Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » विर्तामोडमा इस्टु झापाद्वारा बृहत प्रदर्शन
    शिक्षा

    विर्तामोडमा इस्टु झापाद्वारा बृहत प्रदर्शन

    कनकाई खबरBy कनकाई खबर२०७७ असार १९, शुक्रबार १३:२६ गते3 Mins Read

    विर्तामोड \  संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले सामाजिक न्यायका लागि झापाको विर्तामोडमा सरकार तथा निजी विद्यालय सञ्चालकको बेवास्ताबिरूद्ध बृहत प्रदर्शन गरेको छ ।

       संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले काम गरिसकेको समयको तलव पाउन नसकेको, सरकारले समेत भोकमरीमा परिसकेका शिक्षक कर्मचारीको सुरक्षाका लागि पहल नगरेको प्रति आक्रोस पोख्दै इस्टु सामाजिक न्यायको माग राखी सडक आन्दोलनमा उत्रेको हो ।

       दयाको शब्द चाहिँदैन भोकै मार्न पाइदैन, खोसिएको अधिकार फिर्ता देउ, सामाजिक सुरक्षको वातावरण निर्माण गर, कोरोनाले होइन भोकले मरिने भो, शिक्षक कर्मचारी निस्काशन बन्द गर, नीति नियम कायम गर, हाम्रो तलव निकासा गर, सरकार तिमी कहाँ छौं ? हामीले कर तिरेका छौं, सुरक्षको दायित्व छैन त ?लगायत नाराका साग विर्तामोड परिक्रमा गरी कोण सभा सम्पन्न गरिएको थियो ।   

       कोण सभालाई सम्बोधन गर्दै इस्टुका केन्द्रीय सदस्य एन पी लामिछानेले काम गरिसकेको समयको तलव नदिने, शिक्षक कर्मचारी निस्काशन गर्ने काम अबिलम्व अन्त्य गर्न विद्यालका सञ्चालकहरूलाई चेतावनी दिए । लामिछानेले सामाजिक सुरक्षा कोषमा निजी विद्यालय जान अस्वीकार गर्नु कानुनलाई चुनौति भएको भन्दै नीति र नियममा आबद्ध नहुने विद्यालय बिरूद्ध राज्य कडा भएर प्रस्तुत हुनु पर्ने प्रष्ट पारेका थिए ।

       कार्यक्रममा  इस्टु प्रदेश १ का अध्यक्ष यादवप्रसाद अधिकारीले कम्पनी ऐन अनुसार सञ्चालनमा रहेका निजी विद्यालयले आफू मातहतमा रहेका शिक्षक कर्मचारीलाई बन्दाबन्दीको बाहना बनाएर तलब रोक्ने काम कानुन बिपरित भएको भन्दै श्रम अदालतको सामना गर्ने गरी तयार रहन सुझाएका छन् ।
    इस्टु झापाका सल्लाहकार तथा नेकपा नेता शिवराज भण्डारीले राज्यका तीन तहकै सरकार जिम्मेवार भएर निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीका समस्या हल गर्न लाग्नु पर्ने बताए । राजभण्डारीले गुणस्तरीय शिक्षणमा अब्बल निजी विद्यालयका शिक्षक कर्मचारी अपमानित हुने वातावरण सधैंका लागि अन्त्य हुनु पर्छ भन्दै विद्यालय सञ्चालक जिम्मेवार रूपमा प्रस्तुत हुनु पर्ने प्रष्ट्याए ।

       इस्टु झापा अध्यक्ष होमराज खतिवडाले बौद्धिक श्रमिकका रूपमा रहेका संस्थागत विद्यालयका शिक्षक, कर्मचारी, चालक, सहचालक लगायतलाई काम लगाउने अधिकाम्स विद्यालयले काम गरिसकेको समयको पारिश्रमिक नदिँदा गाँस जुटाउन समस्या उत्पन्न भएको स्पष्ट पारे । अध्यक्ष खतिवडाले सामाजिक न्याय र बाँच्न पाउने अधिकार समेतको अपहरण भएपछि अपमान बोध गर्दै शिक्षक कर्मचारी सडकमा आएको भन्दै समस्याको सम्बोधन नभए अझ कडा आन्दोलन हुने जनाए ।
    आन्दोलन परिचालन समितिका संयोजक बालकृष्ण दाहालको नेतृत्वमा भएको प्रदर्शनमाप्याब्सन भद्रपुरका सचिव पुकारचन्द्र राजवंशी, विभूति विद्यामन्दिरका सञ्चालक पुरूषोत्तम लम्सालले ऐकेबद्धता जनाउँदै सहभागी भएका थिए भने सयौं शिक्षक कर्मचारी स्वतस्फुर्त उपस्थित थिए । १५ वटा स्थानीय तह रहेको झापाका सवै स्थानीय तहबाट सहभागी शिक्षक कर्मचारी सामेल भएको आन्दोलन शान्तिपूर्ण र सामाजिक दुरी कायम गर्दै प्रदर्शन गरिएको थियो ।

       झापामा संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारी गरी ७ हजार बढी छन् भने काम लगाउने अधिकांश विद्यालयका सञ्चालकले बन्दाबन्दीको बाहना बनाएर शैक्षिक वर्ष २०७६ कै दिनु पर्ने तलव रोकिदिएपछि भोकमरी खपेर शिक्षक कर्मचारीले कष्टपूर्ण जीवनयापन गर्दै आइरहेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.