Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण
    कनकाई नगरपालिका

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    कनकाई खबरBy कनकाई खबर२०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते2 Mins Read

    कनकाई खबर / झापाको कनकाईमा नेपाल दलित उत्थान सञ्जाल कनकाई नगर समितिले एक भव्य कार्यक्रमका बीच २०८१ को एसईई उत्तीर्ण नगर क्षेत्रका २२ जना दलित विद्यार्थीहरूलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण सहित सम्मान गरेको छ ।

    सञ्जालका नगर अध्यक्ष दलबहादुर बि.क. को अध्यक्षता एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य एवं नगर उपप्रमुख आशा शिवाकोटीको विशिष्ट आतिथ्य रहेको विशेष कार्यक्रम कनकाई नगरपालिकाको सहकार्यमा सम्पन्न भएको हो ।

    सञ्जाल कनकाई नगर समितिका सचिव गंगा गजमेरले संचालन गरेको औपचारिक कार्यक्रममा समितिका सल्लाहकार हर्क ल्वागुनले स्वागत गरेका थिए । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सञ्जालका नगर अध्यक्ष दलवहादुर बि.क.ले संस्थाले स्थापनाकालदेखी नै अक्षयकोष सुरुवात गरेको जानकारी दिँदै हालसम्म अक्षयकोषमा ७ लाख रुपैया जम्मा भइसकेको बताए ।
    हरेक वर्ष नगरपालिकाको सहयोग साथै अक्षयकोषको थोरै ब्याजबाट दलित विद्यार्थीहरूलाई सम्मान एवं छात्रवृत्ति वितरण गर्दै आएको बाउँदै अध्यक्ष बि.क.ले दलित विद्यार्थीहरुलाई हौसला एवं उर्जा दिनकालागि स्थापना गरिएको अक्षयकोषमा होस्टेमा हैंसे गर्न सम्बन्धित सबैलाई अनुरोध गरे ।

    कार्यक्रममा दलित विद्यार्थीहरुबाट स्वागत नृत्य समेत प्रस्तुत भएको थियो । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले प्राप्त गरेको जिपिएका आधारमा ४ हजार ८ सयदेखी ११ हजार सम्मको नगद पुरस्कार प्रदान गरेको बताइएको छ । सोही अवसरमा कनकाई नगर क्षेत्रभरीका दलित विद्यार्थीहरु मध्ये उत्कृष्ट नतिजा -ए)प्लस ३.६१ जिपिए ल्याएका कनकाई १ निवासी भृकुटी माविका विद्यार्थी सुमन साशंकरले रु.११ हजार नगद पुरस्कार सहित प्रशंसा पत्र प्राप्त गरेका थिए ।

    त्यस्तै ए ग्रेड ल्याउने ७ जनालाई जनही ९ हजार नगद सहित प्रशंसा पत्र प्रदान गरेको जनाइएको छ । जस अन्तर्गत क्रमश चन्द्रकला गजमेर, देबीप्रसाद गजमेर, रेशम शिवा, तुलास विश्वकर्मा, मिनाकुमारी बि.क., रिया दर्जी र सुदिप कामी रहेका छन् ।
    त्यस्तै बि प्लस ल्याउने ४ जनालाई नगद ७ हजारका दरले पुरस्कार प्रदान गरेको जनाइएको छ । जस अन्तर्गत अनिश बि.क., सोहन बि.क., अनिता मग्राती र सब्बनम बागदास दर्जी रहेका छन् ।

    त्यसैगरी बि ग्रेड प्राप्त गर्ने १० जना विद्यार्थीलाई ४ हजार ८ सयका दरले नगद पुरस्कार, प्रशंसा पत्र र खादाले हौसला प्रदान गरेको जनाइएको छ । जस अन्तर्गत टिका सार्की रोक्का, समिर ऋषिदेव, अनिशा दर्जी, निशान बिक, बादल ल्वागुन, सिम्रन सुन्दास, सन्दिप दियाली, किरण लकान्द्री, अर्पण नेपाली र ऋतिका दर्जी रहेको जनाइएको छ ।

    कार्यक्रममा प्रमुख अतिथी, विशिष्ट अतिथी सहित कनकाई वडा नं.१ का वडाअध्यक्ष सुशिलकुमार पोखरेल, प्रजापति सामुदायिक वन समूहका अध्यक्ष मात्रिका पोखरेल, सरस्वती मावि जामुबारीका पिटिए अध्यक्ष कैलाश नेपाली लगायतले सम्बोधन गर्दै सम्पूर्ण विद्यार्थीहरूलाई थप सफलताको शुभकामना दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.