Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पीसीआर ल्याब कनकाईको समर्पण भवनमा राखिने
    समाचार

    पीसीआर ल्याब कनकाईको समर्पण भवनमा राखिने

    कनकाई खबरBy कनकाई खबर२०७७ असार ७, आईतवार १२:४२ गते3 Mins Read

    कनकाई खबर / एकका लागि एक अभियानको अगुवाईमा झापामा स्थापना गर्ने भनिएको पिसिआर ल्याव कनकाई नगरपालिकाको कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा राखिने भएको छ ।

       एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीको अध्यक्षतामा आइतबार बिर्तामोडमा सम्पन्न बैठकले पिसिआर ल्याव स्थापनाका लागि उक्त स्थान चयनको निर्णय गरेको हो । निर्णयसँगै आवश्यक स्वास्थ्य सुरक्षासहितको प्राविधिक काम समेत अघि बढाउने निर्णय गरिएको छ ।

       संवाद समूह झापाको संयोजनमा भएको बैठकले पिसिआर ल्याव स्थापना र सञ्चालनका लागि प्रदेश सरकारसँग समन्वय, सहकार्य, स्वीकृति लगायतका प्रक्रिया तत्काल अघि बढाउने समेत निर्णय गरेको छ । झापाका सबै स्थानीय तहका समन्वय सहयोगका लागि अनुरोध गरिएको छ ।

       कोभिड–१९ नियन्त्रणका लागि सरकारलाई सहयोग पु¥याउन नागरिक स्तरबाट मुलुकमै पहिलो पटक झापामा पिसिआर ल्याव स्थापना गर्न लागिएको हो ।
    विभिन्न अढाइ दर्जन सामाजिक संस्थाको सहकार्य र साझेदारीबाट अघि बढेको एकका लागि एक अभियान मार्फत स्थापना हुने पिसिआर ल्यावका लागि जिल्ला सहकारी संघको अगुवाईमा झापाको सहकारी अभियान र अन्तर्राष्ट्रिय झापाली समाजले समेत साझेदारी गरेका छन् । सरकारलाई सहयोग पु¥याउन स्थापना गर्न लागिएको पिसिआर ल्याव प्रदेश तथा स्थानीय सरकारसँगको समन्वय, सहकार्य र सहयोगमा सञ्चालन गरिने संयोजक गिरीले जानकारी दिए । गिरीका अनुसार जिसस, राजनीतिक दल लगायत सरोकारवालासंग समेत समन्वय र सहकार्य गरिने छ ।

       त्यस्तै पिसिआर ल्यावका लागि आवश्यक मेसिन र उपकरण खरिदको प्रक्रिया समेत पारदर्शी ढंगले अघि बढाउने निर्णय भएको छ । जतिसक्दो छिटो ल्याव  स्थापना गरी सञ्चालनमा ल्याउने तयारीमा अभियान जुटेको सहसंयोजक विनोद बस्नेतले बताए ।

       अभियानले राहत तथा स्वास्थ्य क्षेत्रमा योगदानसंगै कोभिड–१९ नियन्त्रणका लागि जनचेतनालाई पनि सँगसँगै अघि बढाउने निर्णय गरेको अभियानका सदस्य नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले जानकारी दिए ।बैठकमा अभियानमा साझेदार संस्थाहरुको तर्फबाट प्रतिनिधित्व गर्दै बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाल रेडक्रस सोसाइटी, बिर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटी, जिल्ला सहकारी संघका सहसचिव भवानी दंगाल, नागरिक समाजका लोकबन्धु कन्दङ्वा, रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानका सचिव यज्ञराज (गोपाल)ओली, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मदनगोपाल सुब्बा, रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष निर्मल भट्टराई, वीरता जेसीजका अध्यक्ष मिजास पोखरेलले विभिन्न सुझावसहित प्रतिबद्धता व्यक्त गरेका थिए ।

    त्यस्तै चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली, बिर्तामोड खानेपानी सरसफाई उपभोक्ता संस्थाका सचिव मेघराज बाँस्तोला, सहारा नेपाल साकोसका अर्जुन चुडाल, हरि शर्मा, राजेन्द्र चम्लागाई, बिकास बस्नेत लगायतले समेत बैठकमा सुझाव राखेको संवाद समूहका सहजकर्ता अधिवक्ता खगेन्द्र खरेलले जानकारी दिए ।

       सहसंयोजक बिनोद बस्नेतले अभियानको प्रगतिबारे जानकारी गराएका थिए भने बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले स्वागत गरेका थिए ।
    सम्पूर्ण उपकरण र आवश्यक पूर्वाधारसहित एक करोड १५ लाख लागत अनुमान गरी स्थापना गर्न लागिएको पीसीआर ल्याबका लागि ८० लाख रुपैया भन्दा बढी रकम जुटिसकेको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.