Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईको पिसिआर रिपोर्ट सबै नेगेटिभ, भ्रमको पछि नलाग्न नगरप्रमुख पोखरेलको आग्रह
    समाचार

    कनकाईको पिसिआर रिपोर्ट सबै नेगेटिभ, भ्रमको पछि नलाग्न नगरप्रमुख पोखरेलको आग्रह

    कनकाई खबरBy कनकाई खबर२०७७ जेष्ठ १५, बिहीबार ०२:०७ गते3 Mins Read

    राम निरौला,
    कनकाई खबर / कनकाई नगरका विभिन्न क्वारेन्टिनमा राखिएका मानिसहरुको पिसिआर रिपोर्ट सबै नेगेटिभ आएको छ ।

       क्वारेन्टिनमा बसेका मानिसहरुको निश्चित अवधि पुरा भएपछि गरिएको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो । दुर्गापुरस्थित दलित सामुदायिक भवनको क्वारेन्टिनवाट ८ जना र कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको क्वारेन्टिवाट २३ जना गरी ३१ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको नगरका स्वास्थ्य प्रमुख ब्रजेश मेहताले जानकारी दिएका छन् । यस अघि पनि भएको परिक्षणवाट २२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आइसकेको स्वास्थ्य प्रमुख मेहेताले बताए । प्रारम्भिक चरणमा आरडिटी विधिवाट ७८ जनाको स्वास्थ्य परिक्षण गरिएको भएपनि यस विधिवाट गरिएको प्रयोग त्यति भरपर्दो नभएपछि पछिल्लो समय पिसिआर विधिवाट स्वास्थ्य परिक्षण गर्न थालिएको बताइएको छ ।

        कनकाई नगर क्षेत्रमा कोरोना संक्रमणका विषयलाई लिएर स्थानीयबासीले विभिन्न आशंका गर्दै सामाजिक संजालहरु मार्फत गरेको भ्रमप्रति कनकाई नगरपालिकाको ध्यान आकर्षण भएको भन्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले त्यस्ता भ्रमको पछि नलाग्न समेत नगरबासीलाई अनुरोध गरेका छन् । नगरबासीको जीऊ धनको सुरक्षाप्रति कनकाई नगरपालिका सधैं गम्भिर रहेको भन्दै नगर प्रमुख पोखरेलले कनकाई नगर क्षेत्रका क्वारेन्टिनमा रहेका सवैजनाको स्वास्थ्य परिक्षण अब पिसिआर विधिवाट गर्दै जाने बताएका छन् । स्वास्थ्य परिक्षणलाई व्यवस्थित र भर पर्दो बनाउँनकालागि नगर क्षेत्रका क्वारेन्टिनवाट स्वाब संकलन गरेर धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परिक्षण भइरहेको नगर प्रमुख पोखरेलले जानकारी दिएका छन् ।

                                                           कनकाई क्याम्पसको क्वारेन्टिन

        कोरोनाको कहरसँगै भारतमा लकडाउन खुकुलो भएपछि सिमावर्ती क्षेत्रका विभिन्न नाकावाट नेपाल प्रवेश गर्नेहरुको संख्या हरेक दिन बढीरहेको छ । हालसम्ममा करीव एकसय जनाको संख्यामा रहेका नगरबासीहरुलाई कनकाईका विभिन्न क्वारेन्टिनमा राखिएको छ । प्रारम्भिक चरणबाट नै कनकाई नगरले क्वारेन्टिनका रुपमा संचालनमा ल्याएको दुर्गापुरस्थित दलित सामुदायिक भवनमा हाल ७ जना राखिएको छ भने कनकाई उद्योग वाणिज्य संघमा ९ जना र कनकाई बहुमुखी क्याम्पस सुरुङ्गास्थित क्वारेन्टिनमा ५६ जनालाई राखिएको नगरका क्वारेन्टिन फोकल पर्सन लक्ष्मी अधिकारीले जानकारी दिएका छन् । त्यस्तै भर्खरै व्यवस्थापन गरिएको चम्पापुर माविको क्वारेन्टिनमा १६ जना र घैलाडुवास्थित आदर्श माविमा ४० जनालाई व्यवस्थापन गरीएको अधिकारीले जानकारी दिएका छन् ।

       कनकाई नगरपालिकाले दुर्गापुरस्थित भृकुटी माविलाई होल्डिङ एरीयाको रुपमा व्यवस्थापन गरेको छ । नगरको सम्पर्कमा आएका अन्य ठाउँका मानिसहरुलाई आफ्नो गन्तव्य सम्म पुग्नकालागि सहज होस् भन्ने उद्येश्यले यस क्षेत्रलाई होल्डीङ एरीयाका रुपमा संचालनमा ल्याइएको कनकाई नगरका क्वारेन्टिन फोकल पर्सन अधिकारीले कनकाई खबरलाई जानकारी दिएका छन् । होल्डिङ एरीया संचालनमा आएसँगै भृकुटी माविमा ११ जनालाई व्यवस्थापन गरिएको बताइएको छ । अधिकारीका अनुसार आज बिहिबार कनकाई बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहेका सबैजनाको पिसिआर विधिवाट परिक्षण गर्नकालागि स्वाब संकलन गरिने भएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.