Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » निजी गाडीमा क्वारेन्टिनबासीलाई गन्तव्यसम्म पुर्याउँदै कनकाई नगरका मेयर (भिडियो सहित)
    भिडियो

    निजी गाडीमा क्वारेन्टिनबासीलाई गन्तव्यसम्म पुर्याउँदै कनकाई नगरका मेयर (भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७७ जेष्ठ १७, शनिबार १३:०० गते2 Mins Read

    राम निरौला,

    कनकाई खबर  / झापाको कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोखरेलले दुई हप्ताको क्वारेन्टिन बसाईपछि पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएका नगरबासीलाई निजी गाडीमा घर घरै पुर्याउँन थालेका छन् ।

       क्वारेन्टिनमा बसेका मानिसहरुलाई घर जानकालागि कोरोनाको त्रासका कारण अन्य कुनै सवारी चालकहरुले आफ्नो सवारी साधन तयारी गर्न नसकेपछि कनकाई नगरपालिकाका मेयर पोखरेलले आवश्यक सुरक्षा अपनाउँदै आँफै गाडी चलाएर क्वारेन्टिनबासीलाई घर घरमै पुर्याउँन थालेका हुन् । क्वारेन्टिनबासीको आफ्नो घरैमा भएको सवारी साधन चलाउँने चालकले पनि कोरोना त्रासका कारण गाडी चलाउँन अटेर गरेपछि मेयर आँफै नगरबासीलाई गन्तव्य सम्म पुर्याउँन तयार भएका हुन् ।

     

       भारतका विभिन्न ठाउँवाट दुई हप्ताअघि मात्र नेपाल प्रवेश गरेका कनकाई नगरवासीलाई नगरका विभिन्न ठाउँमा स्थापना गरीएको क्वारेन्टिनमा राखिएको छ । त्यस मध्ये कनकाई १ दुर्गापुरस्थित दलित सामुदायिक भवनमा बसेका ७ जना नगरबासीको यस अघि स्वब परिक्षण गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई विदाई गर्दै कनकाई नगरका मेयर पोखरेलले अझै केही दिन सुरक्षित भएर घरैमा बस्न अनुरोध  गरेका छन्  ।

       क्वारेन्टिनमा बसेका मानिसहरु विभिन्न किसिमका त्रासका कारण मानसिक र शारीरीक रुपमा कमजोर हुने भएकाले उनीहरुलाई सामाजिक सद्भावको जरुरी रहेको भन्दै क्वारेन्टिन स्थलमा पुगेका स्थानीय सरकार प्रमुख पोखरेलले आफ्नो दायित्व सम्झँदै क्वारेन्टिनबासीलाई आफ्नो निजी गाडीमा चढ्न अनुरोध गरेका थिए।

       मेयरको अनुरोधलाई स्विकार्दै गाडीमा चडेका एक क्वारेन्टिनबासी जो कनकाई नगर क्षेत्रकै एक युवाले आँखाबाट आँसु झार्दै जनप्रतिनिधी भनेको त यस्ता पो हुँदारहेछन् भन्दै हात हल्लाउँदै विदा भएका थिए । लामो समयदेखी रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका ती युवाले जनप्रतिनिधीले गरेको कामको अनुभव नै गर्न पाएका थिएनन् ।

      जनप्रतिनिधीका रुपमा रहेका कनकाई नगरका मेयरको उदार भावनाका कारण यहाँस्थित क्वारेन्टिनको दुई साताको बसाई अत्यन्तै सहज भएको भन्दै क्वारेन्टिबासीले विदाईको क्षणमा समेत खुशी व्यक्त गरेका छन् । कनकाई नगर क्षेत्रमा भएका क्वारेन्टिनमा यतिबेला धमाधम स्वब संकलन गरी पिसिआर परिक्षण भइरहेको छ । पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएका सबैलाई यतिबेला होम क्वारेन्टिनमा स्थानान्तरण गरिएको नगरस्तरीय क्वारेन्टिन व्यवस्थापनका फोकल पर्सन लक्ष्मी अधिकारीले जानकारी दिएका छन्।

       कनकाई नगरका विभिन्न क्वारेन्टिनमा हाल १ सय ५३ जनालाई व्यवस्थापन गरिएको छ भने १ सय ५० जनाको स्वब संकलन गरीएकोमा ५३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आइसकेको क्वारेन्टिन फोकल पर्सन अधिकारीले बताएका छन्  ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.