Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईको वडा नं.७ मा जेष्ठ नागरीक चौतारी
    समाचार

    कनकाईको वडा नं.७ मा जेष्ठ नागरीक चौतारी

    ramBy ram२०७५ मंसिर ३, सोमबार १२:५० गते2 Mins Read

     

       सुरुङ्गा \ कनकाई नगरको वडा नं.७ स्थित काभ्रावोटे गाउँमा हरिवोधनी एकादशीको अवसर पारेर सोमवार एक विशेष कार्यक्रमका विच जेष्ठ नागरीक चौतारीको उद्घाटन गरिएको छ । समाजका जेष्ठ नागरीकहरु भेला भएर एकआपसमा मनका भावनाहरु पोख्ने साझा चौतारीका रुपमा विकास गर्ने उद्येश्यका साथ निर्माण गरीएको पुरानो चौतारी पुनः निर्माणपछि विधिवत रुपमा उद्घाटन गरीएको वताइएको छ । जेष्ठ नागरीक चौतारी उद्घाटनको अवसरमा स्थानीय १७ जना जेष्ठ मातापिताहरुलाई सम्मान गरीएको छ ।

        यसरी सम्मानित हुनेहरुमा ७० वर्ष माथिका स्थानीय जेष्ठ अभिभावकहरु वेदनिधि सिटौला, दुर्गाप्रसाद निरौला, नन्दप्रसाद थपलिया, भानुभक्त उप्रेती, टिकाराम निरौला, पवित्रा उप्रेती, हस्तकुमारी राई, टिकामाया तामाङ्, गंगामाया लिम्वू, दिलवहादुर याक्खा लिम्वू, पूर्णवहादुर कुमाल, नरमाया भुजेल, नरमाया उप्रेती, हिमादेवी भण्डारी, नैनकला भुजेल, सुकमाया तामाङ् र घनश्याम पनेरु रहेका छन् । चौतारी उद्घाटन तथा जेष्ठ नागरीक सम्मान कार्यक्रमकी प्रमुख अतिथी कनकाई नगरकी उपप्रमुख मन्जु प्रसाईँ, विशिष्ट अतिथी जेष्ठ नागरीक संघ कनकाई नगरका अध्यक्ष पुण्यप्रसाद वाराकोटी, कनकाई नगर वडा नं. ७ का वडा अध्यक्ष लिलावहादुर कन्दङ्वा लगायतले सम्मानीत व्यक्तित्वहरुलाई खादा ओढाएर फलफूल वितरण गरी सम्मान गरेका थिए ।

     

        चौतारी निर्माण समितिका अध्यक्ष प्रेमप्रसाद उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्माण समितिका सचिव संचारकर्मी रामप्रसाद निरौलाले करीव १ लाख ५० हजारको लागतमा चौतारीको निर्माण कार्य सम्पन्न भएको वताएका छन् । चौतारी निर्माणमा लागेको खर्चको आय व्यय विवरण प्रस्तुत गर्दै सचिव निरौलाले निर्माण कार्यका लागि कनकाई नगरपालिकावाट ९८ हजार ५ सय मात्र प्राप्त भएकाले अपुग रकम नगरवाटै उपलव्ध हुने विश्वास रहेको वताएका छन् । जेष्ठ नागरीक संघ कनकाई नगरकी सहसचिव सीता ओलीले स्वागत गरेको कार्यक्रममा सम्मानित जेष्ठ नागरीक टिकाराम निरौलाले स्वस्तीवाचन गरेका थिए ।

       कञ्चनजंघा एफ एमका कार्यक्रम प्रस्तोता पिनाके कोइरालाको हजुरआमाको भूमिकामा सन्देशमूलक प्रस्तुती रहेको कार्यक्रममा जेष्ठ नागरीक संघ कनकाई नगरका अध्यक्ष पुण्यप्रसाद वाराकोटी, वडा नं.७ का वडाअध्यक्ष लिलावहादुर कन्दङवा, जेष्ठ नागरीक संघ कनकाईका सचिव शम्भु पोखरेल, संघका वडा अध्यक्ष धनराज खड्का, समाजसेवी यादव उप्रेती लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन संचारकर्मी रामप्रसाद निरौलाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.