Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कोटीहोमको पीसीआर ल्याब मेची अस्पतालले सञ्चालन गर्ने निर्णय
    समाचार

    कोटीहोमको पीसीआर ल्याब मेची अस्पतालले सञ्चालन गर्ने निर्णय

    कनकाई खबरBy कनकाई खबर२०७७ श्रावण २०, मंगलवार ०९:३६ गते2 Mins Read

     

    कनकाई खबर  /  एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट झापाको कनकाई–४ कोटीहोममा स्थापित कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याव मेची प्रादेशिक अस्पताल भद्रपुरले सञ्चालन गर्ने निर्णय गरेको छ ।

    आज  मंगलबार अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति र अभियानकर्मीबीच भएको बैठकबाट निर्णय भएको हो । अभियानले उक्त ल्याव अस्पताललाई हस्तान्तरण गर्ने र सो ल्याव अस्पतालले सञ्चालन गर्ने अस्पतालका अध्यक्ष तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले बताए । ल्याव सञ्चालनका लागि अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वीकृति लगायतका प्रक्रिया अघि बढाउने समेत निर्णय भएको छ ।

    अध्यक्ष पोर्तेलको अध्यक्षतामा भद्रपुरस्थित जिसस भवनमा भएको बैठकले ल्याव सञ्चालनसहितका चार बुँदे निर्णय गरेको छ । ल्याव सञ्चालनकालागि चाहिने जनशक्ति कनकाई नगरपालिकाले आवश्यक समन्वय गरी कर्मचारी नियुक्त गरेर अस्पताललाई काजमा दिने, हाललाई जनशक्तिको सम्पूर्ण व्ययभार कनकाई नगरपालिकाले समन्वय गरेर प्रदान गर्ने समेत निर्णय भएको छ ।

    त्यस्तै ल्याव सञ्चालनको दैनिक व्यवस्थापन मेची अस्पतालले गर्ने बताइएको छ । एकका लागि एक अभियानलाई प्राप्त भएका सबै सामग्रीहरु अस्पताललाई हस्तान्तरण गर्न सहयोग गर्ने समेत निर्णय भएको छ । एकका लागि एक अभियानका तर्फबाट संयोजक महेन्द्रकुमार गिरीले छलफलमा कुरा राखेका थिए । संयोजक गिरीले सरकारलाई महामारी नियन्त्रणमा सहयोग पु¥याउन सरकार–समुदाय–सहकारी अभियान र निजी क्षेत्रको साझेदारीमा स्थापित पीसीआर ल्यावका लागि आवश्यक थप उपकरणहरु जुटाउँदै जाने समेत बताए ।

    संविधानसभाका सदस्य प्रेम गिरी र रेडक्रस झापाका सभापति लोकराज ढकालले बैठकमा सहजीकरणको भूमिका निर्वाह गरेका थिए । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले जिल्लाका सबै पालिकाहरुसँग समन्वय गरेर ल्याव सञ्चालनका लागि आइपर्ने जिम्मेवारी वहन गर्ने बताए । अभियानका तर्फबाट बैठकमा सहसंयोजक विनोद बस्नेत, सदस्य घनश्याम अधिकारी, सजेश शिवाकोटी, एकराज गिरी र भोला धिताल सहभागी थिए ।

    एकका लागि एक अभियानको अगुवाईमा ल्याव स्थापनाका लागि कनकाई नगरपालिका, अन्तर्राष्ट्रिय झापाली समाज, सहकारी अभियानका तर्फबाट जिल्ला सहकारी संघ, निजी क्षेत्र तथा सामाजिक संस्थाले साझेदारी गरेका छन् । एकका लागि एक अभियानमा विश्वभरबाट १ सय २७ संस्था र १ हजार ३ सय जना नागरिकले व्यक्तिगत तवरबाट आर्थिक सहयोगसहित ऐक्यबद्धता जनाएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.