कनकाई खबर / कोरोना संक्रमण नियन्त्रणकालागि झापाको कनकाई नगर क्षेत्रमा डिस इन्फेक्सन स्प्रे सेनिटाइजर गर्ने कामलाई तिब्रता दिन थालिएको छ । स्वास्थ्य कार्यालय भद्रपुरबाट अनुमति प्राप्त कनकाई केमिकल एण्ड प्याकेजिंगले कनकाई नगर क्षेत्रमा मात्र नभएर जिल्लाका महत्वपूर्ण ठाउँहरुमा समेत स्प्रे सेनिटाइजर गर्ने कामलाई निरन्तरता दिँदै आएको छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणकालागि सरकारले जारी गरेको लकडाउनको अन्त्य भएसँगै मानिसहरुको भिडभाड भइरहने सरकारी तथा निजी व्यवसायीक प्रतिष्ठान साथै कार्यालयहरुमा सेनिटाइजर गर्ने कामलाई निरन्तरता दिइएको हो । यस अघि जिल्ला प्रशासन कार्यालय झापा, जनस्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय झापा लगायतका कार्यालयहरुमा स्प्रे सेनिटाइजर गरिसकेको कनकाई क्यामिकलले जिल्लाका अन्य निजी तथा सरकारी कार्यालयहरुमा समेत स्प्रे सेनिटाइजर गर्दै आएको कनकाई केमिकलका संचालक केशब मैनालीले जानकारी दिएका छन् ।

कनकाई नगर क्षेत्रमा रहेका क्वारेन्टिन स्थल साथै कनकाई नगरपालिकाको कार्यालय, वडा कार्यालय, ईलाका प्रहरी कार्यालय, प्रहरी बिट लगायतका क्षेत्रमा यतिबेला धमाधम स्प्रे भइरहेको संचालक मैनालीले बताए । केही दिन अघि कनकाई नगरपालिकाको कार्यालयबाट नगरका प्रमुख क्षेत्र लगायत सडकका आसपास, बजार क्षेत्रमा समेत स्प्रे गरीसकेको बताइएको ।
मैनालीका सहयोगी स्थानीय व्यवसायी दिपक पाठकका अनुसार कनकाई केमिकल एण्ड प्याकेजिंगको तर्फवाट गरिएको स्प्रे सेनिटाइजरमा कुनै किसिमको इन्फेक्सन नहुने भएकाले स्प्रे गरेको दश मिनेटपछि नै आवश्यक्ता अनुसार स्प्रे गरेको क्षेत्र प्रयोगमा ल्याउँन सकिन्छ ।
सोडियम हाइफ्लोराइट इन्सफेक्सन नामक एक लिटर क्यामिकलमा ११ लिटर पानी मिसाएर प्रयोग हुने स्प्रे सेनिटाइजरको प्रयोगले कोरोना भाइरस लगायत अन्य विभिन्न व्याक्टेरिया भाइरसलाई समेत नष्ट गर्न सकिने पाठकले जानकारी दिए । पछिल्लो समय डिसइन्फेक्सन सेनिटाइजर विभिन्न उद्योग, कल कारखाना, हस्पिटल, स्कूल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, विभिन्न सरकारी कार्यालय, यातायात, भेटनरी लगायतका क्षेत्रमा विभिन्न किसिमका व्याक्टेरीयाको न्युनिकरणकालागि कनकाई केमिकल एण्ड प्याकेजिंगको उत्पादन प्रभावकारी बन्दै गएको बताइएको छ ।
कनकाई नगरपालिकाको वडा नं.५ स्थित तुलसीबारीबाट सेवा विस्तार गरी आवश्यक उपकरणसहित संचालनमा रहेको कनकाई केमिकल एण्ड प्याकेजिंगले सरसफाई तथा किटाणु नासक उत्पादनहरु—क्लिनर पावर, फिनेल, हेन्डवास, निर, क्लिनर कुलिन, लिक्वीड साबुन लगायतका गुणस्तरीय अतिआवश्यक सामाग्री सस्तो मूल्यमा वितरण गर्दै आएको स्थानीय सामाजिक संस्था ज्ञानज्योती युवा क्लवका अध्यक्ष नारायण भेट्वालले जानकारी दिएका छन् ।