Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगर क्षेत्रमा मास्क अनिवार्य गर्न सचेतना अभियान, मास्क नलगाएमा १सय रुपैंयाँ जरिवाना(भिडियो सहित)
    समाचार

    कनकाई नगर क्षेत्रमा मास्क अनिवार्य गर्न सचेतना अभियान, मास्क नलगाएमा १सय रुपैंयाँ जरिवाना(भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७७ श्रावण १५, बिहीबार ०७:०६ गते2 Mins Read

    कनकाई खबर /  विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणकालागि आवश्यक स्वास्थ्य सुरक्षा अपनाउँदै मास्कको प्रयोग गर्न कनकाई नगरमा सचेतना अभियान सुरु गरिएको छ ।

     
    कनकाई नगरपालिकाको सहयोग साथै कनकाई नगर बाल सञ्जाल र ईलाका प्रहरी कार्यालय सुरुङ्गाको आयोजनामा कोरोना सम्बन्धि सचेतना कार्यक्रम संचालन गरिएको हो । सुरुङ्गा बजार क्षेत्रमा आवश्यक्ता अनुसार मास्क र सेनिटाइजर वितरण गर्दै निकालिएको र्यालीमा कनकाई नगर महिला तथा बालबालिका शाखा प्रमुख टीका खतिवडा, कनकाई नगर वडा नं. ४ मा वडासदस्य रोशन सुवेदी, ईलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायव निरिक्षक पदम सुन्दर लिम्बू , कनकाई नगर बाल सञ्जालका अध्यक्ष हिमांशु उप्रेती साथै बाल संजालका सबै वडाका अध्यक्ष साथै पदाधिकारीहरु, प्रहरी सहायक निरिक्षक इन्द्र भुजेल, सुरुङ्गा ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरिक्षक चन्द्रकुमार बस्नेत साथै सुरक्षाकर्मी, जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको कनकाई नगर बाल संजालका सहसचिव सन्दिप सिटौलाले जानकारी दिएका छन् ।

        समुदायमा कोरोना फैलिन नदिन बजार क्षेत्रमा सचेतना अभियान शुरु गरिएको बताइएको छ । नेपाल सरकार साथै स्वास्थ्यसँग सम्बन्धित सरोकारवाला निकायहरुवाट स्वास्थ्य सुरक्षा अपनाउँन सचेतना जगाएपनि पछिल्लो समय सचेत नागरिकबाट नै नियम पालना नभएको भन्दै बजार क्षेत्रमा अभियान संचालन गरिएको कनकाई नगर बाल संजालका अध्यक्ष हिमांशु उप्रेतीले बताएका छन् । सचेतना र्यालीका क्रममा बजार क्षेत्रमा मास्कको प्रयोग नगरिकन व्यवसाय संचालन गरिरहेका व्यवसायीहरुलाई सचेतना जगाउँदै निशुल्क रुपमा मास्क बितरण गरिएको बाल संजालका अध्यक्ष उप्रेतीले बताएका छन् ।

       

     व्यापार व्यवसाय गर्ने साथै बजारमा किनमेल गर्न आउने सर्वसाधारणलाई समेत निशुल्क मास्क वितरण गर्दै अनिवार्य मास्क लगाउन र मास्क नलगाई हिड्डुल नगर्न अनुरोध गरिएको ईलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायव निरिक्षक पदमसुन्दर लिम्बूले जानकारी दिएका छन् । प्रहरी प्रमुख लिम्बूको नेतृत्वमा रहेको ईलाका प्रहरी कार्यालय सुरुङ्गाले कोरोना संक्रमण तथा नियन्त्रणकालागि लकडाउन अवधिभरी कडाईका साथ आफ्नो सेवा क्षेत्रमा अभियान संचालन गरेको बताइएको छ । अभियानका क्रममा प्रहरी नायव निरिक्षक लिम्बूले आँफैले तयार पारेको सचेतनामूलक श्लोगान सर्वसाधारणलाई यसरी प्रस्तुत गर्ने गरेका छन् ः

          “देखाउँनकोलागि मात्र हैन हजुर, रोगसँग लड्नकालागि लगाउँ मास्क । अर्काले दिएर पुग्दैन हजुर, सदाबहार आँफैले किनेर लाउँने गरौं मास्क ।।”

       यसै क्रममा झापामा मास्क नलगाई हिड्नेलाई जरिवाना बापत १ सय रुपैयाँ लिने निर्णय भएको छ । कोभिड १९ को बढ्दो संक्रमण नियन्त्रण गर्न बुधवार सम्पन्न डिसिसी एमसीको बैठकले संक्रामक रोग ऐन २०२० को दफा ३ बमोजिम सार्वजनिक स्थलमा रहँदा वा हिड्डुल गर्दा मास्क नलगाउने ब्यक्तिलाई १ सय रुपैयाँ जरिवाना गरिने सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.