Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गामा सप्ताह ब्यापी योग विज्ञान शिविर संचालन(भिडियो सहित)
    भिडियो

    सुरुङ्गामा सप्ताह ब्यापी योग विज्ञान शिविर संचालन(भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७७ असार २७, शनिबार १४:२७ गते2 Mins Read

    कनकाई खबर / कोरोना भाइरसको महामारीका कारण लकडाउन भइरहेको बर्तमान अवस्थालाई केही सहज बनाउँदै मानव समुदायमा योगअभ्याससँगै सकारात्मक सोचको विकास गर्ने उद्येश्यका साथ झापाको सुरुङ्गामा सप्ताह ब्यापी योग विज्ञान शिविर संचालन भएको छ ।

     

       “योग गरौं, निरोग रहौं” भन्ने मूल नाराका साथ आयोजना गरिएको योग सप्ताह कार्यक्रम रोटरी क्लव अफ सुरुङ्गाको नेतृत्वमा पतञ्जली योग कनकाई नगर समिति र सुरुङ्गा योग साधना केन्द्रको संयोजनमा संचालन भएको हो । अन्तर्राष्ट्रिय सामाजिक संस्थाको रुपमा रहेको रोटरी क्लव अफ सुरुङ्गाको वर्ष २०२०/२१ को नयाँ नेतृत्व आएसँगै वार्षिक क्यालेन्डरमा समाबेश गरिएको यो वर्षको पहिलो कार्यक्रमका रुपमा योग शिविर संचालन गरिएको क्लवका अध्यक्ष टिकाप्रसाद जमरकट्टेलले बताएका छन् । स्थापनाको छोटो समयमै यस क्लवबाट स्थानीय स्तरमा शैक्षिक क्षेत्र लगायत समाजको चौतर्फी विकासमा थप सहयोग पुग्दै आएको वर्तमान परिस्थितीमा मानिसको स्वास्थ्यसँग प्रत्यक्ष रुपमा जोडिएको योगअभ्यासलाई समेत निरन्तरता दिँदै जाने योजना बनाएको अध्यक्ष कट्टेलले जानकारी दिएका छन् । योग शिविरमा युवा योग गुरु प्रतापबाबु जमरकट्टेलले सहजीकरण गर्ने जनाइएको छ ।

       आज शनिवारदेखि संचालन भएको योग विज्ञान शिविरको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले उद्घाटन गरेका हुन् । योग शिविरको उद्घाटन गर्दै नगर प्रमुख पोखरेलले नियमित भएको योगअभ्यासले मन मस्तिष्कमा सकारात्मक सोचको विकास हुने भएकाले नगरका सवै टोलमा योगअभ्यासलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका छन् । स्वस्थ खानपानका साथमा सकारात्मक सोच अनि नियमित योगअभ्यासलाई हरेक व्यक्तिले आफ्नो पहिलो कर्तव्य सम्झने हो भने जीवनमा ठूलो उपलव्धी हात पार्न सकिनेमा नगर प्रमुख पोखरेलले जोड दिएका छन् ।

       रोटरी क्लव अफ सुरुङ्गा एवम् पतञ्जली योग नगर समिति कनकाईका अध्यक्ष टिकाप्रसाद जमरकट्टेलको सभापतित्व रहेको उद्घाटन समारोहमा कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया, क्लवका संस्थापक अध्यक्ष एल.पी.उप्रेती, निवर्तमान अध्यक्ष कुमारमणि पोखरेल, कनकाई घाटका अध्यक्ष प्रभाखर कडरीया, कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओली लगायतले योगअभ्यासलाई निरन्तरता दिँदै जानु पर्नेमा जोड दिएका छन् । सुरुङ्गा योग साधना केन्द्रकी संयोजक गोमा ढुङ्गेलले स्वागत गरेको औपचारीक कार्यक्रमको संचालन पतञ्जली योग कनकाई नगर समितिका महासचिव रामप्रसाद निरौलाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.