Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » आगो लागी नियन्त्रणको एक घण्टापछि दमकल
    समाचार

    आगो लागी नियन्त्रणको एक घण्टापछि दमकल

    ramBy ram२०७५ कार्तिक २४, शनिबार १६:४४ गते3 Mins Read

    सुरुङ्गा \ कनकाई नगरपालिका ३ सुरुङ्गास्थित दिपक मैनालीको घरमा आगो लागी भएको छ । सुरुङ्गा वजारवाट एक किलो मिटर दक्षिण टप्पुस्थित मैनालीको घरमा शनिवार दिउँसो आगो लागी भएको हो ।
    झापारोडसँगै जोडीएको मैनालीको दुई तले पक्की घरको छतमा दिउँसो दुई वजेको समयमा वाटो हिँड्दै गरेका मानिसले आगो हुर्हुरी वलेको देखेपछि आत्तिएर हारगुहार गरेका थिए ।

        हल्ला सुन्ने वित्तिक्कै वरपर रहेका गाउँलेहरु साथै वाटो हिंड्दै गरेका मानिसहरु समेत भेला भएर आगो निभाउँन थालेपछि मात्र घरभित्र भएका मानिसहरुले थाहा पाएका थिए । मैनालीको परिवार केही वर्ष यता विर्तामोडमा वस्दै आएका कारण सुरुङ्गा स्थित आफ्नो घर भाडामा लगाएको दिपक मैनाली वताउँछन् ।
    हाल चारवटा परिवार मैनालीको घरमा भाडामा वस्दै आएका छन् । तिहारका कारण दुईवटा परिवार आफन्तकोमा गए पनि आगो लागी भएको समयमा अन्य दुई परिवार भने घरभित्रै रहेको सोही घरमा वस्दै आएकी अनिता विकले वताइन् ।

         खाना खाइसकेपछि दिउँसोको समयमा विदेशमा रहेका आफ्ना श्रीमानसँग फोनमा गफ् गर्दै गरेकी अनिताले सुरुमा वाहिरको होहल्लालाई सामान्य सम्झेर ख्याल नगरीकन मोवाइल फोनमै ध्यान केन्द्रित भएको वताउँछिन् । वाहिरवाट मानिसहरु चिच्याएको जस्तो ठूलो आवाज आएपछि मात्र अनिता ढोका खोलेर वाहिर आएको वताउँछिन् । छतमा भएको माटाको चुल्होमा कहिलेकाहीँ आगो वाल्ने गरेको भएपनि त्यसलाई राम्ररी व्यवस्थापन गर्ने गरेकोले आगो के कारणले लागेको हो भन्ने कुरा आँफूलाई समेत केही पत्तो नभएको अनिताको भनाइ छ ।

         घरको छतमा सखुवा र सिसौ जातका करीव ७ किवी वटम र केही दाउरा राखिएको घरमुली मैनाली वताउँछन् । छतमा भएको ढोकाको पल्ला, लाइनको तार साथै काठ, दाउरा लगायतको अहिलेको मुल्य अनुसार करीव ५० हजार सम्मको सामग्री जलेर नष्ट भएको भएपनि कुनै मानविय क्षति भने नभएको मैनालीले वताएका छन् ।
    आगो नियन्त्रणका लागि गाउँलेहरु घर भित्र पस्न खोज्दा घरको मूल चेन गेट लगाएका कारण नजिकैका छिमेकी इन्द्र पकुवालको घरवाट सोही घरको छतमा चढेर गाउँलेहरु साथै इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी सहितको सहयोगमा आगो नियन्त्रणमा आएको स्थानीय लिलाप्रसाद भेट्वाल वताउँछन् । घरको छतमा रहेको ट्याङ्कीको पानी प्रयोग गरेर आगो नियन्त्रणमा ल्याउँन सहज भएको भेट्वालको भनाइ छ ।

        नगर क्षेत्रको पुर्वाधार विकास साथै वाटो सडक निर्माणमा तल्लीन देखिएको स्थानीय सरकारले नगरपालिकामा दमकल जस्तो अतिआवश्यक्ताको चिजलाई समयमा व्यवस्थापन गर्न नसक्नु ठूलो कमजोरी भएको भन्दै समयको माग अनुसार नगरवासीको भावना वुझ्न कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेललाई स्थानीयवासीले जोड्दार माग गरेका छन् ।

        सुरुङ्गामा मैनालीको घरमा लागेको आगो नियन्त्रणका लागि मेचीनगरको दमकल एक घण्टा पछि मात्र घटनास्थलमा आइपुगेको थियो । जुन समयमा गाउँलेहरुको प्रयासवाट आगो नियन्त्रणमा आइसकेको स्थानीय नन्दकिशोर कारक वताउँछन् । आगो अनियन्त्रीत भई गाउँलेहरुको नियन्त्रण वाहिर गएको भए मेचीनगरको दमकल आउँदा सम्ममा स्थानीयवासीले धेरै ठूलो क्षती वेहोर्नु पर्ने कारकको वुझाई छ । अन्य सवै काम कुरालाई थाँती राखेर स्थानीय स्तरमा कम्तीमा एउटा दमकल जति सक्दो चाँडो व्यवस्थापन गर्नु पर्नेमा कारकले जोड दिएका छन् ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.