Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईको कोटीहोममा पीसीआर ल्याब स्थापनाको तयारी अन्तिम चरणमा
    समाचार

    कनकाईको कोटीहोममा पीसीआर ल्याब स्थापनाको तयारी अन्तिम चरणमा

    कनकाई खबरBy कनकाई खबर२०७७ श्रावण ९, शुक्रबार १४:०८ गते3 Mins Read

    कनकाई खबर/झापाको कनकाई–४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा नागरिक स्तरबाट संचालनकालागि तयारी गरिएको पीसीआर परीक्षण प्रयोगशाला स्थापनाको अन्तिम चरणमा पुगेको छ ।

       सरकार–समुदाय–सहकारी अभियानको साझेदारीमा सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघ–संस्थाको सहभागितामा शुरु गरिएको एकका लागि एक अभियानको अगुवाईमा स्थापना हुन लागेको ल्याबको पूर्व मन्त्री तथा सांसदहरुबाट निरीक्षण भएको छ ।

       झापाबाट प्रतिनिधि सभा तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरु, पूर्व मन्त्रीहरु र संविधान सभा सदस्यहरुले शुक्रबार कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा स्थापित कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाको निरीक्षण गरेका हुन् ।

       विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सरकारलाई सहयोग पुर्याउन नागरिक स्तरबाट कनकाई–४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना गरी सरकारलाई हस्तान्तरण गर्न लागिएको एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।
    मेची अस्पतालको मातहतमा रहने गरी उक्त पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन हुने उनले जानकारी दिए ।

       सांसद, पूर्व मन्त्री लगायत सबैले जतिसक्दो छिटो पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनको वातावरण मिलाउन सरकारको ध्यानाकर्षण गराउँदै नागरिक स्तरबाट भएको कामको प्रशंसा गरेका थिए ।

       प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देन, पूर्व मन्त्रीहरु, केशवकुमार बुढाथोकी, सरिता प्रसाईं, वीरमणि ढकाल, संविधान सभा सदस्यहरु प्रेम गिरी, सुधिरकुमार शिवाकोटी, मनकुमार गौतम, दिपक कार्की, हरि राजवंशीले पीसीआर परीक्षण प्रयोगशालाको निरीक्षणपछि एकका लागि एक अभियानका अभियानकर्मीलाई धन्यवाद दिँदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

       त्यस्तै प्रदेश सभा सदस्यहरु ओम सरावगी, श्रीप्रसाद मैनाली, गोपाल बुढाथोकी, एकराज कार्की, बृख प्रधान, पूर्णसिंह राजवंशी, झलकसिंह दर्लामी, पूर्व सांसद डिल्ली सिटौला समेतले पीसीआर परीक्षण प्रयोगशालाको निरीक्षण पछि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

       नेकपा झापाका अध्यक्ष चिन्तक पाठकले नागरिक स्तरबाट भएको कामको सराहना गर्दै जतिसक्दो छिटो पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनको वातावरण बनाउन लागीपर्ने प्रतिबद्धता जनाए । पाठकले त्यसको विषयमा द्विविधामा नपर्न र कसैले त्यस्तो विषयमा राजनीति गर्न नहुनेतर्फ सजग गराए ।

       अभियानको साझेदार संस्था अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नवीन पोखरेलले अन्तर्राष्ट्रिय झापाली समाजका तर्फबाट दुई दिनभित्र २५ लाख रुपैयाँ हस्तान्तरण गर्ने बताए ।

       पीसीआर परीक्षण प्रयोगशालाको प्राविधिक पक्षबारे अन्नपूर्ण न्यूरो हस्पिटल, अन्नपूर्ण रिसर्च सेन्टरका अनुसन्धान अधिकृत अनिल साहको टिमले जानकारी गराएको थियो भने पीसीआर परीक्षण प्रयोगशालाको मेसीन लगायतका सामग्री खरिद प्रक्रियाबारे एकका लागि एक अभियानका सदस्य सजेश शिवाकोटीले अवगत गराएका थिए ।
    निरीक्षणपछि सहभागीले दुई बुँदे निष्कर्षसहित छलफल टुग्यांएका थिए ।

       सरकार–समुदाय र सहकारीको साझेदारीमा सञ्चालनमा ल्याउन लागीरहेको पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनका लागि एकका लागि एक अभियान एवम् साझेदार एवम् प्राविधिक संस्था, दाताहरु तथा प्राविधिक टोलीप्रति कृतज्ञतासहित धन्यवाद प्रकट गर्दछौं ।

       कनकाई नपा–४ कोटीहोममा सरकारको मातहत र समन्वयमा पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनका लागि एकका लागि एक अभियानलाई एकसाथ, एक ढिक्का भई सहयोग गर्न हामी राजनीतिक दल, प्रतिनिधि सभा सदस्य, पूर्व मन्त्री, प्रदेश सभा सदस्य, संविधान सभा सदस्य, पूर्व सांसद सकारात्मक र रचनात्मक सहयोग गर्दै यसको दिगो विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।

       एकका लागि एक अभियानका सदस्य कुमारमणि पोखरेलले स्वागत गरेको छलफल कार्यक्रमको संवाद समूहले संयोजन गरेको थियो । छलफलमा एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरी र सहसंयोजक बिनोद बस्नेतले अभियानकाबारेमा जानकारी गराएका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.