Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » स्थानीय सरकारलाई प्याब्सन र एनप्याब्सनको ध्यानआकर्षण पत्र
    शिक्षा

    स्थानीय सरकारलाई प्याब्सन र एनप्याब्सनको ध्यानआकर्षण पत्र

    कनकाई खबरBy कनकाई खबर२०७७ श्रावण ३, शनिबार ०३:१७ गते3 Mins Read

    कनकाई खबर /  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण लामो समय सम्म विद्यार्थीहरुको पठनपाठन अनिश्चित बन्ने भएपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र एन प्याब्सन कनकाईले स्थानीय सरकार कनकाई नगरपालिकाको ध्यानआकर्षण गराएका छन् ।

       विद्यार्थीको पठनपाठन लगायत अन्य प्रशासनीक गतिविधीहरु सहज ढङ्गबाट सुचारु गर्ने वातावरण सिर्जना गरिदिन आग्रह गर्दै स्थानीय सरकारको ध्यानआकर्षण गराइएको हो ।
    प्याब्सनका कनकाई नगर अध्यक्ष विनोद सुव्वा र एन प्याब्सन कनकाई नगर संयोजक अशोक न्यौपानेले संयुक्त रुपमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल र शिक्षा शाखाका अधिकृत हरि मिश्रलाई सात बँुदे ध्यानआकर्ष पत्र बुझाइएको हो । सोही अवसरमा प्याब्सनका १ नं.प्रदेश कमिटि सदस्यद्वय डिआर सुवेदी र भानु राजवंशी, जिल्ला अध्यक्ष एलपी उप्रेती, एन प्याब्सनका जिल्ला सचिव ओमविक्रम नेम्माङ्, प्याब्सन कनकाईका प्रमुख सल्लाहकार अखिल कोइरालासहित अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

      कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणकालागि लामो समयदेखि सरकारले जारी गरेको लकडाउन केही खुकुलो बन्दै आएसँगै विद्यार्थीहरुको पठनपाठनलाई समेत सुचारु गर्ने वातावरण सिर्जना गरिदिन प्याब्सनका जिल्ला अध्यक्ष एलपी उप्रेतीले स्थानीय सरकारलाई आग्रह गरेका छन् । सम्पूर्ण बजार, उद्योग, कलकारखाना, यातायात समेत सुचारु भइसकेको बर्तमान अवस्थामा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउँदै शैक्षिक संस्थाहरुलाई समेत संचालनको व्यवस्था मिलाइदिन प्याब्सन अध्यक्ष उप्रेतीले कनकाई नगर प्रमुख राजेन्द्र पोखरेललाई आग्रह गरेका हुन् ।

       प्याब्सनको आग्रहलाई सकारात्मक रुपमा लिँदै कनकाई नगर प्रमुख पोखरेलले स्थानीय स्तरवाट गर्न सक्ने र गर्न मिल्ने सबै किसिमका समस्याको सहजीकरणकालागि स्थानीय सरकारले कुनै कसुर बाँकी नराख्ने बताएका छन् । केन्द्र सरकारबाट सर्कुलर भएको निर्देशन विरुद्ध कुनै पनि निर्णय गर्न नसकिने भएपनि कनकाई नगर क्षेत्रको हकमा आवश्यक सहजीकरणकालागि नगर शिक्षा समितिको बैठक बसेर निर्णय हुने नगर प्रमुख पोखरेलले जानकारी दिएका छन् ।

    यस्तो छ ज्ञापनपत्र

    श्रीमान्  प्रमुखज्यू,
    कनकाई नगरपालिका, झापा, १ नं। प्रदेश

    विषय   ध्यानाकर्षण सम्बन्धमा ।

    महोदय,
    उपरोक्त सम्बन्धमा कोभिड १९ बाट सृजित समस्याहरुको समाधानार्थ हाम्रो छाता संगठनहरुको तर्फबाट नेपाल सरकारका विभिन्न निकायहरु समक्ष पटक पटक गरिएका आग्रहका वावजुद कुनै ठोस निष्कर्ष प्राप्त नहुँदा विद्यालयहरुका दायित्वहरु पूरा गरी आफ्ना गतिविधिहरु सञ्चालन गर्न आर्थिक तथा नैतिक दृष्टिकोणले दिनानु दिन अफ्ठ्यारो पर्दै गएका कारणले हाल सञ्चालनमा रहेका सिकाईका वैकल्पिक विधिहरु अर्को सूचना प्राप्त नभए सम्म बन्द रहने निर्देशन संगठनका तर्फबाट प्राप्त भएकोले सोही अनुसार यस पालिका भित्र सञ्चालित निजी विद्यालयहरुका सबै गतिविधिहरु बन्द रहने व्यहोरा अनुरोध छ । साथै यस पालिकालाई निम्नानुसारको व्यवस्था मिलाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ ।

    १। कोभिड १९ का कारणले तहस नहस भएको विद्यार्थीहरुको पठनपाठनलाई सुचारु गर्नका लागि नयाँ विद्यार्थीभर्ना, अध्ययनरत विद्यार्थीहरुको अभिलेखीकरण गरी पाठ्यपुस्तक लगायत शिक्षण सामाग्रीहरु व्यवस्थापनगर्ने वातावरण यथासिघ्र निर्माण गरियोस् ।

     २। अनलाइन कक्षा र भर्चुअल कक्षाहरु बैकल्पिक शिक्षण पद्धति मात्र भएको र नेपाली समाजमा अहिले नै योपद्धतीको पहुँचमा सबै विद्यार्थीहरु हुन नसक्ने यर्थातलाई मनन गर्दै यस पालिकाभित्र कोभिड १९ को प्रभावको समेत अध्ययन गरी यथासम्भव विद्यालयहरुमा आवश्यक पूर्वाधार व्यवस्थापन सहित जोर विजोरवा आलोपालो प्रणालीमा कक्षा संचालन गरि विद्यार्थीहरुको पठनपाठन गर्ने व्यवस्था गरियोस् ।

     ३। क्वारेटिनका लागि विद्यालयहरुको प्रयोग भएकाभए अर्को स्थानमा स्थानान्तरण गरी निर्मलीकरणको व्यवस्थागरियोस्।

     ४। वर्तमान शिक्षा नियमावली अनुसार एक शैक्षिक सत्रका लागि १८० (१९२ दिन पठन पाठन गर्नुपर्ने हुँदासोही अनुसार शैक्षिक सत्र २०७७ का लागि केही सार्वजनिक विदाहरु, जाडो विदा लगायत अन्य विदाकटौती गरि नयाँ शैक्षिक क्यालेन्डर निर्माण गरियोस् ।

    ५। शैक्षिक सत्र २०७७ मा विद्यालयहरुले शिक्षा नियमावली अनुसार तोकिएको जिम्मेवारी पुरा गर्ने प्रतिबध्दका आधारमा वर्तमान शिक्षा ऐन तथानियमावलीमा व्यवस्था भए बमोजिम शुल्क लिने वातावरण बनाइयोस् ।

    ६। निजी विद्यालयहरुले शैक्षिक सत्र २०७६ को बाँकी वक्यौता उठाउन नसकेको र २०७७ सालमा कुनै पनिशीर्षकमा शुल्क संकलन नगर्न नेपाल सरकारले निर्देशन गरेको अवस्थामा हाम्रा विद्यालयमा कार्यरत शिक्षक(कर्मचारीहरुको तलव(भत्ता लगायत अन्य खर्चको व्यवस्थापन गर्न नसकिएको हुँदा हाम्रा शिक्षककर्मचारीहरुलाई उचित सहयोगको व्यवस्था गरियोस् ।

    ७। घर जग्गा वहाल कर, व्यवसायिक कर लगायत अन्य महशुलहरुमा छुटको व्यवस्था गरियोस् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.