Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईका क्वारेन्टिन स्थलमा योगअभ्यास सुरु (भिडियो सहित)
    भिडियो

    कनकाईका क्वारेन्टिन स्थलमा योगअभ्यास सुरु (भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७७ जेष्ठ १४, बुधबार ०१:५९ गते3 Mins Read

    राम निरौला,

    कनकाई खबर/ झापाको कनकाई नगरमा क्वारेन्टिनमा बसेका मानिसहरुलाई नियमति योगअभ्यास गराउँन थालिएको छ । नगरको कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा रहेको क्वारेन्टिनमा बस्दै आएका ५६ जनालाई क्वारेन्टिन परिसरमै सामाजिक दुरी कायम राख्दै बिहान ६ बजेदेखि पहिलो चरणमा योगअभ्यास संचालन गरिएको हो ।

     

       कोरोनाको कहरसँगै लकडाउन थप हुँदै गएको वर्तमान अवस्थामा उत्पन्न विभिन्न किसिमका मानसिक तनाबबाट अलग रहनकालागि समेत सहयोग पुग्ने विश्वासका साथ योगअभ्यास संचालन गरिएको बताइएको छ । कनकाई नगरपालिकाको समन्वय रहेको योगअभ्यासमा पतन्जली योग नगर समिति कनकाईका अध्यक्ष टिकाप्रसाद जमरकट्टेल, महासचिव रामप्रसाद निरौला र सदस्य प्रतापबाबुजमर कट्टेलवाट सहजीकरण भएको हो ।

       अभ्यासका क्रममा स्वस्थ खानपान, योग व्यायाम, प्रणायमका साथै स्वास्थ्य सुरक्षा सामाग्रीको उचित प्रयोगका बारेमा जानकारी दिएको योग प्रशिक्षक टिकाप्रसाद जमरकट्टेलले बताउँनुभएको छ। क्वारेन्टिनमा बस्दै आएका मानिसहरुको रोगसँग लड्ने क्षमताको विकास गर्दै उनीहरुको आत्माबल बढाउँनकालागि योगअभ्यासको भूमिका महत्वपूर्ण हुने ठहर गर्दै प्रशिक्षक कट्टेलले नगरका अन्य क्वारेन्टिनमा समेत यसलाई निरन्तरता दिने बताउँनुभएको छ ।

       भारतले लकडाउन खुकुलो पारेसँगै झापाका सिमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गरेका नेपालीहरुको क्वारेन्टिन बसाइलाई सहज बनाउँने उद्येश्यले योगअभ्यास संचालन गरिएको कनकाई नगरपालिकाकी उपप्रमुख एवम् नगरस्तरीय कोरोना संक्रमण रोकथाम तथा विपद व्यवस्थापन समिति संयोजक मन्जु प्रसाईँले बताउँनुभएको छ ।

       रोजगारीको सिलसिलामा भारतको विभिन्न ठाउँमा रहेका नेपालीहरु स्वदेश फर्कने क्रम बढेपछि कनकाई नगरका क्वारेन्टिनमा केही निश्चित समय सम्मकालागि राखिएका नगरवासीलाई योगअभ्यास गराउँन थालिएको नगर उपप्रमुख प्रसाइँले जानकारी दिनुभएको छ । उपप्रमुख प्रसाईले योगअभ्यास संचालन भइरहेको क्वारेन्टिन परिसरमै गएर योगअभ्यासमा सहभागी भई क्वारेन्टिनबासीलाई हौसला प्रदान गर्नुभएको थियो । सोही अवसरमा उपप्रमुख प्रसाईँले आफ्नो व्यक्तिगत तर्फवाट क्वारेन्टिनबासीकालागि ल्याएको काँक्रा हस्तान्तरण गर्नुभएको थियो ।

     

       विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणकालागि सरकारले जारी गरेको लकडाउनका क्रममा भारत लगायत देशका विभिन्न ठाउँवाट आएका मानिसहरुकालागि कनकाई नगरपालिकाले नगरका विभिन्न ठाउँमा क्वारेन्टिनको व्यवस्था गरेको छ ।हाल कनकाई बहुमुखी क्याम्पस, कनकाई उद्योग वाणिज्य संघ, दुर्गापुरस्थित दलित सामुदायिक भवन, चम्पापुर मावि लगायतका स्थानमा व्यवस्थापन गरिएको क्वारेन्टिनमा एक सय बढीको संख्यामा भारतका विभिन्न ठाउँवाट आएका नगरवासीहरुलाई राखिएको नगरस्तरीय क्वारेन्टिन व्यवस्थापन संयोजक लक्ष्मी अधिकारीले जानकारी दिनुभएको छ ।

       पछिल्लो समय भारतवाट नेपाल आउँने नगरबासीहरुको संख्या अत्यधिक रुपमा बढ्न थालेपछि नगर क्षेत्रका सामुदायिक विद्यालय साथै अन्य भवनहरुलाई समेत क्वारेन्टिनका रुपमा व्यवस्थापन गर्न थालेको क्वारेन्टिन व्यवस्थापन संयोजक अधिकारीले बताउँनुभएको छ । क्वारेन्टिनबासीलाई हौसला प्रदान गर्न योगअभ्यासकालागि कनकाई नगर वडा नं.३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया, ईलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख पदमसुन्दर लिम्बू, ट्राफिक प्रहरी सुरुङ्गाका प्रमुख टेकबहादर बस्नेत लगायतको सहभागिता रहेको बताइएको छ । क्वारेन्टिनबासीको आत्माबल बढाउँनकालागि संचालन गरिएको योगअभ्यासले ठूलो स्वास्थ्य उपचार मिलेको भन्दै क्वारेन्टिनबासीले यसलाई निरन्तरता दिनु पर्ने कुरामा जोड दिएका छन् ।

     

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.