Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रुघाखोकीमा घरेलु औषधि
    कनकाई खबर बिशेष

    रुघाखोकीमा घरेलु औषधि

    कनकाई खबरBy कनकाई खबर२०७७ श्रावण २०, मंगलवार ०८:२३ गते2 Mins Read

     कनकाई खबर /  अहिले रुघाखोकी लाग्नसाथ धेरैको मनमा आशंका पैदा हुन्छ, कतै कोरोनाको कारण त होइन । कोरोना भाइरसको संक्रमणपछि देखिने आम लक्षण हो, रुघा, खोकी, ज्वरो । यद्यपि रुघाखोकी अन्य अवस्थामा पनि लाग्न सक्छ । र, सामान्य रुपमै यो निको पनि हुन्छ ।

        रुघाखोकी लागेपछि कतिपय औषधि खोज्नतर्फ लाग्छन् । सामान्य रुघाखोकीमा औषधि आवश्यक हुँदैन । बरु, रुघाखोकीमा पर्याप्त आरम गर्नुपर्छ । पर्याप्त तातो वा मनतातो पानी पिउनुपर्छ । अझ कागती र मह घोलेको पानी पिउदा आरम मिल्छ । तर, कतिपयलाई यस्ता उपचारले भ्याउँदैन ।

         रुघाखोकीको कारण नाकबाट पानी बग्ने, नाक टालिने, टाउको दुख्ने, जीउ दुख्ने, कफ जमेर सास फेर्न गाह्रो हुने, खानेकुरा खान मन नलाग्ने हुन्छ । यसले हालत खराब बनाउँछ । त्यसैले रुघाखोकीमा केही घरेलु ओखती प्रयोग गर्न सकिन्छ, जो तपाईं÷हाम्रो भान्सामा सहजै उपलब्ध हुन्छ ।

         खासगरी बेसार, अदुवा, मह, तुलसी रुघाखोकीमा निकै उपयोगी हुन्छ । तुलसीको पात पानीमा उमालेर सेवन गर्दा निकै फाइदा गर्छ । यस्तै तातो पानीमा मह घोलेर पिउँदा पनि रुघाखोकी निको हुन्छ । रुघाखोकीको प्राकृतिक उपचार हो, पानीको वाफ लिनु । पानी तताएर त्यसको वाफ लिनुपर्छ, निकै फाइदा गर्छ ।

     बेसार

    रुघाखोकीबाट राहत पाउनको लागि १ गिलास तातो दुधमा १ चम्चा बेसार मिसाएर पिउनुपर्छ । यसको साथै सुकेको हलेदोलाई पोलेर त्यसको धुँवा सुँघेमा पनि रुखाखोकी ठिक हुन्छ ।

     तुलसी

    तुलसी रुघाखोकीको लागि कुनै औषधिभन्दा कम छैन । तुलसीको चार पाँच पत्ता तुलसी चपाउनाले घाँटीको खसखर र खोकीबाट राहत मिल्छ । यसलाई चिया वा तातोपानीमा उमालेर पनि पिउन सकिन्छ ।

     अदुवा

    अदुवाको रस महमा मिसाएर खाएमा पनि खोकी निको हुन्छ । रुघाखोकीले सताएको छ भने राती सुत्नभन्दा अगाडि दूध वा चियामा अदुवा उमालेर पिउनुपर्छ ।

     अलैंची

    अलैंचीलाई चियामा उमालेर पिउनाले रुघाखोकी ठिक गर्छ ।

    हर्बल चिया

    टाउको दुख्ने, खोकी, ज्वरो, रुघा जस्ता समस्या देखिएमा हर्बल चिया पिउनुपर्छ । यसले शरीरलाई गरम राख्छ र रोगबाट बचाँउछ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.