Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गामा सन्थाल नृत्य प्रतियोगिता
    कनकाई खबर बिशेष

    सुरुङ्गामा सन्थाल नृत्य प्रतियोगिता

    ramBy ram२०७५ कार्तिक ७, बुधबार ११:११ गते3 Mins Read

    सुरुङ्गा \कनकाई नगरपालिका ३ सुरुङ्गाको योगमाया पार्क स्थित दुर्गा मन्दिर समितिको आयोजनामा लोपुन्मुख सन्थाल जातीको प्रतिस्पर्धात्मक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । बडा दशैंको अवसर पारेर आयोजना गरीएको प्रतियोगितामा झापा र मोरङ् जिल्लाका समेत गरी संस्थागत रुपमा विभिन्न नौ वटा सन्थाल टोलीको सहभागिता रहेको वताइएको छ ।

        सन्थालहरुको संस्कृति र परम्परालाई संरक्षण तथा सम्बर्धन गर्ने उद्येश्यले आयोजित प्रतियोगितात्मक कार्यक्रम विगत चार वर्षदेखी निरन्तर रुपमा संचालन भइरहेको कार्यक्रमका संयोजक लिलाप्रसाद भेट्वालले वताएका छन् । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथिका रुपमा रहेका प्रदेश सभा सदस्य हीरा थापाले नेपालीहरु विचमा विविधता भित्रको एकता कायम रहेको भन्दै सन्थाल संस्कृतिको संरक्षणका लागि एकजुट हुन सवैलाई अनुरोध गरेका छन् ।

         लोपुन्मुख सन्थाल जातीको उत्थान, संरक्षण र सम्वद्र्धनका लागि नेपाल सरकारको विशेष ध्यान जानु पर्ने तर्फ थापाको जोड थियो । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले लोपुन्मुख सन्थाल जातीको उत्थानका लागि आयोजक समितिले गरेको कार्यको प्रशंसा गरेका छन् । नगर प्रमुख पोखरेलले विभिन्न जातजाती, धर्मसंस्कृति तथा परम्परा मान्दै आएका सम्पूर्ण नेपालीहरुको कला,संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्नका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको वताएका छन् ।

      दुर्गा मन्दिर संचालक समितिका अध्यक्ष अम्बर वहादुर कार्कीको सभापतित्वमा सम्पन्न प्रतियोगितामा गौरीगञ्ज गाउँपालिका २ कोरोवारी स्थित जियोङ् झरना युवा क्लवको सन्थाल नृत्य प्रथम भएको थियो । त्यस्तै गरी कमल गाउँपालिका १ स्थित सन्थाल युवा क्लव दोस्रो र कनकाई नगर वडा नं.७ स्थित एभेन मारसाल सन्थाल युवा क्लव तेस्रो भएका थिए । प्रतियोगीहरु मध्ये क्रमश प्रथम हुनेलाई नगद पुरस्कार रु.१५ हजार, दोस्रो पुरस्कार रु.१० हजार र तेस्रो पुरस्कार रु.८ हजार साथै सहभागी सवै टिमलाई सान्त्वना स्वरुप रु.४ हजारका दरले नगद पुरस्कार वितरण गरीएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य हीराकुमार थापा, विशेष अतिथि कनकाई नगरका प्रमुख राजेन्द्र पोखरेल लगायतले पुरस्कार वितरण गरेका थिए ।

        प्रतियोगीहरुलाई वितरण गरीएको प्रथम पुरस्कारको राशी नगद रु.१५ हजार स्थानीय बद्री संग्रौला र हाल विदेशमा रहेका आकाश र आशिस संग्रौलाले सौजन्य गरेका हुन् भने दोस्रो पुरस्कारको राशि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले र तेस्रो पुरस्कार वडा नं.३ को वडा समितिले सौजन्य गरेको वताइएको छ । प्रतियोगितामा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश सभा सदस्य हीरा थापाले नगद रु.१० हजार र सामाजिक अभियन्ता सुनिल भेट्वालले नगद रु.४ हजार सहयोग गरेका थिए ।

        त्यस्तै कार्यक्रम सम्पन्न गर्न ज्ञानज्योती युवा क्लव लगायत स्थानीयवासीले स्वतःस्फुर्त रुपमा आर्थिक लगायत स्टेज निर्माण कार्यमा सहयोग गरेका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा स्थानीय सामाजिक व्यक्तित्वहरु तेजवहादुर आचार्य, सुनिल भेट्वाल, पुष्प संग्रौला, सुन्दर हेमरम र जनता सोरेन रहेका थिए । प्रतियोगिताको छनौटको प्रक्रिया सहभागीहरुको भेषभुषा, सन्थाल संस्कृति,नृत्य, राष्ट्रियता लगायतका विषय रहेको निर्णायक मण्डलीले जनाएको छ ।

       अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेल, कनकाई नगर ३ का वडा अध्यक्ष रुद्रप्रसाद चिमरीया, वडा नं. १ का कार्यवाहक वडा अध्यक्ष देवीप्रसाद अधिकारी, परिषद तथा कार्यपालिका सदस्यहरु, चलचित्रकर्मी राजेश घतानी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रमको संचालन कार्यक्रम संयोजक लिलाप्रसाद भेट्वालले गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.