Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सामुदायिक विद्यालयमा वरिष्ठताका आधारमा प्रधानाध्यापक नियुक्तिको माग
    शिक्षा

    सामुदायिक विद्यालयमा वरिष्ठताका आधारमा प्रधानाध्यापक नियुक्तिको माग

    कनकाई खबरBy कनकाई खबर२०७७ श्रावण १६, शुक्रबार १३:३८ गते2 Mins Read

     

    कनकाई खबर  /  नेपाल राष्ट्रिय शिक्षक संगठन कनकाई नगर समितिले नगरभित्रका सामुदायिक विद्यालयमा तहगत र श्रेणीगत वरिष्ठताका आधारमा प्रधानाध्यापक नियुक्तिको माग गरेको छ ।
    कनकाई नगरपालिकामा संगठनका तर्फबाट मागपत्र पेश गर्दै सो माग गरिएको हो । नगरभित्रका केही सामुदायिक विद्यालयमा तहगत र श्रेणीगत वरिष्ठताको आधार विपरित प्रधानाध्यापक कार्यरत रहेकोमा विरोध स्वरुप संगठनले उक्त माग राखेको बताइएको छ । ११ सूत्रीय उक्त मागपत्र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई उनकै कार्यकक्षमा हस्तान्तरण गरिएको थियो ।

       कनकाई नगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरूमा शिक्षा नियमावलीमा व्यवस्था भए अनुसार तहगत र श्रेणीगत वरिष्ठताका आधारमा प्रधानाध्यापकको नियुक्ति गर्न, कनकाई नगरपालिकालाई शिक्षाको हब बनाउनका लागि आवश्यक प्रक्रिया अघि बढाउन, कोरोनाको महामारीले सृजना गरेको विषम परिस्थितिमा वैकल्पिक शिक्षाको प्रयोगद्वारा सबै विद्यार्थीहरू लाभान्वित हुने गरी कार्यक्रम अघि बढाउन, विद्यालय कर्मचारी तथा बाल शिक्षकहरूको तलब भत्ता नेपाल सरकारले तोकेको न्यूनतम मापदण्ड अनुसारको उपलब्ध गराउन, कनकाई नगरपालिकालाई कमसेकम बन्दाबन्दीको अवधिभर विद्यार्थीहरूलाई अनलाइन कक्षाहरू लिनसक्ने वातावरण सृजना गर्न कनकाई नगरपालिकाभरि इन्टरनेट फ्रि जोन बनाउन माग गरिएको थियो ।

        त्यसै गरी, कनकाई नगरभित्र आयुर्वेद शिक्षालयको स्थापनाको लागि पहल गर्न, निजी दरबन्दीका शिक्षक, कर्मचारीहरू भएका विद्यालयहरुमा मापदण्ड तयार गरी अनुदान दिने व्यवस्था गर्न, नगरभित्र रहेका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको शिक्षा निःशुल्क गर्न, निश्चित मापदण्ड तयार गरेर मात्र शिक्षक, कर्मचारी सम्मान तथा अभिनन्दन गर्ने पद्धतिको विकास गर्न, नगरपालिकाबाट निरक्षरता उन्मुलन अभियानलाई अघि बढाउन, नगरलाई प्राज्ञिक क्षेत्रको रुपमा विकास गर्न अनुसन्धान केन्द्र तथा सार्वजनिक पुस्तकालयको स्थापना गर्न संगठनले नगरसँग माग गरेको छ ।

       नगर समितिका अध्यक्ष हरिप्रसाद तिम्सिना र सचिव चन्द्रप्रसाद पोखरेलद्वारा हस्ताक्षरित सो मागपत्र हस्तान्तरण गरिएको कार्यक्रममा नगरप्रमुख पोखरेल, संगठनका नगर उपाध्यक्ष डम्बरप्रसाद फुयाँल, प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद न्यौपाने, नगर शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव पीताम्बर गौतम, शाखा अधिकृत हरिप्रसाद मिश्र लगायतले बोलेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.