Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रोटरी क्लब अफ सुरुङगाको अध्यक्षमा जमरकट्टेल
    समाचार

    रोटरी क्लब अफ सुरुङगाको अध्यक्षमा जमरकट्टेल

    कनकाई खबरBy कनकाई खबर२०७७ असार १७, बुधबार १५:०४ गते2 Mins Read

    राम निरौला,

    कनकाई खबर / झापाको मध्य भागमा रहेको रोटरी क्लव अफ सुरुङ्गाको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका स्थानीय शिक्षासेवी सामाजिक व्यक्तित्व टिकाप्रसाद जमर कट्टेलले पदभार ग्रहण गरेका छन् ।

        अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त विशुद्ध सामाजिक संस्थाका रुपमा स्थापित रोटरी क्लवमा सर्वसम्मत भएका नेतृत्वहरुले हरेक वर्षको जुलाई १ तारीखमा विश्वभर एकसाथ पदभार ग्रहण गर्ने गर्दछन् । सोही अनुसार कनकाई नगरमा क्रियाशिल सामाजिक अभियन्ताहरु संगठित भएको रोटरी क्लवको स्थापनाकालदेखि नै विभिन्न जिम्मेवारी सम्हाल्दै आएका कट्टेलले सन् २०२०/२१ कालागि पदभार ग्रहण गरेका हुन् । नवनिर्वाचित अध्यक्ष कट्टेल झापा गाउँपालिका ६ सरणामतिस्थित जनता माविका सहायक प्रधानाध्यापक, पतन्जली योग नगर समिति कनकाईका अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी उपशाखा शरणामतिका पूर्व सभापति लगायतको जिम्मेवारीमा सक्रिय छन् ।

        यसै क्रमममा झापा जिल्लाका रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गत सन् २०२०/२०२१ मा एउटा मिडटाउनसहित सवै क्लबका नवनिर्वाचित पदाधिकारीहरुले समेत बुधबार पदभार ग्रहण गरेका छन् । यसरी पदभार ग्रहण गर्ने झापाका अन्य क्लवका अध्यक्षहरुमा रोटरी क्लब अफ काँकरभिट्टाका कृष्णकान्त खनियाँ , भद्रपुरका आदित्य पराजुली, विर्तामोडका निर्मल भट्टराई, विर्तामोड मिडटाउनका प्रशान्त भण्डारी र दमककी शान्ता नेपालले सन् २०२०/२०२१ को नेतृत्व सम्हालेका छन् ।

       यसैगरी सन् २०२०/२०२१ का डिष्ट्रिक गभर्नरमा राजीव पोखरेलले पदभार ग्रहण गरेको स्रोतले जनाएको छ । रोटरी नाफामुखी नभएर सेवामुखी संस्था हो । रोटरी भनेको आफ्नो स्वार्थ भन्दामाथि उठेर मानवीय सेवामा समर्पित एउटा नाफारहित समाजकालागि केही गर्नुपर्छ भन्ने सकारात्मक सोच भएका निःस्वार्थ भावनाले समाजमा केही गरौं भन्ने विभिन्न क्षेत्रमा सक्रिय उद्योगी व्यवसायीहरु तथा विभिन्न पेशामा रहेका मानिसहरु अटाउने सामुहिक संस्था हो । यो अन्तर्राष्ट्रिय संस्था भए पनि यसको सदस्य बन्न कुनै दल,लिङ्ग, धर्म, संस्कृति कला जातले छेक्दैन । मात्रै सहयोगी भावनाका साथ स्वार्थ त्यागेर समाजकालागि केही गरांै भन्ने पेशा वा व्यवसायमा आवद्घ व्यक्ति नै यसको सदस्य हुन्छन् ।

       रोटरीले गरेको सामाजिक कार्यलाई संसारले निक्कै उपलब्धिमुलक काम ठान्दैं यसको खुलेरै प्रशंसा गरेको छ । यो सँगै सन् २०१४ मा नेपालसहित ११ देशलाई विश्व स्वास्थ्य संगठनले पोलियोमुक्त देश घोषणा गरेको छ । यसमा रोटरीको भूमिका निक्कै ठुलो छ । विश्वबाट शत प्रतिशत पोलियो उन्मुलन गर्नलाई मात्र अफगानिस्तान र पाकिस्तान बाँकी छन् । यी दुई देशबाट पोलियो उन्मुलन भए लगत्तै विश्वबाट पोलियो उन्मुलन हुन्छ । साथै रोटरीले ६ वटा विधामा काम गर्दै आएको छ । जसलाई रोटरीले ‘सिक्स फोकस एरिया’भन्ने गरेको छ । ती विधा अन्तर्गत विश्वशान्ति, खानेपानी र सरसफाई, आधारभूत शिक्षा, विभिन्न रोगको उपचार, तथा रोकथाम ,आमा र नवजात शिशुको स्वास्थ्य उपचार , समुदायमा आधारित आर्थिक विकासका क्षेत्रमा समेत रोटरीले काम गर्ने गरेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.