Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अन्तर्राष्ट्रिय झापाली समाजले पिसिआर ल्याब संचालनकालागि २५ लाख हस्तान्तरण (भिडियो सहित)
    समाचार

    अन्तर्राष्ट्रिय झापाली समाजले पिसिआर ल्याब संचालनकालागि २५ लाख हस्तान्तरण (भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७७ श्रावण १३, मंगलवार ००:३६ गते2 Mins Read

    राम निरौला,
    कनकाई खबर / झापाको कनकाई–४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनबाट संचालनको तयारीमा रहेको पिसिआर परीक्षण प्रयोगशालाकालागि अन्तर्राष्ट्रिय झापाली समाजले २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

     

       एकका लागि एक अभियानको अगुवाईमा समुदाय–सहकारी–सरकार र निजी क्षेत्र पनि संगै रहेकोे अभियानमा मुख्य साझेदार संस्था मध्येको एक अन्तर्राष्ट्रिय झापाली समाजले सोमबार बिर्तामोडस्थित अतिथि सदनमा आयोजित एक विशेष कार्यक्रममा सहयोग रकम अभियानलाई हस्तान्तरण गरेको हो ।

       सहयोग रकम हस्तान्तरण गर्दै अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नविन पोखरेलले अभियानको साझेदार संस्थाका रुपमा मानवीय सेवामा सहभागी हुने अवसर पाउँदा धेरै उत्साह जागेको बताएका छन् । कार्यक्रमको अध्यक्षता गरिरहेका समाजका उपाध्यक्ष पोखरेलले मुलुकको समृद्धिकालागि स्वास्थ्य सेवाको समेत महत्वपूर्ण भूमिका रहने हुँदा अभियानले अघि सारेको कार्यक्रम नागरिक र सरकारकोलागि अत्यन्तै आवश्यक रहेको बताएका छन् । समाजले विश्वका ४२ वटा देशमा आफ्नोे शाखा विस्तार गरेर सामाजिक क्षेत्रमा मानवीय सेवाका कार्यहरु गर्दै आएको बताइएको छ ।

       अन्तर्राष्ट्रिय झापाली समाजका कार्यालय सचिव मणिकुमार लिम्बूको स्वागत तथा अभियानका सदस्य नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीको संचालन रहेको कार्यक्रममा अभियानका संयोजक महेन्द्रकुमार गिरीले कोरोना भाइरसको संक्रमण तथा नियन्त्रणमा सरकारलाई सहयोग पुर्याउन नागरिकस्तरबाट पीसीआर परीक्षण प्रयोगशाला स्थापना गरी सरकारलाई हस्तान्तरण गर्न लागिएको जानकारी दिएका छन् । मेची अञ्चल अस्पतालको मातहतमा रहने गरी कनकाई–४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा पिसि आर परीक्षण प्रयोगशाला सञ्चालन हुने बताउँदै संयोजक गिरीले हालसम्म एक करोड ६८ लाख रुपैयाँ संकलन भइसकेको र ४७ लाख रुपैयाँ खाद्यान्न, भिटिएम, आरडिटीलगायतमा खर्च भएको बताएका छन् ।

       अभियानका सहसंयोजक विनोद बस्नेत, सदस्य शिव कडेल, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य मोहनकाजी न्यौपाने लगायतले समुदाय–सहकारी–सरकार र निजी क्षेत्रले समेत कनकाईमा पिसिआर ल्याब संचालनकालागि ऐक्यबद्धता जनाइरहेको बर्तमान अवस्थामा नागरिकको स्वास्थ्य सुरक्षाकालागि राज्यले आफ्नो दायित्व सम्झेर गम्भिर हुनु पर्नेमा जोड दिएका छन् । व्यक्तिगत स्वार्थका पछि नलागिकन समुदायको हितकालागि एकताका साथ अघि बढ्न सरोकारवाला सबैलाई सहभागी बक्ताहरुले जोड दिएका छन् । यदि सरकारले आवश्यक्ता ठहराउँछ भने कनकाई नगरमा मात्र नभई अन्य ठाउँमा समेत अभियानका तर्फवाट पिसिआर ल्याब अथवा कोरोना अस्पताल संचालन गर्न एकका लागि एक अभियान तयार रहेको भन्दै कनकाई ४ स्थित समर्पण राष्ट्रिय अभियानको भवनमा पिसि आर परीक्षण प्रयोगशाला चाँडै सञ्चालनमा आउँने बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.