Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कोरोना जितेर कनकाईमा एक महिलासहित चारजना घर फर्किए (नगरको कोरोना विस्तृत अपडेट सहित )
    समाचार

    कोरोना जितेर कनकाईमा एक महिलासहित चारजना घर फर्किए (नगरको कोरोना विस्तृत अपडेट सहित )

    कनकाई खबरBy कनकाई खबर२०७७ असार २१, आईतवार ०३:५१ गते3 Mins Read

    राम निरौला,
    कनकाई खबर / झापाको कनकाईमा हाल सम्म कोरोना जितेर एक महिलासहित चारजना घर फर्किएका छन् । कोरोना भाइरसको त्रासका कारण मुलुक लकडाउन भएयता असार २० गते शनिवार सम्ममा कनकाई नगरमा ११ जनाको कोरोना संक्रमण पुष्टी भए पनि हाल सम्ममा चारजनाले कोरोना जितेर घर फर्किएको कनकाई नगरपालिकाका स्वास्थ्य प्रमुख ब्रजेश मेहेताले जानकारी दिएका छन् ।

       हाल पछिल्लो समयमा तेस्रो मुलुकवाट आएका अन्य सातजनाहरु मध्ये ओमनवाट आएका कनकाई १ का ३५ वर्षिय पुरुष, दुबईवाट आएका कनकाई ५ का ३४ वर्षिय पुरुष, कुबेतवाट आएका कनकाई ८ का २८ र ४१ वर्षिय दुईजना महिला, कुबेतवाट आएका कनकाई २ का २३ वर्षिय महिला, दुबईवाट आएका कनकाई ३ का ४६ वर्षिय पुरुष र साउदीवाट आएका कनकाई ८ का २८ वर्षिय पुरुष रहेको नगर स्वास्थ्य प्रमुख मेहेताले कनकाई खबरलाई जानकारी दिएका छन् ।
    कोरोनाको आशंकामा कनकाई नगरपालिका क्षेत्रका विभिन्न क्वारेन्टिनमा  हाल सम्ममा  ३ सय ७६  जनालाई राखिएको नगर स्वास्थ्य प्रमुख मेहेताले बताए । क्वारेन्टिन बसाईकोको अवधी पुरा भई सकुशल घर गएको संख्या २ सय ७८ रहेको छ भने ८७  जना अझै पनि नगर क्षेत्रका विभिन्न क्वारेन्टिनमा रहेको बताइएको छ ।

     कनकाई क्याम्पसको क्वारेन्टिन स्थल

        कनकाई नगरपालिकाको क्वारेन्टिन फोकल पर्सन लक्ष्मी अधिकारीका अनुसार हाल कनकाई नगरको घैलाडुवास्थित आदर्श माविको क्वारेन्टिनमा ३०जना, चम्पापुर माविको क्वारेन्टिनमा १५ जना, कनकाई बहुमुखी क्याम्पको क्वारेन्टिनमा २१ जना बस्दै आएका छन् । त्यस्तै कनकाई उद्योग वाणिज्य संघको क्वारेन्टिनमा ५ जना, भृकुटी माविको होल्डीङ् एरीयामा ८ जना , दलित सामुदायिक भवनको क्वारेन्टिनमा ३ जना र लक्ष्मीपुरस्थित हिमाली माविको क्वारेन्टिनमा ५ जना रहेको क्वारेन्टिन फोकल पर्सन अधिकारीले जानकारी दिएका छन् ।

       प्रारम्भिक चरणमा कनकाई नगरपालिकाले व्यवस्थापन गरेको कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको क्वारेन्टिनबाट तीनजनाको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि कनकाई नगर क्षेत्रलाई थप कडाई गरिएको थियो । भारतको कानपुरवाट झापागाउँपालिकाको डिगलबैंक नाका हुँदै आएका ५६ जनालाई सोही क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो । जस मध्ये तीनजना पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई विराटनगरको आइसोलेशनमा राखिएको थियो । एक हप्तापछि त्यहाँ भएको स्वास्थ्य परिक्षणवाट कनकाई ५ का वर्ष १६ र १७ का दुईजना युवाको पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो भने कनकाई ३ सुरुङ्गाका वर्ष ३५ का अर्का युवाको भने दोस्रो पटकको रिपोर्ट मात्र नेगेटिभ आएपछि भर्खरै घर फर्केका हुन् ।

     दुर्गापुर सामुदायिक भवनको क्वारेन्टिन स्थल

     यसका साथै पछिल्लो चरणमा कनकाई नगरपालिकाको दुर्गापुरस्थित दलित सामुदायिक भवनमा रहेको क्वारेन्टिनबाट पिसिआर रिपोर्ट पोजेटिभ आएको कनकाई नगरपालिका ७ निवासी ३१ बर्षिय महिला पनि एक हप्ताको धरानस्थित आइसोलेशनको बसाईपछि रिपोर्ट नेगेटिभ आएका कारण भर्खरै घर आएकी छन् । दुर्गापुरको क्वारेन्टिनमा रहँदा उनको रिपोर्ट पोजेटिभ आएसँगै समुदायमा कोरोना संक्रमण भएको आशंकामा कनकाईको वडा नं.७ का १५ वटा घर सिल गर्दै नगरका वडा नं.१ देखि ७ सम्मलाई पाँचदिनकालागि थप कडाई गरिएको थियो । त्यसपछि सहज बन्दै आएको कनकाई नगर क्षेत्रमा नेपाल सरकारले जारी गरेको सर्कुलर अनुसार कार्यालय, व्यपार व्यवसाय संचालनमा रहेको बताइएको छ ।

       विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण भारत लगायत अन्य विभिन्न देशबाट स्वदेश फर्कने नेपालीहरुको संख्या अझै पनि बढिरहेको छ । कोरोनाका कारण नेपालमा लकडाउन भए लगत्तै भारतवाट आउँने नेपालीहरुको संख्या तिब्र रुपमा बढेको भए पनि पछिल्लो समय भने तेस्रो मुलुकवाट आउँने नेपालीहरुको संख्या बढेको हो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.