Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » लायन्स क्लव अफ कनकाई सुरुङ्गाको पद हस्तान्तरण
    समाचार

    लायन्स क्लव अफ कनकाई सुरुङ्गाको पद हस्तान्तरण

    कनकाई खबरBy कनकाई खबर२०७७ असार १७, बुधबार ०३:०७ गते3 Mins Read

    कनकाई खबर / ‘हामी सेवा गर्छौ’ भन्ने मूल मन्त्रका साथ सामाजिक क्षेत्रमा क्रियाशिल अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लव अफ कनकाई सुरुङ्गाको वर्ष २०२०/०२१ को समितिले पद भार ग्रहण गरेको छ ।

       कोरोनाको कहरसँगै आवश्यक स्वास्थ्य सुरक्षा अपनाउँदै क्लवले मंगलबार एक संक्षिप्त कार्यक्रमको आयोजना गरी पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो । लायन्स क्लवको विधानअनुसार विश्वव्यापी रुपमा एकैसाथ जुलाई महिनाको पहिलो दिनवाट नै नयाँ समितिले आफ्नो गतिविधि संचालन गर्नु पर्ने भएका कारण त्यस अघि नै समितिले पदभार ग्रहण गरेको बताइएको छ । केही दिन अघि मात्र क्लवले आफ्नो चौथो साधारण सभा सम्पन्न गर्दै सामाजिक क्षेत्रमा क्रियाशिल युवा व्यवसायी मनोज बस्नेतको नेतृत्वमा वर्ष २०२०/२१ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको थियो ।

       वर्ष २०१९/२० का अध्यक्ष गंगाराम दहालले वर्ष २०२०/२१ का अध्यक्ष बस्नेतलाई अध्यक्षको पिन लगाउँदै पदभार हस्तान्तरण गरेका हुन् । लायन्स क्लव अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष एवम् वर्ष २०१९/२० का एरीया चिफ लिलाप्रसाद चिमरीया, सोही वर्षका जोन चेयर पर्सन रुपनारायण खतिवडाले पद हस्तान्तरणकालागि सहजीकरण गरेको बताइएको छ । पदभार ग्रहणसँगै वर्ष २०२०/ २१ का अध्यक्ष बस्नेतले क्लवको नयाँ समितिलाई पूर्णता दिएका छन् । जस अनुसार प्रथम उपाध्यक्षमा डम्बर थापा(साजन), द्वितीय उपाध्यक्षमा देबराज सुवेदी, तृतीय उपाध्यक्षमा गंगाराम गजुरेल(सञ्जय), सचिवमा सन्दिपबाबु प्रसाई, कोषाध्यक्षमा त्रिलोचन उप्रेती र सहसचिवमा मानवहादुर दहाल रहे्का छन् । त्यस्तै अन्य पदाधिकारीहरुमा सुवास बंशल, डा. यस के झा, राजकुमार कट्टेल, पंकज मण्डल, धर्म प्रसाईँ, शिवशंकर महासेठ, नविन श्रेष्ठ र बिबेक शिवाकोटी मनोनित भएका छन् ।

       क्लवको कार्यभार ग्रहण गर्दै वर्ष २०२०/२१ का अध्यक्ष बस्नेतले चाँडै क्लबको वार्षिक कार्ययोजना बनाएर अघि बढ्ने बताएका छन् । आजभन्दा पाँच वर्ष अघि मात्र वर्ष २०१५ मा स्थापना भएको यस क्लवले सामाजिक क्षेत्रमा अग्रस्थानमा रहेर नेतृत्व गर्ने संस्थाको रुपमा क्लवलाई विकास गरेर अघि बढ्ने नवनिर्वाचित अध्यक्ष बस्नेतले प्रतिवद्धता जनाएका छन् । सोही क्रममा अध्यक्ष बस्नेतले पदभार ग्रहण गरेसँगै पहिलो कार्यक्रमका रुपमा बुधबार धार्मिक तथा पर्यटकीय क्षेत्र धनुषकोटी परिसरमा रहेको संस्कृत पाठशालाका विद्यार्थीलाई शैक्षिक सामाग्री साथै आश्रममा रहेका जेष्ठ मातापितालाई कपडा, खाद्य सामाग्री वितरण गर्ने कार्ययोजना तय भएको जानकारी दिएका छन् ।

        कार्यक्रमको प्रमुख अतिथी समेत रहेका क्लवका संस्थापक अध्यक्ष एवम् एरीया चिफ लिलाप्रसाद चिमरीयाले वर्ष २०१९/२० को समिक्षा गर्दै अध्यक्ष गंगाराम दहालको कार्यकाल उत्कृष्ट वर्षका रुपमा सम्पन्न भएको बताएका छन् । सोही कार्यकालमा क्लवका अध्यक्ष दहालसहित सचिव गंगाराम गजुरेल (सञ्जय), जोन चेयर पर्सन रुपनारायण खतिवडा साथै एरीया चिफ चिमरीया लगायतले लायन्स मार्फत सामाजिक क्षेत्रमा गरेको कार्यको उच्च मुल्यांकन गर्दै अवार्ड प्राप्त गरेका थिए ।

       लायन्स क्लव अफ कनकाई सुरुङ्गा वर्ष २०१९/२० का अध्यक्ष गंगाराम दहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सोही वर्षका जोन चेयर पर्सन एवम् क्लवका निवर्तमान अध्यक्ष रुपनारायण खतिवडाले स्वागत गरेका थिए । सचिव गंगाराम गजुरेल (सञ्जय) ले संचालन गरेको कार्यक्रममा वर्ष २०२०/२१ का प्रथम उपाध्यक्ष साजन थापाले सहभागी सवैलाई सम्बोधन गर्दै शुभकामना मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.