Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापामा कुवेतबाट फर्किएका सात जना महिलामा कोरोना संक्रमण पुष्टि
    समाचार

    झापामा कुवेतबाट फर्किएका सात जना महिलामा कोरोना संक्रमण पुष्टि

    कनकाई खबरBy कनकाई खबर२०७७ असार ९, मंगलवार १४:३३ गते2 Mins Read

    विराटनगर । झापामा कुवेतबाट फर्किएका सात जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

       स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौलागाईंका अनुसार झापामा मंगलबार संक्रमण पुष्टि भएका १२ जना मध्ये सरकारले कुवेतबाट उद्दार गरी ल्याएका ७ जना महिलामा कोरोना संक्रमण देखिएको हो । एक जना महिला भने भारतको आसामबाट झापा आएकी हुन् । उनीहरु सबै जना आ-आफ्नो स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा बस्दै आएका थिए ।

       संक्रमित हुनेमा झापाको मेचीनगरका ३ जना महिला र बुद्धशान्ति नगरपालिकाका ३ जना महिला र ३ जना पुरुष, हल्दीबारीका २ जना महिला र कचनकवल गाउँपालिकाका १ जना पुरुष छन् । ती मध्ये मेची नगरकी एक महिला र चार पुरुष भारतबाट आएकाहरु हुन् ।

    प्रदेश १ मा थपिए २० जना कोरोना संक्रमित 

    झापाका १२ जनासहित मंगलबार प्रदेश १ मा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १० जना महिला छन् ।

       प्रदेश १ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सूचना अधिकारी क्षितिश भट्टराईका अनुसार मोरङको विराटनगर महानगरपालिका र सुन्दरहरैचाका १/१ जना, सुनसरीको धरानका २ जना महिला, कोसी गाउँपालिकाका १ जना पुरुष र ओखलढुंगाका १ जना पुरुष गरी कुल २० जनामा संक्रमण पुष्टि भएको हो ।

       योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय ८३ पुगेको छ ।

    डिस्चार्ज हुनेको संख्या २८५ जना पुग्यो

    प्रदेश १ मा कोरोना जितेर घर फर्कनको संख्या २८५ पुगेको छ । मंगलबार धरानबाट थप २७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १८ महिने बालकदेखि ६० वर्ष उमेर समूहका रहेको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।

       मंगलबार झापाका ४, मोरङका १८ र सुनसरीका ५ जना धरानबाट डिस्चार्ज भएका हुन् ।अनलाईनखबरबाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.