगरले १ करोड २ लाख ७६ हजार २६६ रुपैंयाको लागतमा २०७७ असार १५ गते निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । निर्माण उपभोक्ता समिति गठन नगरीकन कनकाई नगरपालिका र निर्माण कम्पनी बिच २०७७ वैशाख ३१ गतेका दिन सम्झौता भएको योजना बोर्डमा उल्लेख भएको देखिन्छ । करीब दुई किलो मिटरको कालो पत्रे सडक निर्माणकालागि कनकाई नगर वडा नं. ७ बाट १० लाख, वडा नं.६ बाट २० लाख साथै कनकाई नगरबाट १५ लाख तथा प्रदेश १ को समपुरक बजेटबाट ७० लाख गरी ह्युम पाइप निर्माणसहितको कुल १ करोड १५ लाखको बजेट व्यवस्थापन गरिएको कनकाई ७ का वडाअध्यक्ष लिलावहादुर कन्दङ्बाले जानकारी दिएका छन् ।

       लकडाउनको कारण निर्माणको काम ढिलो हुन गएपछि बजेट फ्रिज हुने सम्भावनालाई मध्यनजर गर्दै हतार हतारमै सडक निर्माणको कार्य सम्पन्न गरीएको वडाअध्यक्ष कन्दङ्बाले बताएका छन् । चार मीटरको चौंडाईमा कालो पत्रे निर्माण कार्य सम्पन्न भएको बिजुवानी मार्गलाई ३२ फिटको चौंडा बाटो बनाउँने गरी ह्युम पाइप जडान गरिएको कनकाई ६ का वडाअध्यक्ष लक्ष्मी ओलीले बताएका छन् ।

       हाल २० फिटको बाटो कायम रहेको भएपनि यस मार्गलाई आगामी दिनमा अझै व्यवस्थित बनाएर जाने योजना रहेको वडाअध्यक्ष ओलीले जानकारी दिएका छन् । करीब दुई किलो मिटरको कालो पत्रे बिजुवानी मार्गमा राखिएका १७ वटा ह्युम पाइप मध्ये आवश्यक्ता अनुसार वडा नंं.६ अन्तर्गतको सडक खण्डमा थोरै र वडा नं.७ अन्तर्गतको सडक क्षेत्रमा ह्युमपाइपको संख्या धेरै राखिएको छ । ह्युम पाइप व्यवस्थापनकालागि १२ लाख भन्दा बढीको बजेट खर्च भएको वडाअध्यक्ष ओली बताउँछन् ।

       बिजुवानी मार्गको अवस्था कमजोर भएकै कारण एक किलो मिटरको दुरीमा १७ ठाउँमा ह्युम पाइप राखेर व्यवस्थित गर्न खोजीएको भएपनि त्यहाँको माटो नै दल—दल परेका कारण ठूला सवारी साधन हिंड्दा बाटो लच्किने अवस्था भएको स्थानीय कनकाई ६ का उपभोक्ता टिकेश खनाल बताउँछन् । यस्तो अवस्थाको बाटोलाई तत्काल कालो पत्रे गर्नकालागि भएको डिजाइन नै गलत रहेको उपभोक्ता खनालको ठहर छ ।

       ईन्जिनियर, प्राविधिक, निर्माण कम्पनी साथै स्थानीय सरकारले बाटोको बस्तुस्थिती एवम् यसको बिगत र भविष्यको नजरअन्दाज नै नगरी भएको गुणस्तरहिन कामबाट स्थानीयबासी नै चकित भएको बताइएको छ । बिजुवानी मार्ग निर्माणको जम्मेवार पक्ष स्थानीय सरकार भएकाले स्थानीय जनप्रतिनिधीका अगाडी “सबैजना तैं चुप मै चुप” भएका कारण यस मार्गमा भएको निर्माण कार्य फित्तलो भएको स्थानीय उपभोक्ताको ठहर छ ।

       केही दिन अघि संचारकर्मीसँग यस कालो पत्रे सडकका विषयमा आँफूले अभिव्यक्ति दिएको यथार्थ कुराकानीका बारेमा जनप्रतिनिधीबाट दबाब आएको भन्दै जिम्मेवार एक उपभोक्ताले बिजुवानी सडक खण्डको प्रसंगमा आफ्नो नाम उल्लेख नगरिदिन समेत रिपोर्टिङ्मा रहेका पत्रकारलाई अनुरोध गरेका छन् । सडक निर्माण कार्यको सम्झौता योजना बोर्डमा उल्लेख भएअनुसार २०७७ को बैशाख ३१ गते भएपनि असार लागेपछि मात्र ह्युम पाइप राख्ने साथै तत्काल कालो पत्रेकालागि पनि काम अघि बढाएका कारण निर्माण कार्य गुणस्तरीय नभएको स्थानीय उपभोक्ता प्रेम शिवाकोटीले बताए ।

       बिजुवानी मार्गको निर्माण कार्य आँफूहरुले सोचे जस्तो नभएकोमा दुःख व्यक्त गर्दै शिवाकोटीले डेड इन्च पनि कालो पत्रे नभएका कारण १५ दिनमै बाटो फुट्ने, खाल्डो पर्ने हुन थालेको बताए । एक करोड माथिको सरकारी बजेटबाट निर्माण कार्य सम्पन्न भएको बिजुवानी मार्ग अब एक वर्षमा कस्तो होला भन्दै स्थानीय उपभोक्ता प्रेम शिवाकोटीले संचारकर्मीसँगै जिज्ञासा राखेका थिए ।

       एक स्थानीय उपभोक्ताका अनुसार प्रारम्भिक चरणमा ह्युम पाइपको काम सम्पन्न भएपछि सडक खण्डको राम्रोसँगले लेबल मिलाएर त्यसपछि सब बेस साथै बेस मिलाउँदै बाटो पेल्नु पर्ने हो । ती उपभोक्ताका अनुसार प्राइमकोट लगाइसकेपछि केही दिन सडकलाई सुकाएर ट्याककोट हालेपछि मात्र प्रिमिस कार्पेटिङ गर्नु पर्ने थियो । तर निर्माण कम्पनीले पाएको जिम्मेवारी अनुसार तोकिएको समय सिमाभित्र काम सम्पन्न गर्नकालागि केही हतारो समेत परेका कारण उच्च गुणस्तरको काम नभएको स्थानीयबासी बताउँछन् ।

        निर्माण कम्पनी भीेमेश्वर कन्स्ट्रक्सन प्रा.ली. का संचालक कृष्ण गुरुङ्लाई बिजुवानी मार्गको कालो पत्रेमा देखिएको समस्याका बारेमा फोन मार्फत जिज्ञासा राख्दा समय छोटो भएपनि आँफूले नम्स अनुसार नै कालो पत्रे गर्ने काम सम्पन्न गरेको बताएका छन् । निर्माण कार्यकालागि प्राविधिकको डिजाइन र निर्देशन अनुसार नै निर्धारित समयमा काम सम्पन्न गर्नकालागि आफ्नो सम्पूर्ण जनशक्ति खर्चिएको बताउँदै कम्पनीका संचालक गुरुङ्ले अन्तिम समयमा पनि सम्बन्धित इन्जिनियरबाट पास भएपछि मात्र काम जिम्मा लगाएको बताएका छन. ।

       संचालक गुरुङ्का अनुसार बिजुवानी मार्गको विचमा पर्ने केही भाग अत्यन्तै जोखिम मोल्ने किसिमको भएकाले सो क्षेत्रमा आरसीसी ढलान गरेर जाने हो भने मात्र दिर्घकालिन हुन्छ, नत्र यस किसिमको निर्माण कार्यले फेरी पनि समस्या आउँदैन भन्न सकिन्न । यसो भनेर अहिले तत्काल बाटोमा देखिएको समस्याबाट पनि आँफू नभाग्ने र नगरपालिकासँग समन्वय गरेर पुनः व्यवस्थित निर्माण कार्यमा आँफू जुट्ने गुरुङ्ले बताएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.