Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रेलवे प्रभावितहरुले स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाए ( भिडियोसहित )
    आर्थिक

    रेलवे प्रभावितहरुले स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाए ( भिडियोसहित )

    कनकाई खबरBy कनकाई खबर२०७७ असार २६, शुक्रबार १७:०५ गते2 Mins Read

    राम निरौला ,

    कनकाई खबर \  मेची   — महाकाली  बिद्युतीय रेल मार्ग काकरभिट्टा ईनरुवा खण्ड निर्माण कार्यकालागि जग्गा अधिग्रहणको ३५ दिने सार्वजनिक सूचना प्रकाशित भएसँगै सर्वसाधारणमा अन्यौलता छाएको भन्दै झापाको कनकाई नगरमा रेलवे प्रभावितहरुको एक समूहले स्थानीय सरकारका रुपमा रहेको कनकाई नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।


    यस अघि नै रेलवे प्रभावितहरुको विभिन्न चरणमा बसेको भेलाले गठन गरेको रेलवे प्रभावित समन्वय मूल समिति कनकाई नगरले अन्यौलमा रहेको रेलवे मार्गका विषयमा बुँदागत रुपमा तयार पारिएको ज्ञापन पत्र कनकाई नगर प्रमुख राजेन्द्र पोखरेललाई हस्तान्तरण गरेको हो । समन्वय समितिका अध्यक्ष खगेश्वर उप्रेतीको नेतृत्वमा उपाध्यक्ष शंकरकुमार मैनाली, सचिव लक्ष्मीप्रसाद मैनाली, सहसचिव विष्णुप्रसाद मिश्र, कोषाध्यक्ष दिलकुमारी इदिङ्गबो लगायत एक सय बढी रेलवे प्रभावितहरुको उपस्थितीमा कनकाई नगर प्रमुख पोखरेललाई नगरपालिकामै गएर ज्ञापन पत्र बुझाईएको हो ।

       झापा जिल्लामा पर्ने हालका पालिकाहरुको कुनै उल्लेख नै नगरी तत्कालिन गाविसका केही वडाको नयाँ—पुराना कित्ता नम्बर साथै जग्गाको क्षेत्रफल बर्ग मिटरमा नभई साबिक अवस्थाको बिवरण मात्र उल्लेख भएको बिज्ञप्ती मार्फत जानकारी गराइएको छ । सार्वजनिक गरिएको सुचनामा हालको जमिनको क्षेत्रफलका आधारमा धेरै कुराहरु स्पष्ट नभएको भन्दै स्थानीयबासीमा अन्यौलता छाएको रेलवे प्रभावित स्थानीय चन्द्रमोहन उप्रेतीले बताउँनुभएको छ । रेलवे मार्गका विषयमा स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाउँनुपर्ने कारणका बारेमा प्रष्ट पार्दै उप्रेतीले सरकारी मापदण्ड एकातर्फ छ भने वास्तविक्ता अर्कै भएकाले स्थलगत अनुगमन गरी सत्य,तथ्य र यथार्थ कुराको बारेमा सम्बन्धित निकायको ध्यान केन्द्रित गर्न ६ बुँदे ज्ञापन पत्र बुझाउँनु परेको बताउँनुभएको छ ।

       ज्ञापन पत्र बुझ्दै स्थानीय सरकारका प्रमुख राजेन्द्र पोखरेलले नागरीकहरुको सुरक्षित बसोबासको व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउँने कार्यमा स्थानीय सरकारले कुनै पनि कमजोरी नगर्ने बताउँदै नगर प्रमुख पोखरेलले यथार्थ कुराको पहिचानकालागि स्थानीय सरकार सधैं नागरिकसँग हातेमालो गर्न चाहेको बताउँनुभएको छ । रेलवे मार्गसँग सम्बन्धित सार्वजनिक भएको सुचनाका विषयमा स्थानीयबासीहरुसँग अन्तरक्रिया गर्न चाँडै रेलवे विभाग समन्वय समितिका पदाधिकारीहरु कनकाई नगरमा आउँने भएको जानकारी गराउँदै नगर प्रमुख पोखरेलले त्यसपछि मात्र यथार्थ कुरा बाहिर आउँने प्रष्ट पार्नुभएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.