कनकाई खबर / झापाका १५ वटा स्थानिय तहमध्ये सबै भन्दा कम बेरुजु मेचीनगर र कनकाईमा देखिएकाे छ ।
महालेखा परिक्षककाे कार्यालय काठमाडौंले सार्वजनिक गरेकाे ५७ औं वार्षिक प्रतिवेदन अनुसार प्रदेश १ मा सबैभन्दा कम बेरूजु झापाकाे मेची नगरपालिकामा छ । मेची नगरपालिकाकाे बेरूजु प्रतिशत शून्य दशमलव ०३ प्रतिशत मात्र छ । मेचीनगरको कुल रकम रु २ अर्ब ६४ करोड ३१ लाख २ हजार रुपैयाको ०.०३ प्रतिशत रकम अर्थात ८ लाख ९३ हजार रुपैंया मात्र बेरुजु देखिएको छ । त्यसैगरी कनकाईकाे शून्य दशमलव १७ प्रतिशत बेरुजु देखिएको छ । प्रदेश नं. १ का अन्य जिल्लाकाे तुलनामा झापाका स्थानिय तहहरूमा बेरूजू कम देखिएकाे हाे ।
झापाकाे गाैरादह नगरपालिकामा सबै भन्दा बढी बेरूजु देखिएकाे छ । गाैरादह नगरपालिकामा मात्रै ५ दशमलव २० प्रतिशत वेरूजु देखिएकाे छ । गौरादहको कुल लेखा परिक्षण रकम रु १ अर्ब ४८ करोड ४८ लाख ५४ हजार रुपैयाको ५.२० प्रतिशत रकम अर्थात ७ करोड ७२ लाख १२ हजार रूपैयाँ बेरुजु देखिएको छ । त्यसैगरी गौरीगंज गाउँपालिका को बेरुजु रकम १ करोड ७८ लाख ६६ हजार रूपैयाँ देखिएको छ । लेखा परिक्षण गरिएको कुल रकम ८५ करोड २९ लाख ७१ हजार रूपैयाँ २.०९ प्रतिशत रकम बेरुजु देखिएको हो । गत अार्थिक वर्षमा गौरीगंजको बेरुजु ०.६५ प्रतिशत अर्थात ४२ लाख ६० हजार मात्र थियो ।
झापाका १५ वटा स्थानिय तहहरू अर्जुनधाराकाे शून्य दशमलव ६० प्रतिशत, कचनकबलकाे शुन्य दशमलव ४७ दशमलव, बाह्रदशीकाे शून्य दशमलव ९३ प्रतिशत रहेकाे छ । त्यसैगरी भद्रपुर नगरपालिकाकाे २ दशमलव २१ प्रतिशत, शिवसताक्षी नगरपालिकाकाे १ दशमलव ५ प्रतिशत, विर्तामोड नगरपालिकाकाे १ दशमलव ५३ प्रतिशत, कमल गाउँपालिकाकाे १ दशमलव ०९ प्रतिशत, बुद्वशान्ति गाउँपालिकामा १ दशमलव ३६ प्रतिशत, हल्दि गाउँपालिका गाउँपालिकामा १ दशमलव ०५ प्रतिशत, दमक नगरपालिकामा १ दशमलव ५० प्रतिशत, झापा गाउँपालिकामा १ दशमलव १६ प्रतिशत वेरूजु देखिएकाे छ ।
प्रदेश नं. १ का स्थानिय तहकाे वेरूजु ९ दशमलव २९ प्रतिशत देखिएकाे छ । प्रदेश १ का १४ वटा जिल्लाका १३७ स्थानिय तहकाे कुल बेरूजु ९ दशमलव २९ प्रतिशत रहेकाे छ । महालेखा परिक्षककाे ५७ औं वार्षिक प्रतिवेदनमा १ सय ३७ स्थानिय तहहरूकाे लेखा परिक्षण गरिएकाे १ खर्ब १३ कराेड ९८ लाख ६४ हजार मध्ये १० अर्ब ९८ कराेड ४२ लाख २५ हजार बेरूजु देखिएकाे हाे ।
आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७६ अनुसार कानुन बमाेजिम रित नपुर्याई काराेवार गरेकाे वा राख्नु पर्ने लेखा नराखेकाे तथा अनियमित तरिकाले काराेवार गरेकाे खण्डमा गरिएकाे काराेवारलाई महालेखाले वेरूजु देखाउने गरेकाे छ ।