Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक , पूर्वाधार विकास प्राथमिक्तामा 
    आर्थिक

    कनकाई नगरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक , पूर्वाधार विकास प्राथमिक्तामा 

    कनकाई खबरBy कनकाई खबर२०७७ असार ३०, मंगलवार ०१:३२ गते2 Mins Read

    राम निरौला,
    कनकाई खबर / झापाको कनकाई नगरपालिकाले सातौ नगर सभावाट आ.ब. २०७७ \ ०७८ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

        बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँद्वारा ७४ करोड ३७ लाख ५१ हजार बराबरको बजेट सार्वजनिक गरिएको हो । यस पटक कनकाई नगरका प्रत्येक वडामा ५० लाखका दरले पूर्वाधार विकास तर्फ मात्र खर्च गर्ने गरी बजेट विनियोजन गरीएको छ । संघीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त मार्गदर्शन र बजेटको अधिनमा रहेर नगरपालिकाको सातौ नगर सभामा बजेट प्रस्तुत गरिएको बताइएको छ ।

      “समुन्नत सम्पदा दिगो पूर्वाधार, समृद्ध कनकाईको मूल आधार” भन्ने अभियानका साथ कनकाई नगरपालिकाले यस वर्षको बजेटमा भौतिक पूर्वाधार विकास नीति तथा कार्यक्रमलाई प्राथमिक्तामा राखेको बताइएको छ । बजेटमा सामाजिक विकास, महिला, बालबालिका,ज्येष्ठ नागरिक, अपाङ्ग तथा लक्षित बर्ग, सुशासन एवम् संस्थागत विकास, आर्थिक विकास सम्बन्धिका योजना लगायतका क्षेत्रलाई समेटिएको छ । त्यस्तै पर्यटकीय गन्तव्यहरुको उजागर गरी आर्थिक विकास गर्ने, गरीब, भूमिबिहिन तथाा अशक्तमैत्री कार्यक्रम संचालन लगायतका योजनाहरुलाई बजेटको प्राथमिक्ताका रुपमा राखिएको छ । त्यस्तै हरित,उज्यालो, मजदुरमैत्री र सुन्दर नगर निर्माणलाई प्राथमिक्तामा राखिएको उपप्रमुख प्रसाईँले नीति तथा कार्यक्रम मार्फत जानकारी दिएकी छिन् । बजेटले उत्पादनशिल क्षेत्रको उच्चतम परिचालन गरी गुणस्तरीय उत्पादन र उत्पादकत्वमा वृद्धि गर्दै समतामूलक आर्थिक विकासको आधार तयार गर्ने उद्येश्य लिएको कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलले बताएका छन् ।

     

       कनकाई नगर क्षेत्रको विशेष लकडाउनका कारण असार १० गते अनलाइन प्रविधिको प्रयोग गर्दै कनकाई नगरपालिकाले सातौं नगर सभामा बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । कोरोनाको कहरसँगै लकडाउन केही सहज भएपछि नगरपालिकाले एक विशेष कार्यक्रमको आयोजना गरी बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

       नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य एकराज कार्कीले नगर सभाको उद्घाटन गरेका हुन् । नगर सभाको उद्घाटन गर्दै प्रदेश सभा सदस्य कार्कीले विकास निर्माणको क्षेत्रमा तीन वर्ष अघि र हालको कनकाई नगरलाई मुल्यांकन गरेर हेर्न नगरबासीलाई अनुरोध गरेका छन् । समृद्ध नेपाल सुखी नेपालीको अभियान सफलताकालागि अब सरकार मानवीय संसाधनको विकास तर्फ अघि बढी सकेको भन्दै प्रदेश सभा सदस्य कार्कीले यस तर्फ स्थानीय सरकारले समेत चासो राख्नु पर्नेमा जोड दिएका छन् ।

        कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद न्यौपानेको स्वागत तथा कर्मचारी लक्ष्मी अधिकारीले संचालन गरेको कार्यक्रममा नगरपालिकाको विभिन्न जिम्मेवारीमा कार्यरत कर्मचारीहरुलाई नगदसहित सम्मान पत्रका साथ सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा प्रशासन शाखा अधिकृत बिबेक भण्डारी, प्रस्तावित नगर स्वास्थ्य अस्पतालकी डाक्टर काजल विक, अस्पतालकै ल्याब टेक्निसियन राकेशसिंह ठकुरी र नगरपालिकाकी कर्मचारी कमला विश्वकर्मा रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.