Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गेली युवा अर्पणको पौरख
    समाचार

    सुरुङ्गेली युवा अर्पणको पौरख

    ramBy ram२०७५ कार्तिक २९, बिहीबार १४:५३ गते3 Mins Read

    सुरुङ्गा \नेपालमा यति धेरै स्रोत साधनहरु छन् जसको उचित सदुपयोगवाट विश्वका कुनै पनि मुलुकमा आर्जन गर्न नसकिने सम्पत्ति प्राप्त गर्न सकिने विश्वास बोकेका कनकाई नगरपालिका ३ सुरुङ्गाको नयाँवस्ती निवासी अर्पण मगर एक सक्रिय गृल तथा लेथ व्यवसायी हुन् । संघर्षपछिको सफलतामा रमाउँने ३२ वर्षिया युवा व्यवसायी अर्पणले आफैंले संचालन गरेको गणपति ग्रील तथा लेथ उद्योगमा हाल २२ जना युवाहरुलाई रोजगार दिएका छन् । विदेश पलायन हुन सक्ने युवा जनशक्तिलाई स्वदेशमै आत्मनिर्भर वनाउँने प्रयासमा लागेका अर्पण आँफूले विदेशको सपना कहिल्यै पनि नदेखेको वताउँछन् ।

         आगामी दिनमा अझै वढी युवा जनशक्तिलाई स्वदेशमै स्वरोजगार वनाउँने सपना वाकेका अर्पणले हरेक युवालाई सरकारको मात्र मुख नहेरी उद्यमशिल वन्न अनुरोध समेत गरेका छन् । जीवनमा धेरै दुःख कष्ट भोग्दै आएका अर्पणले नेपाली सेनामा एक वर्ष साथै भारतीय सेनामा सात वर्षको जागीरे जीवनको अनुभव यस अघि नै वटुलीसकेका छन् । नेपालमा पछिल्लो समयको द्वन्दकालिन अवस्था २०६२\६३को सुरुवातसँगै नेपाली सेनामा भर्ती भएका अर्पणले तत्कालीन नेपालको राजनितिक अस्थिरताका कारण सेनाको तालिम पूरा गरेसँगै नेपाली सेनाको जागीरवाट हात धोएका थिए । कराँतेका थ्री डन सम्मको उपाधि प्राप्त अर्पणले त्यसपछिको समय भारतीय सेनाको तालिम केन्द्रमा रहेर कराँते सिकाउँने अवसर प्राप्त गरेको उनी वताउँछन् ।

      कराँते सिकाउँदै अघि वड्ने क्रममा भारतीय सेनामा भर्ती हुन पुगेका अर्पणले सात वर्ष सम्मको भारतीय सेनाको अनुभव वटुलेका हुन् । भारतीय सेनामा रहँदाको अवस्थामा पेट्रोलिङ्मा टोली हिँड्दा रातको समयमा साथीहरुवाट छुटेर १० घण्टा सम्म जङ्गलमा आँफू वेपत्ता हुँदाको दुखदायी घटनालाई अर्पणले जीवनको अहिले सम्मकै अविस्मरणीय क्षण सम्झने गरेका छन् । हाल आफ्नो मिहिनेत र परिश्रमका साथ आफ्नै गाउँघरमा अन्य युवा साथीहरुलाई समेत रोजगार दिन सक्षम भएर परिवारको खुशीमा आँफू रमाउँन पाउँनु नै जीवनको सवै भन्दा ठूलो खुशीको क्षण भएको उनी वताउँछन् । आफ्नै कमाइवाट वसोवासका लागि सुरुङ्गामा पाँच कोठे एउटा पक्की घर निर्माण गरेका अर्पणको घरदेखी अलग्गै स्थान सुरुङ्गा स्थित नयाँ वस्तीमा रहेको आफ्नो छुट्टै भवनमा हाल उद्योग संचालनमा रहेको वताइएको छ ।

         एक छोरा एलेक्सका अभिभावक अर्पणको गृल उद्योगको व्यवस्थापन पक्षमा आफ्नी श्रीमति अमृता राईको ठूलो सहयोग रहेको उनी वताउँछन् । नेपाली भूमि साथै आफ्नो परिवारप्रतिको मोह वढेसँगै भारतीय सेनाको जागीर छाडेर २०७० सालदेखी हालको कनकाई नगर वडा नंं.९ को घैलाडुवावाट गृल व्यवसाय सुरु गरेका अर्पणले २०७४ सालदेखी सुरुङ्गास्थित नयाँ वस्तीमा रु.२५ लाख लगानी गरी गणपति ग्रिल तथा लेथ उद्योग संचालन गरी सोही ठाउँलाई आफ्नो कर्मथलो वनाउँदै आएका छन् । आफ्नो उद्योगमा कार्यरत कामदारहरुसँगै काममा व्यस्त देखिने अर्पणको गणपति गृल उद्योगमा रोलर, टिपर, स्कावेटर, जेसिवि ओेल्डीङ्, बुसपिन बकेट, ट्याक्टर, थे्रसर, हलो मर्मत लगायत गृल सम्वन्धीका सम्पूर्ण कामहरु हुने भएपछि विर्तामोड तर्फ जानु पर्ने झन्झटवाट मुक्ति मिलेको स्थानीय निर्माण व्यवसायी सुरेश कडरीयाले वताएका छन् ।

         आफ्नो उद्योगमा काम गर्ने युवाहरुलाई सरदरमा मासिक रुपमा जनही २० देखी ३५ हजारसम्म तलव दिने गरेका अर्पणले कामका समयमा खर्च कटाएर मासिक रु.१ लाख सम्म वचाउँने गरेको वताउँछन् । विधुतीय सामग्रीहरु मोटर, पंखा, मीलमेशिनरी, जेनेटर लगायत अन्य विभिन्न उपकरणहरुको मर्मत कार्यमा पोख्त यस क्षेत्रका पुराना व्यवसायी आफ्ना वुवा सुनिल र आमा लक्ष्मी मगरको प्रेरणावाट यस क्षेत्रमा आँफू लागेको वताउँने अर्पणले छोटो समयमा आफ्नो लगानीलाई चारगुना वनाएका छन् । मिहिनेत र परिश्रममा विश्वास गर्ने युवा व्यवसायी अर्पण कुनै पनि पेशा, व्यवसायमा सफल हुनका लागि इमान्दारीता, लगनशिलता र आत्मविश्वास हुनु पर्नेमा जोड दिन्छन् ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.