Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » आठराईका एक जनासहित कनकाईमा तीनजनाको कोरोना पोजेटिभ
    समाचार

    आठराईका एक जनासहित कनकाईमा तीनजनाको कोरोना पोजेटिभ

    कनकाई खबरBy कनकाई खबर२०७७ जेष्ठ २८, बुधबार १४:०६ गते2 Mins Read

    कनकाई खबर / झापाको कनकाई नगरपालिकामा पहिलो पटक तीनजनामा कोरोना भाइरस पोजेटिभ देखिएकोे छ ।

       कनकाई नगरपालिका क्षेत्रमा रहेका विभिन्न क्वारेन्टिन मध्ये कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा रहेको क्वारेन्टिनमा बस्दै आएका तीनजना पुरुषमा कोरोना पुष्टी भएको झापाका महामारी फोकल पर्सन जीवन चम्लगाईले बताएका छन् । कोरोना पोजेटिभ पुष्टी भएका मध्ये कनकाई ३ का ३५ वर्षीय युवा भारतस्थित कानपुरमा लामो समयदेखि होटल व्यवसाय गर्दै आएको बताइएको छ । त्यस्तै युपी भारतको गोलाबाट आएका कनकाई ५ का १७ वर्षीय पुरुष साथै सोही स्थानवाट आएका तेह्रथुमको आठराई गाउँपालिका वडा नं.१ संग्रान्ती बजार घर बताउँने १६ वर्षका पुरुष गरी तीनजनामा पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

       भारतको कानपुर, गोरखपुर, लखनौं लगायतका स्थानवाट २० दिन अघि मात्र कोरोना संक्रमित ती युवाहरुसँगै एकैसाथ ७० जना नेपाली युवाहरुको टोली झापा गाउँपालिकाको बोर्डर डिगल बैंक नाकावाट नेपाल प्रबेश गरेको थियो । ती मध्ये दुई दिनका बिचमा ५६ जना कनकाई नगरबासीलाई जेठ ९ गतेदेखि सुरुङ्गास्थित कनकाई बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएको कनकाई नगरपालिकाका स्वास्थ्य प्रमुख ब्रजेश मेहेताले बताएका छन् । केही दिन अघि पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि ३४ जनालाई क्वारेन्टिन स्थलबाट बिदाई गरिएको थियो भने बाँकी २२ जना क्याम्पसको क्वारेन्टिनमा बस्दै आएका थिए ।

       सोही अवधिमा २२ जनाको टोलीमा बस्दै आएका मध्ये ३ जनाको कोरोना पिसिआर रिपोर्ट पोजेटिभ आएको छ भने अन्य १९ जनाको रिपोर्ट नेगेटिभ आएपनि उनीहरुलाई फेरी केही दिनकालागि क्वारेन्टिनमै राखिएको नगरस्तरीय क्वारेन्टिन फोकल पर्सन लक्ष्मी अधिकारीले बताएका छन् । कोरोना भाइरस पोजेटिभ देखिएका तीनैजनालाई बिराटनगरस्थित आइसोलेशनमा लगिएको बताइएको छ ।

       अब झापाका १५ स्थानीय तह मध्ये कोरोना भाइरस संक्रमण फेला नपरेका २ वटा स्थानीय तह विर्तामोड र शिवसताक्षी नगरपालिका मात्र रहेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.