
सुरुङ्गा \ नेपाल विद्युत प्राधिकरण प्रशाखा कार्यालय सुरुङ्गामा कम्प्युटर सिस्टमवाट विद्युत महशुल वुझाउँन सुरु गरेसँगै सेवाग्राहीले शास्ती वेहोर्न थालेका छन् । कात्तिक १३ गतेदेखी कार्यालयले कम्प्युटर प्रणालीवाट महशुल लिन थालेपछि काममा ढिलाई हुन गई सेवाग्राही मारमा परेका हुन् । त्यतिमात्र नभई नियमित विल अनुसारको रकम वुझाउँदै आएका सेवाग्राहीको केही महिना वा केहि वर्ष अघिकै विल तिर्न वाँकी रहेको सिस्टममा देखिएपछि प्राधिकरणप्रति सेवाग्राहीले आक्रोस पोखेका छन् ।
प्राधिकरणको सुरुङ्गा केन्द्रमा आइतवार विजुलीको विल तिर्न आएका कनकाई नगरको वडा नं. २ निवासी प्रजापति मैनाली प्राधिकरणले अनियमितता गर्यो भन्दै जनप्रतिनिधिका साथ कार्यालय प्रमुखको कार्यकक्षमा उफ्रिँदै थिए । हरेक महिना नियमित विद्युत महशुल वुझाउँदै आएका मैनाली आँफ्नो भर्खरै आएको विजुलीको विल वोकेर तीन दिन अघि महशुल वुझाउँन विजुली अफिस सुरुङ्गामा आएका थिए । धेरैवेर सम्म पालो कुरेपछि आफ्नो विल कर्मचारीलाई देखाएका मैनालीको २०७३ साल भदौ महिनाको विल नतिरेर वक्यौता रहेको सिस्टममा देखियो । जुन कुराको जानकारी कर्मचारीवाट प्राप्त भएपछि आँफु तीन छक्क परेको मैनाली वताउँछन् ।
जुन वक्यौता रकम नतिरीकन हालको पनि विल नवुझ्ने भनेर कर्मचारीले ठाडो निर्देशन गरेपछि मैनालीले वक्यौता देखिएको सहित हालसम्मको सवै महशुल तिरेको वताउँछन् । वक्यौता रहेको भनिएको महशुल १५५७ रुपैंयाँ देखिएको थियो । विल तिरेर ओठमुख सुकाउँदै घर पुगेका मैनालीले राती ११ वजेसम्म आफ्नो घरमा पुरानो विल तिरेको रसिद खोजी गर्दा रसिद फेला पर्यो । लगत्तै भोलीपल्ट जनप्रतिनिधीसँगै मैनाली विजुली अफिस सुरुङ्गा पुगेका थिए । कार्यालयप्रमुख वुद्धि धिमालले पुरानो रसिद हेर्दै अगाडीका कर्मचारीले गरेका कामका वारेमा आँफू जवाफदेही नहुने भन्दै आँफू पन्छिन खोजेपछि सेवाग्राहीले कार्यालय प्रमुखको टेवल ठोकेका थिए ।

कार्यालय वाहिर सडकदेखी काउन्टर सम्म सेवाग्राहीहरु महशुल वुझाउँन लाइनमा उभिएका थिए । कार्यालय प्रमुख धिमालको कार्यकक्षमै गएर कर्मचारीको ढिलासुस्तीका साथै कार्यालयवाट भएको कमजोरीको वारेमा सेवाग्रााहीले गुनासो राखेको कनकाई ४ निवासी दुर्गा चापागाईँले वताए । प्राधिकरणका कर्मचारीको लापरवाहीवाट पिडित वनेका कनकाई १ का धर्मानन्द गौतम, कनाई २ का लोकनाथ दुलाल, कनकाई ५ कि दुर्गादेवी वुढाथोकी, कनकाई २ का कमल देवान लगायतका सेवाग्राही प्रतिनिधी पात्र मात्र भएको वताइएको छ ।
निर्धारीत समयमा रिडिङ् गर्न कर्मचारी नआएका कारण सेवाग्राहीले फाइन तिर्नु परेको, नियमित महशुल वुझाएपनि वक्यौता रकम देखिनु साथै कार्यालयमा महशुल वुझाउँने सिस्टम व्यवस्थित नहुनु जस्ता समस्याका कारण सेवाग्राही पिडित वनेको कनकाई २ का वडा सदस्य घनश्याम मैनाली वताउँछन् । प्राधिकरणको लापरवाही भएको भन्दै सेवाग्राहीवाट गुनासो आएपछि कनकाई वडा नं.२ का वडा अध्यक्ष परशुराम गिरी , वडा सदस्य घनश्याम मैनाली लगायतले सिस्टममा सुधार गरेर सेवाग्राहीलाई सहज वनाउँन प्रशाखा कार्यालय सुरुङ्गाका प्रमुख धिमाललाई आग्रह गरेका थिए ।
सुरुङ्गाको समस्यालाई सहज वनाउँन विधुत प्राधिकरण अनारमनि वितरण केन्द्रका प्रशासन प्रमुख पुर्णकुमार चौहान, लेखा प्रमुख गोपाल कार्की, सुरुङ्गा केन्द्रका प्रमुख वुद्धि धिमाल लगायत स्थानीय जनप्रतिनिधी सहितको उपस्थितीमा भएको छलफलपछि देखिएका समस्याको समाधानका लागि प्राधिकरणवाट तत्काल पहल सुरु गरिने वताइएको छ । ग्राहकका लागि विल तिर्ने कार्यलाई सहज वनाउँन प्राधिकरणले टोकन सिस्टम गरे पनि कम्प्युटरमा वसेका कर्मचारीवाटै काममा ढिलासुस्ती हुँदा लाइनमा वसेका सेवाग्राहीहरु आक्रोसित वनेका हुन् । विरिङ् नदी र कनकाई माई विचको भाग उत्तरमा चुरे क्षेत्रदेखी दक्षिणमा भारतको सिमाना सम्मको क्षेत्रमा रहेका करिव १८ हजार विधुका सेवा ग्राहीहरुले सुरुङ्गामा महशुल वुझाउँदै आएका छन् । शरणामति र झापा वजारमा फ्युज सेवा मात्र भएपनि महशुल वुझाउँने स्थान भने एउटै मात्र भएका कारण पनि सेवाग्राहीलाई शास्ती भएको वताइएको छ ।