काठमाडौँ । पछिल्लो २४ घण्टामा २५० जनामा कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमण पृष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले आज थप २५० जनामा सङ्क्रमण भएको पृष्टि गरे ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २३० पुरुष र २० जना महिलामा सङ्क्रमण भएको पृष्टि गरेका हुन् ।
आज थपिएकासँगै कूल सङ्क्रमितको सङ्ख्या चार हजार ६१४ पुगेको छ । यसरी सङ्क्रमित जिल्ला ७२ पुगेको छ । राजधानी दैनिक
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts