Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा ट्राफिक प्रमुख टेकबहादुरलाई बिदाई चन्द्रबहादुरको स्वागत
    समाचार

    सुरुङ्गा ट्राफिक प्रमुख टेकबहादुरलाई बिदाई चन्द्रबहादुरको स्वागत

    कनकाई खबरBy कनकाई खबर२०७७ श्रावण ५, सोमबार १४:४३ गते2 Mins Read

     

    कनकाई खबर /  ट्राफिक प्रहरी पोष्ट सुरुङ्गाका प्रमुख प्रहरी सहायक निरीक्षक टेकबहादुर बस्नेतलाई सुरुङ्गामा एक विशेष कार्यक्रमका विच बिदाई गरिएको छ । 

     

    जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडमा सरुवा भएका बस्नेतको बिदाइसँगै रिक्त रहेको ट्राफिक पोष्ट सुरुङ्गाको जिम्मेवारीमा प्रहरी सहायक निरीक्षक चन्द्रकुमार बस्नेत आएका छन् । झापा गाउँपालिका निवासी नवआगन्तुक प्रहरी सहायक निरीक्षक बस्नेत जिल्ला ट्राफिक प्रहरी कार्यालय फिदिमबाट एक महिना अघि मात्र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा आएका थिए । दुबैजनाको बिदाइ र स्वागत कार्यक्रमको इलाका प्रहरी कार्यालय सुरुङ्गाले संयोजन गरेको हो । इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक पदमसुन्दर लिम्बूको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहेका स्थानीय जनप्रतिनिधी कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीयाले दुबैजनालई नेपाली ढाका टोपी लगाइदिएर बिदाइ तथा स्वागत गरेका थिए ।

    ट्राफिक प्रहरी कार्यालय बन्दीपुर सिराहाबाट १५ महिना अघि सुरुङ्गाको जिम्मेवारी सम्हाल्न आएका बस्नेतले आफ्नो नेतृत्वमा स्थानीय स्तरमा सडक दुर्घटनाको न्युनिकरण साथै चोक बजारमा शान्ती सुरक्षा कायम गर्न खेलेको भूमिकाको उच्च मुल्याङ्कन गर्दै उनको प्रशंसा गरिएको थियो । इलाका प्रहरी कार्यालय सुरुङ्गामा भएको कार्यक्रममा स्थानीय व्यवसायी, विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, संचारकर्मीसहितको उपस्थितीमा प्रहरी सहायक निरिक्षक बस्नेतलाई बिदाई गरिएको हो ।

       विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण लकडाउन भएको अवस्थामा समेत इलाका प्रहरी कार्यालय सुरुङ्गासँगको सहकार्यमा स्थानीय स्तरमा शान्ती सुरक्षा कायम राख्न ट्राफिक प्रहरी बस्नेतले खेलेको भूमिका प्रशंसनीय रहेको भन्दै उनलाई स्थानीय सामाजिक संघसंस्थाहरुका तर्फवाट मायाको चिनोसहित सम्मान पत्रबाट विशेष सम्मान गरिएको हो । सम्मानकै क्रममा लायन्स क्लव अफ कनकाई सुरुङ्गा, सुरुङ्गा ट्याक्सी व्यवसायी परिवार, कनकाई सामुदायिक वन, लायन्स क्लव एवम् सुरुङ्गा जेसीजका संस्थापक अध्यक्ष लिलाप्रसाद चिमरीया लगायतले मायाको चिनोसहित सम्मान पत्रले विशेष सम्मान गरेका हुन् ।  

    स्थानीय विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थितीमा सम्पन्न कार्यक्रममा ट्राफिक प्रहरी टेकबहादुर बस्नेतले सुरुङ्गामा रहँदा स्थानीयबासीसँगको सहकार्यवाट जीवनमा नयाँ अनुभव प्राप्त भएको बताएका छन् । नव आगन्तुक ट्राफिक प्रहरी चन्द्रकुमार बस्नेतले समाज सुधारका निम्ति स्थानीय संघसंस्थाहरुसँगको सहकार्यमा आफ्नो कार्यकाल थप रचनात्मक बनाउँने प्रतिबद्धता जनाएका छन् ।

        इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी सहायक निरीक्षक ईन्द्र भुजेलले संचालन गरेको कार्यक्रममा सुरुङ्गाा बजार व्यवस्थापन समितिका अध्यक्ष टिकाप्रसाद पोखरेल, समाजसेवी श्याम ओली, लायन्स क्लव एवम् सुरुङ्गा जेसीजका संस्थापक अध्यक्ष लिलाप्रसाद चिमरीया, कनकाई सामुदायिक वनका अध्यक्ष खेम ओली, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष त्रिलोचन चिमरीया, सुनचाँदी व्यवसायी तुलसी बिमली, पत्रकार रामप्रसाद निरौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।    

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.