Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एकल महिलालाई मौरीगोला हस्तान्तरण
    समाचार

    एकल महिलालाई मौरीगोला हस्तान्तरण

    ramBy ram२०७५ कार्तिक १७, शनिबार ०८:१३ गते3 Mins Read

    तीर्थराज खरेल
    सुरुङ्गा \ स्वरोजगारका लागि कनकाई नगरका एकल महिलालाई मौरीगोला हस्तान्तरण गरिएको छ ।
    सुरुङ्गामा आयोजित एक विशेष कार्यक्रममा कनकाई नगरका उपप्रमुख मञ्जु प्रसाई, वार्ड नं. १ का कार्यवाहक अध्यक्ष देवीप्रसाद अधिकारी, वार्ड नं. २ अध्यक्ष पर्शुराम गिरी, वार्ड नं. ३ अध्यक्ष रुद्रप्रसाद चिमरिया र वार्ड नं. ४ का अध्यक्ष गोविन्दप्रसाद पौडेलले २० वटा मौरीगोला हस्तान्तरण गरे ।

        गत वर्ष वार्ड नं. ३ को बजेटबाट १ लाख ५० हजार रुपैयाँको सहयोगमा ६ वटा र वार्ड नं. ४ को ३० हजार रुपैयाँको सहयोगमा २ वटा मौरीगोला किनी एकल महिलालाई हस्तान्तरण गरिएको थियो भने आ.व. २०७५\०७६ को बजेटबाट वार्ड नं. १ को ५० हजार रुपैयाँको सहयोगमा ३ वटा, वार्ड नं. २ को १ लाख रुपैयाँको सहयोगमा ५ वटा, वार्ड नं. ३ को १ लाख २० हजार रुपैयाँको सहयोगमा ९ वटा र वार्ड नं. ४ को ५० हजार रुपैयाँको सहयोगमा ३ वटा गरी दुवै वर्षको गरी जम्मा २८ वटा घार एकल महिलालाई हस्तान्तरण गरिएको एकल महिला समूह वार्ड नं. २ की अध्यक्ष राधा बजगाईले जानकारी दिइन् ।

      कार्यक्रमको अध्यक्षता एकल महिला समूह नगर अध्यक्ष मीरा भट्टराईको अध्यक्षतामा भएको थियो । नगर उपप्रमुख मञ्जु प्रसाईंको प्रमुख आतिथ्य रहेको मौरीगोला हस्तान्तरण कार्यक्रममा वार्ड नं. १ का कार्यवाहक अध्यक्ष देवीप्रसाद अधिकारी, वार्ड नं. २ का अध्यक्ष परशुराम गिरी, वार्ड नं. ३ का अध्यक्ष रुद्रप्रसाद चिमरिया, वार्ड नं. ४ का अध्यक्ष गोविन्दप्रसाद पौडेल, कार्यपालिका सदस्यद्वय सीता अधिकारी र कृष्णमाया भुजेल, वार्ड सदस्य घनश्याम मैनाली लगायतले मन्तव्य राखेका थिए ।
    वक्ताहरुले एकल महिला अपहेलित भएर बस्न नहुने, विषादि प्रयोग गरी बालीनाली नलगाउने, सीपमूलक आयआर्जनका काममा लाग्नुपर्ने, मह उत्पादन गरी बजारीकरण गर्नुपर्ने लगायतका सुझावहरु राखेका थिए । एपिस मेलिफेरा र एपिस सेरेना जातका मौरीहरु झापाको हावापानीमा मिल्ने भएकाले सोही जातका मौरी खरिद गरिएको छ । परागसेचनमा महत्वपूर्ण भूमिका खेल्ने मौरीले कृषिमा ठूलो सहयोग पु¥याउने र महमा औषधीय गुण हुने भएकाले सबै कृषकले मौरीपालन व्यवसाय सञ्चालन गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

       कनकाई नगरका एकल महिलाहरुले एक चरणको ३ दिने मौरीपालन सम्बन्धी तालिम लिइसकेको बताइएको छ । उक्त घारहरु देवीमाया दाहाल र तीर्थराज दाहालद्वारा शिवसताक्षी नगरपालिका दुधेमा सञ्चालित शिवसतासी मौरीपालन केन्द्रबाट खरिद गरिएको बताइएको छ । उक्त मौरीगोला हस्तान्तरण कार्यक्रममा एकल महिला वार्ड नं. १ का अध्यक्ष सूर्यकुमारी जोगी, वार्ड नं. ४ का अध्यक्ष राधादेवी कोइराला, कनककाई नगरपालिका वार्ड सदस्यहरु छबि थपलिया, युवराज चम्लागाईं, गीता सुजी, रोशन सुबेदी लगायतको आतिथ्य रहेको थियो । एकल महिला वार्ड नं. ३ का अध्यक्ष शोभा आचार्यको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन एकल महिला समूह नगर समितिकी सचिव रीता उप्रेतीले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.