Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » योग सप्ताह कार्यक्रमको समापन
    कनकाई खबर बिशेष

    योग सप्ताह कार्यक्रमको समापन

    कनकाई खबरBy कनकाई खबर२०७७ असार ७, आईतवार ११:३८ गते2 Mins Read

    कनकाई खबर / छैठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा झापाको कनकाईमा संचालित योग सप्ताह कार्यक्रमको समापन भएको छ ।

       पतन्जली योग कनकाई नगर समितिको आयोजना एवम् जिल्ला समिति झापाको समन्वयमा असार १ गतेदेखि सुरुङ्गामा संचालन भएको योग सप्ताह कार्यक्रमको अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर समापन गरिएको हो ।

       योगअभ्यासमा अत्यन्तै रुची राख्दै आएका कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले समापन समारोहलाई सम्बोधन गर्दै योगअभ्यासले सकारात्मक चिन्तनको विकास गर्दै शरिर र मनलाई जोड्ने भएकाले मानिसको जीवनमा योगअभ्यास अनिवार्य भएको बताएका छन् ।

      बोटविरुवामा भएको अत्याधिक विषादीको प्रयोग, अव्यवस्थित खानपान साथै धेरै व्यस्तताका कारण अस्वस्थ बन्दै गएको मानव समुदायलाई स्वस्थ बनाउँनकालागि एक मात्र बिकल्प योगअभ्यास भएकोले कनकाई नगर क्षेत्रमा योगअभ्यासलाई अभियानका रुपमा संचालन गर्न नगर प्रमुख पोखरेलले योग समितिलाई अनुरोध गरेका छन् ।

       पछिल्लो समय क्यान्सर साथै कोरोना भाइरस जस्ता विभिन्न किसिमका रोगवाट पिडित बन्दै गएको मानव समुदायकालागि आत्माबल बढाउँनलाई स्वस्थ खानपान र नियमित योगअभ्यासमा ध्यान दिनुपर्ने कुरामा नगर प्रमुख पोखरेलले नगरबासीलाई अनुरोध गरेका छन् ।

       पतन्जली योग कनकाई नगर समितिका अध्यक्ष टिकाप्रसाद जमरकट्टेलको सभापतित्वमा सम्पन्न योगअभ्यास कार्यक्रममा जिल्ला समितिका सहमहामन्त्री योग गुरु रुद्र ओलीले जडीबुटीबाट कसरी फाइदा लिन सकिन्छ भन्ने बिषयमा जानकारी गराएका थिए । योग गुरु ओलीले स्वागत तथा पतन्जली योग समिति कनकाईका महामन्त्री राम निरौलाले संचालन गरेको समापन कार्यक्रममा कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया, जीवन विज्ञानका प्रशिक्षक खेम उप्रेती, समाजसेवी प्रभाखर कडरीया, योग समितिका सल्लाहकार ज्योती उप्रेतीलगायतले कनकाई नगरमा योगअभ्यासलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए ।

       योगअभ्यासलाई निरन्तरता दिनकालागि तत्काललाई योग समितिका नगर अध्यक्ष कट्टेलको निवासमा रहेको हलमा संचालन गर्ने गरी पतन्जली योग साधना केन्द्र सुरुङ्गा स्थापना गरिएको छ । योग समिति कनकाईकी कोषाध्यक्ष गोमा निरौला ढुङ्गेल संयोजक रहने गरी स्थापना गरिएको साधना केन्द्रमा नगर समितिका अध्यक्ष टिकाप्रसाद जमरकट्टेल, युवा योग गुरु प्रतापबाबु जमर कट्टेलले सहजीकरण गर्दै जाने बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.