Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कृषिमा आफ्नो भविष्य खोज्दैछन् ग्रामिण क्षेत्रका युवा (भिडियो सहित)
    समाचार

    कृषिमा आफ्नो भविष्य खोज्दैछन् ग्रामिण क्षेत्रका युवा (भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७७ जेष्ठ ३१, शनिबार १५:२१ गते2 Mins Read

    राम निरौला,

    कनकाई खबर / ग्रामिण क्षेत्रका अधिकांश युवाहरु यतिबेला कृषिमै आफ्नो भविष्य खोज्ने कार्यमा व्यस्त छन् ।

     

       खाडी मुलुकमा गरेको श्रम र त्यहाँ बगाएको पसिना भन्दा आफ्नै माटोमा परिवारका साथ भएको उत्पादनमा मिठो स्वाद पाउँन सकिने भन्दै युवाहरुले कृषिलाई प्राथमिक्तामा राखेका हुन् । समाजका यस्तै यस्तै युवाहरु मध्येका एक प्रतिनिधी पात्रका रुपमा यतिबेला झापा कनकाई नगरको एक ग्रामिण बस्तीका युवा—लोकनाथ घिमिरेको परिश्रमलाई उदाहरणका रुपमा लिन सकिन्छ ।

       विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणवाट जोगीन सवैजना गुप्तबास बसेका बेला पनि कृषिलाई जिविकोपार्जनको मुख्य आधार बनाउँने प्रयासमा लागेका घिमिरे यतिबेला कृषि कर्ममै रमाउँन थालेका छन् ।

       थोरै मात्र श्रम र समय दिएर पनि कृषिबाट राम्रै आम्दानी हात पार्न सकिने घिमिरेको बुझाई छ । घरमा पाँच जनाको परिवार भए पनि कृषि कार्यमा घिमिरेलाई आफ्नी श्रीमतिले भने राम्रै सहयोग गर्दै आएकी छन् । घिमिरे दम्पतीले यस पटक १५ कठ्ठा जमिनमा मकै र ८ कठ्ठामा चैते धान लगाएका छन् । बिहान बेलुका मात्र खेतीलाई समय दिँदै आएका घिमिरे दिउँसोको समयमा एक सहकारी संस्थाको बजार प्रतिनिधीका रुपमा कार्यरत छन् ।

       यस पटक मकै १ सय मन र चैते धान ५० मन उत्पादन हुन सक्ने घिमिरेको अनुमान छ । घिमिरे दम्पतीले लकडाउनको सदुपयोग गर्दै आफ्नो करेसाबारीमा फलाएको सब्जीले आफ्नालागि मात्र नभएर छिमेकी र आफन्तजनकालागि समेत सहज भएको छ । अन्न बाली साथै सब्जीमा कुनै पनि विषादीको प्रयोग नगरेको बताउँने घिमिरेले हाल सम्म गोबर मलका साथमा गहुँत र पिनाको प्रयोग गर्दै आएका छन् । समयको व्यवस्थापन मिलाउँदै बिहान बेलुका मात्र कृषिलाई समय दिएर पनि राम्रो उत्पादन गर्दै आएका घिमिरेले परम्परागत कृषि प्रणालीलाई बैज्ञानीक बनाउँन सकेमा हरेक युवाहरुलाई स्वदेशमै आत्म निर्भर बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.