Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई क्याम्पसको समस्या हल गर्न नगरपालिकासँग माग
    शिक्षा

    कनकाई क्याम्पसको समस्या हल गर्न नगरपालिकासँग माग

    कनकाई खबरBy कनकाई खबर२०७७ श्रावण २०, मंगलवार १६:५७ गते2 Mins Read

     

    कनकाई खबर  / कनकाई बहुमुखीक्याम्पस सुरुङ्गाको समस्या हल गर्न नगरभित्रका बुद्धिजीवीहरुले कनकाई नगरपालिकासँग माग गरेका छन् ।  

        मंगलबार नगरपालिकाकाप्रमुख राजेन्द्रकुमार पोखरेललाई उनकै कार्यकक्षमा मागपत्र हस्तान्तरण गर्दै क्याम्पसको समस्या हल गर्न माग गरिएको हो । नगरभित्रका १ सय ५५ प्राध्यापक, शिक्षकसहितका बुद्धिजीवीहरुद्वारा हस्ताक्षरित मागपत्रमा सहमतिमा निर्माण भएको क्याम्पस सञ्चालक समितिले सहमतिलाई भत्काउँदै क्याम्पस प्रमुखको नियुक्ति एकल ढंगबाट गरिएको, त्यसपछि क्याम्पस प्रमुख तथा क्याम्पस सञ्चालक समितिका अध्यक्षले एकाधिकारपूर्ण ढङ्गले अघि बढ्न खोज्दा सञ्चालक समितिमा कार्यरत छ जनापदाधिकारी तथा सदस्यहरुले पदबाट राजिनामा दिनुपर्ने बाध्यता आइपरेको र बाँकी २ जना क्याम्पस सञ्चालक समितिको बैठकमा अनुपस्थित हुने गरेको कारणबाट सञ्चालक समिति अल्पमतमा परेको उक्त मागपत्रमा स्मरण गराइएको छ ।

        अल्पमतमा रहेको समितिले नैतिकताकाआधारमा राजिनामादिई पूर्व सहमतिकाआधारमा नयाँ शिराबाट क्याम्पस सञ्चालक समितिको गठन गर्नुको सट्टा विधान र नियमावलीहरुलाई लत्याउँदै आफू खुसीएकलौटी ढङ्गले निर्णयहरु गर्दै जाने, विधान नियमावली विपरित प्राध्यापक कर्मचारीहरु नियुक्ति गर्ने, समयमा क्याम्पसको साधारणसभा सम्पन्न नगर्ने, बाह«ौं क्याम्पस सभामा भए गरेका निर्णयहरु लेख्न नपाउँदै गैर जिम्मेवारीपूर्ण ढङ्गले क्याम्पस प्रमुखले बैठक खाता खोसी बेपत्ता पारेको स्मरण गराइएको छ । कोषाध्यक्षको राजिनामा पछि पनि कोषाध्यक्षको काम विधान विपरित अध्यक्ष र क्याम्पस प्रमुखले आफैँ गरेबाट आर्थिक चलखेलको गन्ध आएको बताइएको छ । क्याम्पसका सहयोगी हातहरुलाई बिर्संदै आफ्नो पुख्र्यौली सम्पत्ति जस्तो ठानी अघि बढ्न, लामो समयदेखि कार्यरत प्राध्यापकहरुलाई एक पछि अर्को गर्दै बर्खास्त गर्ने, क्याम्पसमा विगत १६ वर्षदेखि कार्यरत उपप्राध्यापक हरिप्रसाद तिम्सिनालाई बिना कारण, बिना स्पष्टीकरण र बिनापूर्व सूचना गत सालको दशैंको पूर्व सन्ध्यामा अमानवीय ढङ्गले बर्खास्त गरिएको आरोप लगाइएको छ ।

        मागपत्रमा प्राज्ञिक जगतमा भएको हमला तथा एकाधिकार अमानवीय र अदूरदर्शी ठानी त्रि.वि. उपकुलपतिको कार्यालयमा गरेको उजुरीप्रति उपकुलपतिको कार्यालयको ध्यानाकर्षण भई अनुगमन टोली खटाई प्राप्त रिपोर्टको आधारमा क्याम्पसको समिति अल्पमतमा रहेको निष्कर्षसहित तयार गरिएको पत्र समेत क्याम्पसमा दर्ता भएको चार महिना बितिसक्दा पनि सम्बन्धित पक्षले वास्तै नगरी अघि बढेकाले कनकाई नगरपालिकाको तर्फबाट समस्या समाधानालागि उचित निर्णय लिनु आवश्यक छ भनिएको छ ।

        कनकाई नगरपालिकाभित्रको सबभन्दा उच्चशिक्षा प्रदान गर्ने संस्थामा विधानमा व्यवस्था भएअनुसारको कोषाध्यक्षविना नै बैंक खाता सञ्चालन गरिनु, अल्पमतको समितिले क्याम्पस विधान विपरीत निर्णयहरु गरिनु र त्रि.वि. उपकुलपतिको कार्यालयले क्याम्पस प्रमुखलाई सम्बोधन गरी लेखेको पत्रलाई समेत बेवास्ता गरिनु दुःखद् भएकाले आफ्नो क्षेत्रभित्रका शैक्षिक संस्थाको अभिभावकत्व र संरक्षकत्व लिनकालागि स्थानीय सरकार नगरपालिकालाई अनुरोध गरिएको छ । उक्त मागपत्र गोपीकृष्ण भट्टराईले वाचन गरेका थिएभने हस्तान्तरण डम्बरप्रसाद फुयाँलले गरेका थिए ।

     

     

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.