Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » विशेष सांगीतिक कार्यक्रमसहित कनकाईमा छठपुजा सम्पन्न
    कनकाई खबर बिशेष

    विशेष सांगीतिक कार्यक्रमसहित कनकाईमा छठपुजा सम्पन्न

    ramBy ram२०७५ कार्तिक २९, बिहीबार १४:२५ गते2 Mins Read

     

    कनकाई \ कनकाई नगरपालिकास्थित सुरुङ्गामा कनकाई छठ सेवा समाजले स्थानीय क्रियाशिल ४० वटा संघसंस्थाहरुको सहकार्यका विच छठपुजा विशेष कार्यक्रम सम्पन्न गरेको छ । कनकाई छठसेवा समाजका अध्यक्ष पवन शाहको अध्यक्षता एवम् प्रदेश नं.१ का प्रमुख डा.गोविन्द सुव्वाको प्रमुख आतिथ्यमा मंगलवार पवित्र कनकाई माईको पुर्वी किनारमा अस्ताउँदो सुर्यलाई अर्घ दिने कार्यको स्वागतका लागि भएको एक विशेष कार्यक्रममा रात्रीकालीन सांगितीक कार्यक्रम समेत प्रस्तुत गरीएको थियो ।

        राष्ट्रिय कलाकारहरु शिवशंकर रिजाल(जोगेन्द्र पानवाला) सुरेन्द्र केसी (मुलाको साग) गायक प्रेम आङ्दम्वे, प्रज्ञा प्रधान र चर्चित कार्यक्रम प्रस्तोता एवम् फिल्म निर्माता राजेश घतानी सहित स्थानीय कलाकार माधव भेट्वालको संयोजनमा विशेष सांगितीक कार्यक्रम प्रस्तुत भएको थियो ।कार्यक्रमकै अवसरमा संस्थाको स्थापनाकालदेखी नै सल्लाहकारका रुपमा रहेर संस्थालाई पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै कनकाई ३ सुरुङ्गा निवासी शुभम मेडिसिन सेन्टर एवम् शंकर होटलका संचालक समेत रहेका ६८ वर्षिया विश्वनाथ शाहलाई सम्मानपत्रका साथ दोसल्ला ओढाएर विशेष सम्मान गरीएको वताइएको छ ।

         छठपुजाका लागि कनकाई माइको पुर्वी किनारमा ७० वटा घाट निर्माण भएको थियो भने प्रत्येक घाटको सुरक्षाका लागि एक एक जना स्वयंसेवकको व्यवस्था गरीएको थियो । सुरक्षा व्यवस्थालाई मजवुत वनाउँनका लागि नेपाल प्रहरी र ट्राफिक प्रहरी परिचालन गरीएको आयोजक समितिका संस्थापक अध्यक्ष उपेन्द्र प्रधानले वताएका छन् ।सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेको कनकाई छठ समितिले छठ पर्वलाई सवै जातजातीहरुको साझा पर्वका रुपमा पहिचान दिने उद्येश्यले व्यवस्थापन गरेको छठपुजा कार्यक्रमको प्रमुख अतिथी प्रदेश प्रमुख डा. गोविन्द सुव्वा, विशिष्ट अतिथी प्रदेश सभा सदस्यद्वय हीरा थापा र झलकसिंह दर्लामी, कनकाई नगरप्रमुख राजेन्द्र पोखरेल, नेपाली कांग्रेसका नेता देउकुमार थेवे लगायत सहभागीहरुले प्रशंसा गरेका छन् ।

       संस्थाका सचिव दिपेन्द्र प्रधानले संचालन गरेको औपचारीक कार्यक्रममा कार्यक्रम संयोजक संस्थाका महासचिव खगेन्द्र महतोले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । संस्थाका वरिष्ठ उपाध्यक्ष शिवशंकर महासेठले स्वागत गरेको कार्यक्रममा कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया, संस्थाका सल्लाहकार जगतनारायण मण्डल, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल, महिला नेतृ कविता वस्नेत लगायतले मन्तव्य राखेका थिए । विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाका प्रमुख एवम् प्रतिनिधी, उद्योगी व्यवसायीहरुको सहभागिता रहेको कार्यक्रममा रात्री कालिन साँगितीक कार्यक्रमको संचालन चर्चित कार्यक्रम प्रस्तोता एवम् फिल्म निर्माता राजेश घतानीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.