Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेपाल शिक्षक महासंघको विरोध सभा
    कनकाई खबर बिशेष

    नेपाल शिक्षक महासंघको विरोध सभा

    ramBy ram२०७५ कार्तिक १७, शनिबार १२:५८ गते2 Mins Read

    सुरुङ्गा \ शिक्षक र विद्यालयका कर्मचारीहरुको हक हित र सुरक्षाको पक्षमा निरन्तर आन्दोलन गर्दै आएको नेपाल शिक्षक महासंघले शुक्रवार देशभरीका सवै स्थानीय तहमा धर्ना दिँदै विरोध सभा गरेको छ ।

        देशको समग्र शैक्षिक विकासमा देखीएको समस्यालाई राज्य तर्फवाट सम्वोधन नभएको भन्दै आन्दोलनमा होमीएका शिक्षक तथा कर्मचारीहरुले तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत मेचीदेखी महाकाली सम्मका सवै स्थानीय तहमा एकै पटक दिँउसो १ वजेदेखी ३ वजेसम्म धर्ना सहितको विरोध सभा गरेका हुन् । विभिन्न चरणमा सार्वजनिक गरीएका आन्दोलनका कार्यक्रमहरु संचालन गर्दै आएको महासंघले केन्द्रिय समितिको सर्कुलर अनुसार कनकाई नगरपालिकाको कार्यालयमा शुक्रवार धर्ना तथा विरोध सभा सम्पन्न गरेको हो ।

      महासंघकी कनकाई नगर कार्यसमिति अध्यक्ष सारदा प्रसाईँ पाठकको सभापतित्व एवम् नगरप्रमुख राजेन्द्र पोखरेलको प्रमुख आतिथ्य रहेको सभामा कनकाई नगरका सामुदायिक विद्यालय तर्फका स्थायी,अस्थायी, राहत, बालविकास लगायत सवै तहका प्रधानाध्यापक, शिक्षक तथा विद्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो । लोकतन्त्रको पुनरवहाली भएपछि पनि बौद्धिक क्षेत्रको मागप्रति राज्यवाट कुनै सुनुवाई नहुनु दुःख लाग्दो भएको शिक्षक संघ प्रदेश नं. १ की उपमहासचिव चित्रकला ओलीले वताएकी छन् ।

       मेचीदेखी महाकाली सम्मका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरु देशको शैक्षिक विकासको पक्षमा विभिन्न २६ वटा माग राख्दै गत जेठ १७ गतेदेखी निरन्तर रुपमा आन्दोलनमा रहेको जनाइएको छ । यस अघिका दुई चरणका आन्दोलन विशेष गरेर प्रचारात्मक तथा अन्तरक्रियात्मक रहेको वताइएको छ । आन्दोलनका कार्यक्रम अनुसार यही कार्तिक ३० गते प्रत्येक जिल्लामा हरेक शिक्षक तथा विद्यालय कर्मचारी उपस्थित भई धर्ना साथै विरोध सभा गर्ने, मंसिर ७ गते सातवटै प्रदेशमा विद्यालयका शिक्षक तथा कर्मचारीहरुको प्रतिनिधिमूलक सहभागितामा जुलुस तथा विरोध सभा गर्ने साथै मंसिर १४ गते काठमाण्डौमा वृहत् विरोध जुलुस तथा विरोध सभा गर्ने लगायतका कार्यक्रम तय भएको महासंघ कनकाई नगर कार्यसमितिका सचिव निर्मलकुमार खनालले वताएका छन् ।
    कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख पोखरेलले नेपाल शिक्षक महासंघका मागप्रति आँफू सकारात्मक रहेको भन्दै शिक्षा क्षेत्रको विकास अनि उचित व्यवस्थापनका लागि स्थानीय तहवाट गर्न सक्ने सहयोगका लागि कनकाई नगरपालिकाले कुनै कन्चुस्याइँ नगर्ने वताएका छन् । कनकाई नगरकी उपप्रमुख मन्जु प्रसाईँ, वडा अध्यक्षहरु, नगर शिक्षा अधिकृत हरि मिश्र, स्रोत व्यक्ति मेदनी पाठक लगायत नगर भित्र रहेका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारीहरुको सहभागिता रहेको धर्ना कार्यक्रममा सहभागीका तर्फवाट कनकाई माविका प्रधानाध्यापक निर्मल खतिवडाले आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन महासंघ नगर कार्यसमिति सचिव निर्मलकुमार खनालले गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.