Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सहाराले सुरुङ्गा सेवा केन्द्रबाट १४ लाख बढी सहयोग रकम हस्तान्तरण
    आर्थिक

    सहाराले सुरुङ्गा सेवा केन्द्रबाट १४ लाख बढी सहयोग रकम हस्तान्तरण

    कनकाई खबरBy कनकाई खबर२०७७ श्रावण १३, मंगलवार ०८:५० गते2 Mins Read

    राम निरौला,
    कनकाई खबर /सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. सेवा केन्द्र सुरुङ्गाले संस्थाका सदस्य साथै सदस्यका अभिभावकहरुको निधन भएपछिको अवस्थालाई सहज बनाउँने उद्येश्यका साथ सहयोग रकम हस्तान्तरण गरेको छ ।

        संस्थाका तर्फवाट परिवार राहत कार्यक्रम अन्तर्गत २ लाख साथै ग्रामिण कर्जा बिमा बापतको १२ लाख १ सय ७८ गरी सेवा केन्द्र सुरुङ्गाले १४ लाख १ सय ७८ रुपैंया एक कार्यक्रमका विच सदस्यहरुलाई हस्तान्तरण गरेको छ । परिवार राहत कार्यक्रम अन्तर्गत लघु बित्त तर्फका सदस्य पदमबहादुर न्यौपानेको निधन भएपछि श्रीमति विष्णुमाया न्यौपानेलाई २ लाख रुपैंया हस्तान्तरण गरिएको छ । त्यस्तै ग्रामिण कर्जा बिमा योजना अन्तर्गत लघुबित्त सदस्य फूलमाया तामाङ्को निधन भएपछि बुहारी सोममाया तामाङ्लाई ५ लाख २० हजार, धर्मप्रसाद बुढाथोकीको निधन भएपछि लघुबित्त सदस्य उनकी श्रीमति चन्द्रा बुढाथोकीलाई ५ लाख ११ हजार १सय ७८ रुपैयाँ हस्तान्तरण गरिएको सेवा केन्द्र सुरुङ्गाकी प्रमुख गोमा बस्नेतले जानकारी दिएकी छन् ।

       त्यस्तै सदस्य इन्दिरा चिमरीयाको निधन भएपछि छोरा राकेश चिमरीयालाई १ लाख ६९ हजार हस्तान्तरण गरिएको सेवा केन्द्र सुरुङगाकी प्रमुख बस्नेतले बताएकी छन् । सहयोग रकम कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँ, संस्थाको इलाका सेवा केन्द्रका प्रमुख (बरिष्ठ प्रबन्धक) रामनारायण प्रधान लगायतले वितरण गरेका हुन् ।

        सुरुङ्गा सेवा केन्द्रका संयोजक खडगप्रसाद प्रसाईँको सभापतित्वमा सम्पन्न सहयोग रकम हस्तान्तरण कार्यक्रममा कनकाई नगर उपप्रमुख मन्जु प्रसाईँको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाले समयअवधी योगदानका आधारमा परिवार राहत कार्यक्रम अन्तर्गत सदस्य बनेको तीन वर्षभित्रमा निधन भएमा १ लाख, पाँच वर्षभित्रमा २ लाख, आठ वर्षभित्रमा ३ लाख, बाह्र वर्ष सम्ममा ४ लाख र यसभन्दा माथि ५ लाख रुपैंया सम्म परिवार राहत अन्तर्गत सहयोग रकम प्रदान गर्दै आएको संस्थाका बरिष्ठ प्रबन्धक रामनारायण प्रधानले जानकारी दिएका छन् ।

       आफ्नो परिवारको अभिभावक वा सदस्यको निधन भएपनि परिवारको बाँकी समयलाई सहज बनाउँनकालागि सहाराले संचालन गरेको कार्यक्रमले ठूलो राहत मिलेको भन्दै सहयोग रकम प्राप्त सदस्यहरुले खुशी व्यक्त गरेका छन् । सेवा केन्द्र सुरुङ्गाकी प्रमुख गोमा बस्नेतले स्वागत गरेको औपचारिक कार्यक्रममा कनकाई १ का वडा सदस्य देवीप्रसाद अधिकारी, संस्थाका सदस्य खड्गप्रसाद गिरी लगायतले बचत तथा ऋणको कारोबार मात्र नभई सामाजिक क्षेत्रमा समेत देशकै अग्र स्थानमा रहेको सहारा नेपाल सवै दर्जाका नागरिकको सहारा बन्न सकेको भन्दै खुशी व्यक्त गरेका छन् । सेवा केन्द्र अन्तर्गतका सहयोग समितिका पदाधिकारीहरु, विभिन्न इकाइ समितिका पदाधिकारी साथै सदस्यहरुको उपस्थिती रहेको कार्यक्रमको संचालन सेवा केन्द्रका कर्मचारी विवेक खतिवडा र शान्ता पोखरेलले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.