Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » इस्टु झापाले भोलि बिर्तामोडमा प्रदर्शन गर्ने
    शिक्षा

    इस्टु झापाले भोलि बिर्तामोडमा प्रदर्शन गर्ने

    कनकाई खबरBy कनकाई खबर२०७७ असार १८, बिहीबार १६:०९ गते2 Mins Read

    झापा । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले सामाजिक न्यायका लागि असार १९ गते बिर्तामोडमा वृहत प्रदर्शन गर्ने तयारी गरेको छ । संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले काम गरिसकेको समयको तलब पाउन नसकेको, सरकारले समेत सुरक्षाका लागि पहल नगरेको प्रति आक्रोस पोख्दै इस्टु सामाजिक न्यायको माग राखी सडक आन्दोलनमा उत्रेको हो ।

    वौद्धिक श्रमिकका रूपमा रहेका संस्थागत विद्यालयका शिक्षक, कर्मचारी, चालक, सहचालक लगायतलाई काम लगाउने अधिकांशले काम गरिसकेको समयको पारिश्रमिक नदिँदा गाँस जुटाउन समस्या उत्पन्न भएको छ । यस कार्यले सामाजिक न्याय र बाँच्न पाउने अधिकारसमेतको अपहरण भएपछि अपमान बोध गर्दै शिक्षक कर्मचारी सडकमा आउन बाध्य भएका हुन् ।

    आन्दोलन परिचालन समिति झापाको नेतृत्व सम्हालिरहेका इस्टु नेपालका केन्द्रीय सदस्य बालकृष्ण दाहालका अनुसार बिर्तामोडमा हुने प्रदर्शनमा एक हजार बढी शिक्षक कर्मचारी सहभागी हुनेछन् । १५ वटा स्थानीय तह रहेको झापामा हरेकबाट कम्तीमा ५० देखि सय जनासम्म शिक्षक कर्मचारी आन्दोलनमा आउने निश्चित भइसकेको छ । शान्तिपूर्ण र सामाजिक दूरी कायम गर्दै प्रदर्शन हुने जनाइएको छ ।

    संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई काम लगाउने अधिकांश विद्यालयका सञ्चालकले बन्दाबन्दीको बहाना बनाएर शैक्षिक वर्ष २०७६ को दिनुपर्ने तलव पनि रोकिदिएपछि भोकमरी खपेर शिक्षक कर्मचारीले कष्टपूर्ण जीवनयापन गर्दै आइरहेका छन् । शिक्षक कर्मचारीका लागि तीनै तहका सरकारले पनि बेवास्ता गरेपछि बन्दाबन्दीको असरका कारण सडकमा आउनु पर्ने वातावरण निर्माण भएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.