Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ग्यारेजमा गाडी थन्काएर अर्थतन्त्र उँभो लाग्दैन
    राष्ट्रिय

    ग्यारेजमा गाडी थन्काएर अर्थतन्त्र उँभो लाग्दैन

    कनकाई खबरBy कनकाई खबर२०७७ असार ५, शुक्रबार ०७:१४ गते6 Mins Read

     

    सरोज सिटौला (महासचिव, यातायात व्यवसायी राष्ट्रिय महासंघ)

    हामीले सार्वजनिक यातायात बन्द गरेर राखेको तीन महिना बित्यो । चैत ११ देखि रोकिएका हाम्रा बसहरू कति ग्यारेजमा त कति खुला चौर र बाटोघाटोमा छन् । हामी कोरोनाव्याधि नियन्त्रणमा सरकारको सहयोगी बन्न चाह्यौं र सरकालाई त्यसैअनुसार सघाइरहेका पनि छौं ।

    हामीले सरकारलाई ८३ दिन दिइसक्यौं । रोग नियन्त्रणका लागि विश्वमा सार्वजनिक सवारी धनीहरूले सरकारलाई यति लामो समय दिनु परेको सायदै होला । हामीले धैर्य गरेर सरकारका कुरा सुन्यौं, निर्देशन मान्यौं, सहयोग अझै जारी राखेका छौं ।

      सरकारलाई सघाउँदा–सघाउँदै अबचाहिँ आफैं खाडलमा परिसक्यौं । हाम्रा गाडीका इन्जिन बसिसके । ब्याट्री बिग्रिसके, पार्टपूर्जामा खिया लागेसके । थन्किएका ठूला गाडी निकाल्नुअघि अब करिब एक लाख खर्चनुपर्छ । ग्यारेजहरूमा प्राविधिक पनि छैनन् । घर फर्किएकाहरू उतै छन् ।

    हामीले अझै कतिन्जेल गाडीहरू थन्काएर राख्ने हो ? सरकारले ३ महिना रोग नियन्त्रणमा काम गरेर किन जनतातो रोजीरोटीको बाटो खुला गर्न सकेन ? प्रश्नहरू छन् ।

    गाडी नचेलेपछि यसमा आश्रित मजदुरहरू दैनिक भत्ताविहीन भएका छन् । उनीहरूको चुलो बल्न छाडिसक्यो । अहिले ट्रक–ट्यांकरजस्ता केही मालवाहक गाडी र टिपर चलेका छन् । यात्रुवाहक सवारी धनीहरू आर्थिक रुपमा पूरै थला परिसकेका छन् ।

    हाम्रा गाडी कहिलेकाहीँ उद्धारको काममा मात्र चलेका छन् । सरकारलाई अप्ठ्यारो पर्दा यसरी हामी एम्बुलेन्स पनि भएका छौं, तर त्यसबाट मिल्ने लाभ ज्यादै सानो र सीमित व्यवसायीको लागि मात्रै छ । सिङ्गो सार्वजनिक यातायात क्षेत्र समस्याको पहाडले थिचिएको छ ।

    हामीले अझै कतिन्जेल गाडीहरू थन्काएर राख्ने हो ? सरकारले ३ महिना रोग नियन्त्रणमा काम गरेर किन जनतातो रोजीरोटीको बाटो खुला गर्न सकेन ? प्रश्नहरू छन् ।

    यो क्षेत्रमा करिब ६० प्रतिशत स्वरोजगार मजदुर छन् । उनीहरू आफ्नो सवारी आफैँ चलाउँछन्, त्यसबाट आएको पैसाले घर व्यवहार धान्छन् । सबै सवारी रोकिएपछि उनीहरूको घरमा भोकमरी सुरु हुन लागिसक्यो ।

    हाम्रो अनुमानमा सार्वजनिक यातायात क्षेत्रमा करिब १० खर्ब लगानी भएको छ । यसमा अधिकांश बैङ्कको ऋण छ । अहिले यातायात व्यवसायी र स्वरोजगार मजदुरहरू बैङ्कको किस्ता र ब्याज कसरी तिर्ने भन्ने चिन्ता छ । सवारी नचलेर बेखर्ची भएको मान्छेले कसरी बैङ्कलाई तिर्ने ?

    हामीले बैङ्क ब्याजमा सहुलियत चाहिन्छ भनेको धेरै भयो । यसबीचमा बजेट पनि आयो । सरकारलाई थाहा छ— कोरोनाका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटन र यातायात हो । हाम्रा लागि सरकारले के योजना ल्यायो त ? केही ल्याएन । ब्याजमा सामान्य छुट दिएर, बुझाउने म्याद केही पर सारेर समस्या समाधान हुन सक्ने अवस्था छैन ।

    यो महामारी कहिले साम्य हुन्छ, टुङ्गो छैन । अवस्था सामान्य भएपछि पनि तुरुन्तै पुरानो अवस्थामा फर्किन सकिन्न । गाडीभित्र सामाजिक दुरी, स्वास्थ्य सुरक्षाको कुरा आएको छ । त्यसैले हामीलाई पर्यटन क्षेत्रलाई जस्तै राहत र पुनः उद्धारको कार्यक्रम चाहिन्छ ।

    हामी सरकारलाई अभिभावकको रुपमा हेरिरहेका छौं । सरकारले बेवास्ता गर्‍यो भने हामी चाबी बुझाउने अवस्थामा पुग्छौं । हामीलाई परेको समस्या फुकाउन बैङ्क ब्याज, ऋणको पुनः तालिकीकरण र अन्य पक्षबाट राहतमा हेरिनुपर्छ । कागजपत्रको नवीकरणमा जरिवाना र कर नलाग्ने व्यवस्थाहरू हुुनपर्छ ।

    यो त हाम्रो तत्कालको समस्याका कुरा भए । भविष्यमा हामी सेवामा आउनै पर्छ । बहुसंख्यक नेपाली ‘भुइँमान्छे’ हुन् । उनीहरूसँग निजी गाडी छैन । सार्वजनिक सवारी नचल्दा उनीहरू पैदल हिँड्दैछन् ।

    सरकारले जोर–बिजोरका आधारमा निजी नम्बर प्लेटका गाडी चल्न दिएको छ, ठिकै छ । तर, निजी सवारी मात्र चलेर देशको अर्थतन्त्र उकासिएला ? सडकमा हिँडिरहेका बहुसंख्यक नागरिकको जनजीवन सहज होला ? कोरोना फैलाउने यी भुइँमान्छे मात्र हुन् ? अब सरकारले सोच्नुपर्छ ।

    लकडाउन खुकुलो भएको छ । व्यापार–व्यवसाय सञ्चालनमा आएका छन् । अर्थतन्त्रले केही राहत महसुस गरेको छ । तर पसल खुलेपनि ग्राहक छैनन्, किन ? किनकि, बजारसम्म आउन सर्वसाधारणसँग आफ्नो गाडी छैन ।

    त्यसैले हामीले भन्दै आएका छौं– सार्वजनिक सवारी अर्थतन्त्रको रक्तसञ्चार प्रणाली हो । यसलाई सरल गरिएन भने अर्थतन्त्र सप्रँदैन । यसलाई लामो समय बन्द गरियो भने देशको अन्य क्षेत्रमा पनि नकारात्मक प्रभावहरू देखिन्छन् । कति प्रभाव अहिले नै देखिएका छन्, कति दीर्घकालमा देखिनेछन् ।

    भक्तपुरका साना व्यापारीलाई काठमाडौंको महाबौद्धको होलसेलमा समान किन्न आउन समस्या छ । लगनखेलमा पसल चलाउने व्यापारीलाई चापागाउँबाट आउन समस्या छ । कार्यालयहरू खुलेका छन्, तर सेवा दिने र लिनेहरू सार्वजनिक सवारी चढ्न पाएका छैनन् । यस्ता समस्या अब कसरी हटाउने ? यसमा सबैपक्ष बसेर गृहकार्य हुनुपर्छ ।

    यहीबेला हो सरकारले अभिभावकत्व देखाउने । केही क्षेत्र बामे सर्न खोज्दैछ, अब अघि बढ्न र उठेर हिँड्न सघाउने गरी हात र साथ दिने काम सरकारको हो ।

    सरकारलाई थाहा छ— कोरोनाका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटन र यातायात हो । हाम्रा लागि सरकारले के योजना ल्यायो त ? केही ल्याएन ।

    कोरोना तत्कालै नियन्त्रणमा आउने अवस्था देखिएन । अब लड्दै अघि जानुको विकल्प छैन । अब सरकारले सोचोस्, कति दिन पूर्ण निषेध गर्ने ?

    सरकारले सार्वजनिक सवारी सञ्चालनका लागि एउटा कार्यविधि बनायो भन्ने सुनेका छौं । विना छलफल बनाएकाले त्यो उपयुक्तखालको नहुने सम्भावना बढी छ । मुख्य कुरा, अहिले स्वास्थ्यको हो । चालक, सह–चालक, यात्रु सबैको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गरिनुपर्छ ।

    अब सञ्चालनमा आएपछि २० सिटे गाडीले १० जना मात्र बोक्न सक्छ । यस्तो अवस्थामा सरकारले लगानी र खर्चको पक्ष हेरोस् । गाडीमा तेल हाल्नैपर्छ, बिग्रिए बनाउनैपर्छ । मजदुरलाई तलब भत्ता दिनैपर्छ, बैङ्कको किस्ता तिर्नैपर्छ, गाडी डिसइन्फेक्ट गर्नैपर्छ । अनि आधा मात्र यात्रु राखेर सवारी चलाएबापत हामीलाई के ? सरकारले यो पक्षमा पनि हेरोस् ।

    सामाजिक दुरी कायम हुन नसक्ने टेम्पोलगायतका साना सार्वजनिक सवारी चलाउन सकिन्छ, सकिन्न ? चलाउन नदिने हो भने त्यसमा निर्भर हजारौं स्वरोजगार मजदुर र उनीहरूको लगानी के हुन्छ ? यसका लागि पनि उपयुक्त नीति चाहिन्छ । उपयुक्त नीति बनाउन सरोकारवालासँग छलफल हुनुपर्छ ।

    अब सबै किसिमबाट सवारी चल्ने वातावरण बनाइदिनुपर्छ । हाम्र्रा चालक र मजदुरहरूको स्वास्थ्य बिमा हुनुपर्छ, सरकारले के अनुदान, सहयोग गर्न सक्छ, त्यो पनि हेर्नुपर्छ ।

    सार्वजनिक गाडीहरू ग्यारेजमा थन्काएर देशको अर्थतन्त्र उँभो लाग्दैन । हामीले यसबारे पटक–पटक सरकारलाई लिखित र मौखिक रुपमा भनेका छौं, ध्यानाकर्षण गराएका छौं ।

    सार्वजनिक गाडी भनेको गिट्टी कुट्ने, मकै पोलेर बेच्ने, जुत्ता पालिस गर्ने, चटपटे बेच्ने, सानोतिनो जागिर र व्यापार गर्नेहरूको ‘मोबिलिटी’ हो । उनीहरूलाई सम्झिएर सरकारले निर्णय गरोस् ।

    सार्वजनिक सवारीलाई सुरक्षित, मर्यादित बनाए सरकारको भूमिकाको प्रशंसाको हुन्छ, नत्र हुँदा खाने वर्गले देशमा सरकार नभएको महसुस गर्ने अवस्था आउँछ । जोखिम घटाउने अनेक उपाय र अन्तर्राष्ट्रिय अभ्यासहरू छन् । त्यसमा सरकारले विचार गरोस् ।

    हामी चाहन्नौं– सरकारले दबाबमा निर्णय गरोस् । निर्णयहरू अध्ययन, छलफलबाट न्यायपूर्ण, वैज्ञानिक र प्रभावकारी हुनपर्छ । सरकारको निर्णयले देशको अर्थतन्त्रलाई डुब्नबाट बचाओस्, नागरिकले पनि सहजतापूर्वक बाँच्न पाउन् । कोही पनि पीडित बन्न नपरोस् ।    साभारः अनलाइन खबर

    (कुराकानीमा आधारित)

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Comments are closed.

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.