Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बाढी नियन्त्रणमा प्रहरी र स्थानीयको सक्रियता
    समाचार

    बाढी नियन्त्रणमा प्रहरी र स्थानीयको सक्रियता

    कनकाई खबरBy कनकाई खबर२०७७ असार १३, शनिबार १०:२८ गते2 Mins Read

    कनकाई खबर / भारी बर्षाका कारण झापाका नदीहरुमा वहाव बढेसँगै नदी कटान हुन सुरु भएको छ । केही दिनदेखि अविरल परेको बर्षा शनिबारदेखी रोकिएसँगै नदी कटान सुरु भएको हो ।

       पूर्वका पहाडी क्षेत्रमा हाल सम्म पनि विभिन्न स्थानमा बर्षा भईरहेको जल तथा मौसम विभाग पुर्वानुमान शाखाले बताएको छ । पहाडमा निरन्तर परेको पानीका कारण नदीका किनारका बगरहरु छोपिन थालेका छन । अघिल्लो वर्ष झैं यस वर्ष पनि वर्षातको सुरुवातबाटै नदीले खेती योग्य जमिन कटान गर्न थालेको छ ।

        झापामा हरेक बर्ष नदीले सयौं बिघाह जमिनमा क्षती पुर्याउँदै आएको छ । त्यसमा कनकाई नदीले गर्ने क्षती धेरै हुने गरेको छ । बर्षातका कारण हाल कनकाई नगरपालिका, शिवसताक्षी र झापा गाउँपालिका आसपासका सयौं खेतीयोग्य जमिन नदी कटान हुँन थालेका छन् । झापाको कनकाई नदिमा आएको भेलबाढी रोकिएपछि यतीवेला नदी कटान सुरु हुन थालेको हो । बाढी संगैको उर्लदो भेलले जिल्लाको झापा गाउँपालिका वडा नं.७ टप्पु टोल र जनता टोलमा रहेको २२ सय ५० मिटर लामो जनताको तटबन्धनमा क्षती पुर्याएको छ ।

       बाढीका कारण क्षती पुगेको जनताको तटबन्धनको समयमै संरक्षण हुन नसकेमा सो क्षेत्रका सयौं घर परिवार डुवान र कटानमा पर्ने अवस्था रहेको बताइएको छ । तटबन्धनको संरक्षण गर्न स्थानीय जनप्रतिनिधी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहभागितामा मर्मत सम्भार भईरहेको छ । तटबन्धनमाा कनकाई माईखोलालाई आफ्नै धारमा बगाउने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रबक्ता प्रहरी नायव उपरिक्षक राकेश थापाले जानकारी दिएका छन् ।

     

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.