Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापा गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
    आर्थिक

    झापा गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

    कनकाई खबरBy कनकाई खबर२०७७ असार ७, आईतवार ०१:२३ गते2 Mins Read

    राम निरौला,
    कनकाई खबर / कोरोनाको कहरसँगै आवश्यक स्वास्थ्य सुरक्षा अपनाउँदै झापा गाउँपालिकाले छैठौं गाउँसभावाट आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

       समृद्ध झापा र सुखी झापाबासी निर्माणको अभियानमा अघि बढेको झापा गाउँपालिकाले आफ्ना जनताको आवश्यक्तालाई मध्यनजर गर्दै छिटो र प्रतिफलयुक्त विकासलाई सम्बोधन गर्न न्युन स्रोतवाट अधिक्तम क्षेत्र समेट्ने गरीको नीति तथा कार्यक्रम सार्वजनिक गरेको जनाइएको छ । गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको सभापतित्वमा सम्पन्न भएको गाउँ सभामा उपाध्यक्ष कुन्तीदेबी बुढाथोकीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

       वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका उपाध्यक्ष बुढाथोकीले कार्यन्वयन गर्न नसकिने भद्धा प्रकृतिको विकास निर्माणको योजनालाई निरुत्साहित गर्दै कार्यन्वयन योग्य संक्षिप्त कार्यक्रमको गोजीपात्रोका रुपमा नीति तथा कार्यक्रम सार्वजनिक गरिएको बताएकी छन् । ‘झापा गाउँपालिकाको दृष्टि, कृषि स्वास्थ्य र पूर्वाधार मार्फत समृद्धि’ भन्ने मूल नारामा केन्द्रित रहेर यस वर्षका सम्पूर्ण आर्थिक क्रियाकलापहरु संचालन गरिने गाउँपालिका उपाध्यक्ष बुढाथोकीले जानकारी दिएकी छन् ।

       भारतसँग सिमा जोडिएको झापाको दक्षिणी क्षेत्रमा रहेको यस गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा आर्थिक विकासका लागि कृषि,पशु, बैंक तथा वित्तिय संस्था, पर्यटन,वित्तिय व्यवस्थापनलाई विकास गर्नुपर्ने उल्लेख गरेको छ । नीति तथा कार्यक्रममा सामाजिक र साँस्कृतिक विकास तर्फ शिक्षा, स्वास्थ्य,युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई, महिला विकास, वालबालिका, ज्येष्ठ नागरिक, आदिबासी ,जनजाती दलित सबन्धी निती, अपाङ्गता सबन्धी नीति ,यौनिक लैंगिक, अल्पसंख्यक, खस आर्य सबन्धी नीति ,संस्कृती प्रवद्र्धन, सामाजिक उत्थान, सामाजिक मेलमिलाप तथा न्याय निरुपण आदि कुरा समाबेश गरिएको छ । गाउँपालिकाले नीति तथा कार्यक्रम मार्फत पुर्वाधार विकास,वन वातावरण तथा विपद व्यवस्थापन, संस्थागत विकास,सेवा प्रवाह सुशासन लगायतका कार्यक्रमलाई समय सापेक्ष र प्रविधिमैत्री बनाउँदै प्राथमिक्ताका साथ अघि बढाउँने किसिमको योजनालाई नीति तथा कार्यक्रममा समावेश गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाले कनकाई खबरलाई जानकारी दिएका छन् ।

       गाउँपालिकाको तर्फवाट सार्वजनिक गरीएको नीति तथा कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, स्थानीय क्रियाशिल सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु लगायत सरोकारवालाले उठाएका सवालको गाउँपालिका अध्यक्ष जयनारायण शाह र उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले जवाफ दिएका थिए । समारोहमा गाउँकार्यपालिका सदस्यहरु लगायत स्थानीय जनप्रतिनिधी साथै गाउँपालिकाका कर्मचारीहरुको समेत उपस्थिती रहेको जनाइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.