Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रदेश १ सरकारद्वारा कोरोना नियन्त्रणमा भएको खर्च सार्वजनिक
    आर्थिक

    प्रदेश १ सरकारद्वारा कोरोना नियन्त्रणमा भएको खर्च सार्वजनिक

    कनकाई खबरBy कनकाई खबर२०७७ असार १०, बुधबार ०४:०६ गते3 Mins Read

     

     

    विराटनगर । प्रदेश १ सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि अहिलेसम्म भएको खर्चको हिसाब किताब सार्वजनिक गरेको छ ।

    प्रदेशसभाको मंगलबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सरकारका तर्फबाट कोरोना संक्रमणसँग सम्बन्धित खर्च सार्वजनिक गरेका हुन । उनले खर्च तथा वचतबारे सदनलाई जानकारी गराएका छन् ।

      प्रमुख विपक्षी कांग्रेसले कोरोना नियन्त्रणका लागि हालसम्म भएका खर्च सार्वजनिक गराउन माग गर्दै सोमबारको बैठक अवरुद्ध गरेको थियो । विपक्षीको मागलाई प्रदेशसभा बैठकमा सम्बोधन गर्दै आन्तरिक मामिला मन्त्री कार्कीले मन्त्रालयगत रुपमा खर्च विवरण पेस गरेका हुन् । बाहिरका नागरिकलाई काठमाडौं छिर्न लगाइएको पास सिस्टम र भेदभावलाई सच्याउनु पर्ने विषयमा संघीय सरकारको ध्यानाकर्षण गरिने पनि मन्त्री कार्कीले बताएका छन् ।

       मन्त्री कार्कीले कोषमा जम्मा रकम रु. २९ करोड ५१ लख ७३ हजार रहेकोमा निकासा गरिएको १९ करोड ८२ लाख र वचत रु. ९ करोढ ६९ लाख १ हजार ९ सय ७२ मौज्दात रहेको जानकारी दिएका छन् ।

       कार्कीले प्रदेश सरकारले क्वारेन्टिन निर्माण तथा व्यवस्थापन, होल्डिङ एरिया निर्माण, कोभिड अस्पताल तथा सीमामा होल्डिङ एरिया व्यवस्थापन, स्थानीय तहलाई राहत व्यवस्थापनमा सहयोग, जिल्ला समन्वय समितिलाई अनुगमनका लागि सहयोग, स्वास्थ्य सामग्री ढुवानी र व्यवस्थापन जस्ता शीर्षकमा रकम खर्च भएको जानकारी दिएका छन् ।

      मन्त्री कार्कीले भने, “प्रदेश संकट व्यवस्थापन केन्द्रले निर्णय गरेअनुसार मन्त्रालयगत रूपमा बजेट निकासा भएको हो ।” कार्कीले मुख्यमन्त्री, मन्त्री, सांसद, सर्वसाधारण, बैंक आदि क्षेत्रले कोरोना जनसुरक्षा कोषमा रकम सहयोग गरेको र कोषबाट रकम खर्च गरिएको जानकारी दिए ।

       कोरोना जनसुरक्षा कोषमा रहेको रकम विभिन्न मन्त्रालयमार्फत् तल पठाइएको बताउँदै उनले मुख्यमन्त्री कार्यालयले रु. ५० लाख १ सय १५, भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् रु. २ करोड, आन्तरिक मामिला रु. १५ करोड ३४ लाख, सामाजिक विकास मन्त्रायललाई रु. २ करोड ४८ लाख ७१ हजार प्रदेश सरकारले उपलब्ध गराएको बताएका छन् ।

      मन्त्री कार्कीले  भने, “आन्तरिक लेखा परीक्षणपछि प्रदेश लेखा नियन्त्रण कार्यालयले सार्वजनिक गर्नेछ । सम्बन्धित मन्त्रालयले कुन–कुन शीर्षकमा खर्च गरे भन्ने मन्त्रालयगत रुपमा पनि आउनेछ । सरकारले रु. २० करोड ३२ लाख निकासा गरेको थियो ।

    जसमा रु. १९ करोड ८२ लाख ७१ हजार गइसकेको छ । मोरङ समन्वय समितिले लान्न भन्दै अरु काममा खर्च होस भन्यो ।” उनले सरकारको नियमित बजेटबाट सामाजिक विकास मन्त्रालयबाट रु. ३ करोड ३० लाख खर्च गरेको र संघीय सरकारबाट रु. २ करोड २० लाख प्राप्त भएको पनि सदनलाई जानकारी गराए । प्रदेश १ मा हालसम्म ४६३ जनामा कोरोना संक्रमण देखिएको छ ।

    विपक्षीले उठाएको प्रदेशको नामकरणको विषयमा प्रदेशसभाकै अधिकारको विषय भएको बताउँदै मन्त्री कार्कीले भने, “राजधानीको विषयमा पनि विभिन्न मत थिए तर दलको तर्फबाट प्रयास गरियो । सरकारले पनि सामूहिक प्रयास गरेको हो ।

    दलहरू नै सहमत भएर नाम टुंग्याउने भन्ने नै सहमति भएको थियो । कोरोनाको कारण सामुहिक सोच बनाएर निष्कर्षमा पुग्न नसकिएको हो ।” उनले सम्बन्धित मन्त्रालय समक्ष सदनमा उठ्ने विषयमा जवाफ दिन मन्त्रालयहरूलाई समेत आग्रह गरिएको सदन समक्ष जानकारी गराए ।   बाह्रखरीबाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.