Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » वातावरण दिवसमा सरसफाईसहित वृक्षरोपण(भिडियो सहित)
    पर्यटन

    वातावरण दिवसमा सरसफाईसहित वृक्षरोपण(भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७७ जेष्ठ २३, शुक्रबार १६:४८ गते2 Mins Read

    राम निरौला,
    कनकाई खबर / कोरोनाको कहरसँगै झापाको कनकाई सामुदायिक वन क्षेत्रमा सरसफाईसहित वृक्षरोपण गरिएको छ ।

     

      विश्व वातावरण दिवसको अवसर पारेर आज शुक्रवार कनकाई सामुदायिक वन समूहले वृक्षरोपण गरेको हो । समुदायमा हस्तान्तरण भएको तराईकै पहिलो सामुदायिक वनका रुपमा रहेको यस वन समुहको क्षेत्रभित्र यसै आर्थिक वर्षभित्रमा ५ हजार बढी विभिन्न जातका उपयोगी विरुवा रोपण गर्ने योजना रहेको वन समूहका अध्यक्ष ख्याम ओलीले बताएका छन् । प्राकृतिक वनका रुपमा २६७.०६ हेक्टर क्षेत्रफलमा फैलिएको कनकाई सामुदायिक वन क्षेत्रमा वैज्ञानीक साथै धार्मिक दृष्टिले समेत महत्वपूर्ण मानिएका बेल, अमला, टिक, जामुन, तित्री लगायतका विरुवा रोपणलाई निरन्तरता दिने बन समुहका अध्यक्ष ओलीले जानकारी दिएका छन् ।

       वातावरणका क्षेत्रमा निरन्तर सचेतना जगाउँदै आएको यस वन समूहको नेतृत्वमा सामुदायिक वन क्षेत्रको सडक बाटो लगायत खाली जमिनमा वृक्षरोपण गरीएको हो । यसरी रोपीएका सवै विरुवाहरु कनकाई सब डिभिजन वन कार्यालय सुरुङ्गाको सहयोगमा उपलव्ध भएको बताइएको छ । वन समूहका अध्यक्ष ओलीको सभापतित्वमा सम्पन्न भएको वृक्षरोपण कार्यक्रममा कनकाई नगर वडा नं.३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया, कनकाई सब डिभिजन वन कार्यालय सुरुङ्गाका रेन्जर राजेश घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए । वन समूहका उपाध्यक्ष ललितवहादुर कार्कीले स्वागत गरेको औपचारिक कार्यक्रमको संचालन वन समूहका सहसचिव श्रीप्रसाद खरेलले गरेका थिए ।

       सोही अवसरमा वन समुहको नेतृत्वमा कनकाई महिला वातावरण संरक्षण समूह लगायत अन्य केही सामाजिक संघसंस्थाहरुसँगको सहकार्यमा सरसफाई गरिएको थियो । लोकमार्ग दक्षिण तर्फ रहेको वन समूहको बनस्पती संग्राहलयको आसपासमा सरसफाई गरिएको वन समूहकी सचिव मान्ता खरेलले बताएकी छन् । बन समूहका उपाध्यक्ष ललितबहादुर कार्कीको सभापतित्वमा सम्पन्न भएको सरसफाई कार्यक्रममा कनकाई नगर वडा नं.४ का वडाअध्यक्ष एवम् नगर प्रबक्ता गोविन्द पौडेल, वन समुहकी सल्लाहकार कविताा बस्नेत लगायतले मन्तव्य राखेका थिए । कनकाई सामुदायिक वन समूहकी सचिव एवम् कनकाई महिला वातावरण संरक्षण समूहकी अध्यक्ष मान्ता खरेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सामुदायिक वन समूहका कार्यालय सचिव नेत्र भट्टराईले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.