Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » लायन्स क्लव अफ कनकाईको चौथो साधारण सभा सम्पन्न, अध्यक्षमा बस्नेत
    समाचार

    लायन्स क्लव अफ कनकाईको चौथो साधारण सभा सम्पन्न, अध्यक्षमा बस्नेत

    कनकाई खबरBy कनकाई खबर२०७७ जेष्ठ १०, शनिबार १२:२३ गते2 Mins Read

    कनकाई खबर  \ लायन्स क्लब अफ कनकाई सुरुङ्गाको चौथो  साधारण सभाबाट वर्ष २०२०/२०२१ का लागि  मनोज बस्नेत  अध्यक्षमा  सर्बसम्मत  चयन भएका छन् ।  हालै सम्पन्न क्लवको  साधारण सभाले  बस्नेतलाई अध्यक्षमा चयन गरेको हो ।

    विभिन्न सामाजिक संघसंस्थामा समेत नेतृत्व तहमा रहेका बस्नेत कनकाई नगर क्षेत्रमा क्रियाशिल पत्रकारहरुको संस्था  कनकाई सुरुङ्गा प्रेस क्लवका सचिव तथा लोकतन्त्र पोष्ट दैनिक एवम् अनलाइनका समेत पत्रकार हुन् ।   आँफूलाई एक सामाजिक अभियन्ताका रुपमा स्थापित गर्न सफल  बस्नेत  भृकुटी मावि दुर्गापुरका भुतपुर्व विद्यार्थी समाजका संस्थापक अध्यक्ष, कनकाई बिहानी क्लवका संस्थापक अध्यक्ष, सुरुङ्गा जेसिज लगायातका दर्जनौ संघ संस्थामा आवद्ध रहिसकेका छन । अधिवेशनले क्लवको प्रथम उपाध्यक्ष साजन थापा, द्वितीय  उपाध्यक्षमा देवराज सुवेदी, तृतीय उपाध्यक्षमा सञ्जय गजुरेल सर्वसम्मत रुपमा चयन भएका छन् ।

      त्यस्तै अध्यक्षले आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गर्नका लागि  सचिवमा सन्दिपबाबु प्रसाई र कोषाध्यक्षमा त्रिलोचन उप्रेतीलाई चयन गरेको  बताएका छन्। आजैका दिन हुन लागिरहेको लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ नेपालको आठौं डिस्ट्रिक कन्भेन्सनलाई मध्यनर गर्दै उक्त अधिवेशन गरिएको बताइएको छ ।
    विश्वव्यापी रुपमा कोरोना भाईरस संक्रमणको चपेटामा परिरहेको अवस्थामा पनि क्लबले वार्षिक कार्यक्रम गर्नु पर्ने भएको हुनाले नेपाल सरकारले तोकेको लकडाउनको पालना सहित दुरी कायम गर्नकै लागि १ टेवल १ व्यक्तीको व्यवस्थापन गरेर उक्त साधारणसभा सम्पन्न गरिएको थियो ।
    लायन्स क्लबमा प्रत्येक पद एक वर्षका लागि मात्र रहने गर्छ । पुरानो समितिले नयाँ समितिको विवरण सहितको वार्षिक स्मारिका प्रकाशन गर्नुको साथै सम्पूर्ण क्लबको रिपोर्ट जुलाई १ अगाडी नै इन्टरनेशनलमा पेश गरि सक्नु पर्ने भएका कारण यस्तो परिवेशमा पनि कार्य समिति चयन गर्न बाध्य भएको क्लवले जनाएको छ ।

       क्लवका कोषाध्यक्ष त्रिलोचन उप्रेतीले क्लबको आर्थिक र सचिव संजय गजुरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको कार्यक्रममा लकडाउको कारण १५ जनाको मात्रै सहभागिता रहेको थियो । क्लबले ईन्टरनेशलनमा कार्यक्रमको रिपोट पेश गर्नु पर्ने भएकाले औपचारिक पश्चात नयाँ निर्वा्चित पदाधिकारीहरुको सामुहित तस्विरको आवश्यकता भएको हुनाले आफुले प्रयोग गरि रहेको माक्स समेत निकालेर फोटो खिचिएको बताइएको छ । तर उक्त फोटोलाई केहि अनलाईन पत्रिकाले फोटो सफ्टको प्रयोग गरि वदनाम गर्न खोजेको भन्दै क्लवले आपत्ति जनाएको छ ।

       क्लवका  अध्यक्ष गंगाराम  दाहालको अध्यक्षता  रहेको कार्यक्रममा  संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरियाको प्रमुख आतिथ्य, पूर्व अध्यक्ष सुरेन्द्र प्रधानको विशिष्ठ आतिथ्य रहेको  थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.