Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना
    कनकाई नगरपालिका

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    कनकाई खबरBy कनकाई खबर२०८३ जेष्ठ २७, बुधबार १७:०९ गते2 Mins Read

    झापा \ प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको विभेदकारी र स्वेच्छाचारी सूचना र विज्ञापनसम्बन्धी निर्णय खारेजी लगायतका मागसहित देशभरका पत्रकारहरुले सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना दिए ।


    प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी सवंैधानिक हकको रक्षा र निर्वाध सूचना प्राप्तिको अधिकारका लागि नेपाल पत्रकार महासंघले विगत दुई महिनादेखि दबाबमूलक आन्दोलन गरिरहेको छ । वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारले महासंघको माग सम्बोधनका लागि पहल नलिएको भन्दैं महासंघले थप आन्दोलनका कार्यक्रम तय गरि २१ जेठमा प्रदेश समिति, जिल्ला, प्रतिष्ठान र एसोसिएट संस्थालाई सर्कुलर गरेको थियो ।

    महासंघको सर्कुलर अनुसार देशैभरिका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयको मुलगेटमा धर्ना दिएका थिए । यसैक्रममा, नेपाल पत्रकार महासंघ झापा शाखाको अगुवाईमा जिल्ला प्रशासन कार्यालय झापाको मुलगेटमा समेत झापाली पत्रकारहरु एक घण्टा धर्ना बसेका थिए ।

    सूचना विज्ञापन सम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेज गर, जिम्मेवार पत्रकारिता हामी गछौं, प्रेस स्वतन्त्रताका लागि अघि बढ्छौ , नेपाल पत्रकार महासंघका मागहरु तत्काल सम्बोधन गर, प्रेस स्वतन्त्रता जिन्दावाद, निर्वाध सूचना प्राप्तिको अधिकार सूनिश्चित गर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी संवैधानिक हकको रक्षा गर लगायतका नारा लेखिएका प्लेकार्डसहित झापाली पत्रकारहरु धर्नामा बसेका थिए ।

    नेपाल पत्रकार महासंघ झापा शखा अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको धर्ना सहितको कोणसभालाई झापा शाखा पूर्वअध्यक्ष चिन्तामणि दाहाल, गणेश पोखरेल, सल्लाहकार राजेन्द्र गौतम लगायतले सम्बोधन गरेका थिए ।

    निजी सञ्चार माध्यममाथि सरकारी विज्ञापन रोकेर यो सरकारले नेपाली पत्रकारितामाथि नै प्रहार गरेको वक्ताहरुको भनाई थियो । यो खालको निर्णय लोकतन्त्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अंकुश लगाउने षड्यन्त्र हो, वक्ताहरुले भने ।

    यो निर्णय तत्काल नसच्याए आन्दोलनलाई थप सशक्त बनाएर अघि बढ्ने पत्रकारहरुको चेतावनी छ । यो देशमा राज्य व्यवस्था परिवर्तनका लागि बेला बखत भएका आन्दोलनमा र लोकतन्त्रका ल्याउनका लागी निजी सञ्चार माध्यमहरूको ठूलो भूमिका रहेको र यसलाई कसैले पनि भुल्न नहुँने भन्दैं उनीहरुले सरकारी निर्णय सच्याउनु जरुरी रहेको, नसच्याए आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने समेत बताउँदै यो निर्णय विरुद्ध महासंघ जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको बताए ।
    कोणसभाको सञ्चालन नेपाल पत्रकार महासंघ झापा शाखा सचिव राजु पाठकले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.