Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेपालमा कोरोना खोप बनाएको दाबी
    राष्ट्रिय

    नेपालमा कोरोना खोप बनाएको दाबी

    कनकाई खबरBy कनकाई खबर२०७७ जेष्ठ २४, शनिबार ०२:३९ गते3 Mins Read

    राममणि दाहाल,

    हेटौँडा । कोभिड–१९ विरुद्धको खोप अध्ययनमा यतिबेला विश्वका वैज्ञानिक जुटेका छन् । जडीबुटीको खानी नेपालबाट पनि महामारीविरुद्धको खोप अध्ययनमा डा. ललितकुमार लाल दास तीन महिनादेखि जुट्नुभएको छ ।

       विश्वव्यापी रूपमा कोरोना महामारी बढ्दै गएपछि डा. दासले चैतबाट नेपालमा पाइने जडीबुटी प्रयोग गरी खोप अध्ययन थाल्नुभएको हो । हेटौँडा क्याम्पसको प्रयोगशालामा खोप अध्ययन गरिरहनुभएका डा. दासले भन्नुभयो, “कोरोना भाइरसविरुद्ध केही एन्टिअक्सिडेन्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवं जडीबुटी लिएर शोध गरी खोप तयार गरेको छु । ”

        उहाँले कोरोनाको सङ्कटमा विश्व फसिरहेको बेला योगदान गर्नुपर्छ भनेर थालेको अनुसन्धानमा सफलता पाएको दाबी गर्नुभयो ।उहाँले भन्नुभयो, “प्रयोगशालाको काम पूरा भएको छ, मैले गरेको खोज र अनुसन्धान विश्वविद्यालय र नेपाल सरकारको सम्पत्ति भइसकेको छ । अब थप अनुसन्धान राज्यको हो । ”

       हाँले आफ्नो अनुसन्धानको परीक्षण कोरोना सङ्क्रमितमा गर्न बाँकी रहेकाले त्यो परीक्षणका लागि सरकारसँग आग्रहसमेत गर्नुभयो ।वन विज्ञान अध्ययन संस्थानअन्तर्गत हेटौँडा क्याम्पसका सहायक प्राध्यापक डा. दासले जडीबुटीको प्रयोग गरी खोप तयार पार्नुभएको हो । सुरुका दिनमा हर्बल सेनिटाइजरको अध्ययन अनुसन्धान र उत्पादन गर्नुभएका उहाँले कोरोना प्रतिरोधी क्षमता बढाउने खोपको समेत विकास गर्नुभएको छ । कोरोना भाइरसविरुद्धको दुई प्रकारको खोप तयार पार्नुभएका डा. दासको अनुसन्धानलाई विश्व स्वास्थ्य सङ्गठनले चासो राखेर छलफलसमेत गरेको छ । नेपालसहित विश्वका ७३ देशका अनुसन्धानकर्ता र डब्ल्यूएचओका अनुसन्धान अधिकारीसँग डा. दासले मङ्गलबार भर्चुअल छलफल गर्नुभएको थियो ।

         डा. दासले विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकलअनुसार काम भए नभएको, खोप तयार गर्नसक्ने क्षमता, कतिलाई प्रभावित गर्न सकिने, कति प्रगति भयो र सङ्गठनसँगको अपेक्षाका बारेमा छलफलमा भएको जानकारी दिनुभयो । अनुसन्धानलाई निरन्तरता दिन, देशको स्रोत प्रयोग गर्न र समस्या भए राख्नसमेत डब्ल्यूएचओका अनुसन्धान अधिकारीले भनेको डा. दासले जानकारी दिनुभयो ।

       डब्ल्यूएचओले कोरोनाविरुद्धको खोपको खोजी र अनुसन्धानका लागि उत्प्रेरित गरिरहेको छ । सोही क्रममा डा. दासको अनुसन्धान अवधारणापत्रलाई डब्ल्यूएचओमा पठाइएको थियो । डा. दासले कोरोना भाइरसविरुद्धको खोपलाई एस १, एस २ र एस ३ सङ्केत दिनुभएको छ । यस्तै, कोरोना प्रतिरोधी क्षमता बढाउने अर्को खोपलाई एस ४, एस ५, एस ६, एस ७, एस ८ र एस ९ सङ्केत दिइएको छ । डा. दासको अनुसन्धानलाई लिएर विश्व स्वास्थ्य सङ्गठनका अनुसन्धान अधिकारीसँग अर्को बैठक असार २ गतेका लागि तय भएको छ ।

       हेटौँडा क्याम्पसका उपप्राध्यापक दामोदर गैरेले भन्नुभयो, “प्रयोगशालामा उत्पादित औषधि एवं खोप विवरण डब्ल्यूएचओमा पठाइएका छाँै । ”
    उपप्राध्यापक दामोदर गैरेका अनुसार गुर्जो, निमलगायतका जडीबुटीहरूको प्रयोग गरी इन्जाइमयुक्त खोप तयार पारिएको छ । खोपले कोरोना भाइरसमा भएको बोसोयुक्त तìव नष्ट गर्न सहयोग गर्ने छ ।

       उहाँका अनुसार, एन्टी अक्सिडेन्टयुक्त कागती, बेसारलगायत फलफूलको प्रयोग गरी कोरोना प्रतिरोधी क्षमता बढाउने खोप तयार गरिएको छ ।
    डा. दासको अनुसन्धानलाई लिएर बाग्मती प्रदेश सरकारले चासो दिँदै सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का पदाधिकारीसहित प्रदेशका सामाजिक विकास मन्त्रालयले छलफलसमेत आयोजना गरेको छ । खोप औषधिको अनुसन्धान, विकास र उत्पादनका लागि परिषद्बाट स्वीकृत लिनुपर्ने हुन्छ । बाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयका कोभिड–१९ का प्रवक्ता पुरुषोत्तमराज सेढाईंले डा. दासको अनुसन्धानलाई संस्थागत गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । गोरखापत्र अनलाइन

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.