Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दुर्गापुर–दानाबारी सडकखण्ड अन्तरगत दुई किमी सडक स्तरोन्नति
    समाचार

    दुर्गापुर–दानाबारी सडकखण्ड अन्तरगत दुई किमी सडक स्तरोन्नति

    adminBy admin२०७५ भाद्र ७, बिहीबार ०४:०९ गते2 Mins Read

    चन्द्र बस्नेत
    ७ भदौ, सुरुंगा । कनकाई नगरपालिका १ स्थित टिकाराम खड्काको घर पश्चिम वार्ड नं. २ को सुरुङ्गा पुल जोड्ने सडक स्तर उन्नतिपछि स्थानियबासी हर्षित भएका छन् ।

    आर्थिक बर्ष २०७४।७५ को बजेटबाट गा.वि.स. मार्गको दुर्गापुर दानाबारी सडक अन्तरगत टिकाराम खड्काको घर पश्चिमबाट सुरुङ्गा पुल जोड्ने १ हजार ९ सय ७५ मिटर (करिब २ किलोमिटर) सडक स्तर उन्नती गरिएको हो ।

    सो सडको स्तर उन्नती गर्न कनकाई नगरपालिकाबाट पहिले १० लाख पुनः अपुग रकम ३लाख ३६ हजार नगरपालिका र बाँकी श्रमदान गरी रु. १३ लाख ५० हजार भन्दा माथिको लगानीमा सम्पन्न गरिएको बताउँछन् बाटो निर्माण समितिका अध्यक्ष दिपेश रिमाल ।

    वाटोको दुवै तर्फ ३–३ फिटको नाली सहित ४६ फिटको बाटो निर्माण गरी यति ठुलो बजेटको काम नगरकै पहिलो भएको दाबी गर्छन्, रिमाल ।

    २०७४ फाल्गुन २६ गते नगरपालिकासँगको सम्झौता पछि सुरु गरिएको काम २ महिना भित्रमा मात्र सफलता पुर्वक सम्पन्न गरिएको बताउनु हुन्छ निर्माण समितिका सचिव हेमसिंह श्रेष्ठ ।

    यस सडकलाइ निर्माणपछि ४ सय देखि ५ सय सम्म घर परिवार लाभान्वित हुने र सोही बाटोको छेउछाउमा जग्गाको भाउ राम्रो हुने साथै स्थानिय बासीले सहयोग पाएकाले खुशि व्यक्त गर्नु हुन्छ वार्ड नं. १ का अध्यक्ष रोशनराज पोखरेल ।

    बाटो निर्माण गर्नका लागी दिपेश रिमालको अध्यक्षतामा ९ सदस्यीय निर्माण समिति गठन गरि सचिव हेमसिंह श्रेष्ठ, कोषाध्यक्ष भीमकुमारी श्रेष्ठ र सदस्यहरुमा कृष्णबहादुर बराल, डम्बर भट्टराई, शान्तिराम ढकाल, गुरुभक्त दंगाल, रामकृष्ण नेपाल र भुमा श्रेष्ठ रहेको समितिले सम्पन्न गरेको बाटोमा बिगतका बर्षायाममा भएका खाल्डा खुल्डी र जमेको पानीमा हिँडेका उपभोक्ताहरु अहिले धेरै सहज भएकोमा खुशि ब्यक्त गर्नुहुन्छ स्थानिय चण्डिका नेपाल ।

    स्थानिय उपभोक्ता सर्मिला लिम्वुले यो बाटो स्तर उन्नती गर्नमा पटक पटक अनुगमन गरेर सफल पार्नमा ठुलो सहयोग गर्नुभएकोमा कनकाई नगर प्रमुख राजेन्द्र कुमार पोखरेल, वार्ड अध्यक्ष रोसन राज पोखरेल र निर्माण समितिलाई धन्यवाद दिदैँ आगामी बर्षमा उक्त सडक कालो पत्रे गर्नमा पनि यस्तै सहयोग गर्न उहाँले आग्रह गर्नुभएको छ ।

    बाटो सम्पन्न गर्नुमा स्थानियबाट केहि असहयोग भएपनि नगर प्रमुख तथा वडाअध्यक्ष लगायत अन्य जनप्रतिनिधीहरुको संयोजनपछि धेरै चाँडो काम सम्पन्न भएकोमा अन्ततः स्थानियवासीले खुशी व्यतm गरेका छन् ।

    प्रत्यक्ष रुपमा उपभोक्ताबाट र निर्माण समिति र जनप्रतिनिधिको निगरानिमा सम्पन्न भएकाले गुणस्तरिय भएको सबै पक्ष बाट स्वीकार गरिएको वताइएको छ ।

    कमेन्टस्

    Author

    • admin
      admin

      View all posts
    विकास निर्माण
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.